यो प्रिमियम सामाग्री हाम्रा सहयोगी सदस्यका लागि मात्र।
नेपालीलाइनेनमा प्रकाशित यो सामाग्री 'प्रिमियम' हो। यदि हाम्रो 'सहयोगी सदस्य' बनिसक्नु भएको छ भने गुगल एकाउन्ट वा इमेल प्रयोग गरी लगिन गर्नुहोस्।
'सहयोगी सदस्य' बनिसक्नुभएको छैन भने प्रिमियम सामाग्रीहरु पढ्न 'सहयोगी सदस्य' बन्नुहोस्। सदस्यता दस्तुर मासिक ४.९१ युरो, वार्षिक ५९ युरो।
(प्रिय पाठक, यो नेपालीलाइनेनका सहयोगी सदस्यहरूले मात्र पढ्न मिल्ने ‘प्रिमियम स्टोरी’ हो। ‘सहयोगी सदस्य’ बनी हामीलाई सघाउनु भएकोमा धेरै-धेरै धन्यवाद।)
संक्षेपमा
- हाम्रा लागि फिनिस पहिचानको रक्षा सबैभन्दा महत्त्वपूर्ण मूल्य हो। फिनिस पहिचानमाथि धेरै मोर्चाबाट आक्रमण भइरहेको छ। र यो सैन्य आक्रमण होइन।
- फिनल्यान्ड र फिनिस जनताले बुझ्नुपर्छ। हाम्रा पार्टीका साथीहरूले हिम्मत हार्नु हुँदैन। कटु तथ्यहरू चिच्याउनुपर्छ, अप्रिय सत्यहरू दोहोर्याउनु पर्छ। सुन्नुहोस्, फिनिस जनताहरू, सुन्नुहोस्। युरोपलाई हेर्नुहोस्। त्यहाँ के भइरहेको छ, तपाईं देख्नुहुन्न?
- विकासोन्मुख देशहरूबाट आउने सामूहिक आप्रवासन र सार्वजनिक सेवाहरू तथा सामाजिक सुरक्षामा ठूलो भार पार्ने आप्रवासन कल्याणकारी समाजको विनाशको कारण बन्छ।
- वर्षौंसम्मको खुला सिमाना र ठूला राजनीतिक गल्तीहरूले जर्मनीको उपनिवेशीकरण भएको छ।
- फ्रान्समा नियमित रूपमा कारहरू जल्छन् र ठूला आतंकवादी हमलाहरू पनि समाचार बन्न छोडिसके।
- स्विडेन गोलीबारी, गिरोह र वेलफेयर राज्यको पतनविरुद्ध लडिरहेको छ, तर फर्किन धेरै-धेरै गाह्रो छ।
- बेलायतका धेरै शहरहरू विकासोन्मुख देशका, प्रायः इस्लामवादी वास्तविकताका केन्द्र बनेका छन्। जनसंख्यामा ठूलो परिवर्तन आएको छ र त्यसलाई अब भाषणले सुधार्न सक्दैन, र सायद अब कामले पनि सुधार्न सक्दैन।
- फिनल्यान्ड अझै त्यति नराम्रो अवस्थामा छैन, तर हामी त्यहाँ पुग्दैछौं।
- मेरो विचारमा फिनिस राजनीतिमा पेरुस सुओमालाईसेतको सबैभन्दा महत्त्वपूर्ण काम यो देशलाई बचाउनु हो।
- यो गति, यो उदासीनता र यो कायरताले हामीले चिनेको फिनल्यान्ड गुमाउनेछौं। र त्यो कहिल्यै फर्किने छैन।
- यो सबैका लागि हामीसँग पैसा छैन। यो देश टाट पल्टिएको छ।
हामी संसारलाई स्वागत गर्न सक्दैनौं, किनभने यसको लागत धेरै ठूलो छ। - फिनल्यान्डलाई कहिल्यै त्यो अवस्थामा पुग्न दिनुहुँदैन जहाँ बेलायत, फ्रान्स वा जर्मनी अहिले छन्। फिनल्यान्डलाई बचाउनै पर्छ।
- पेरुसुओमालाईसेतका साथीहरू, मौन नबस्नुहोस्, बोल्नुहोस्, माग गर्नुहोस्, हेर्न अनुरोध गर्नुहोस्, नडराउनुहोस्, किनभने तपाईं, हामी, यस देशको आशा हौं।
- यस देशमा केटीहरू र महिलाहरूको अंगभंग गरिन्छ, अंगभंग गर्न पठाइन्छ। उनीहरूको जबरजस्ती विवाह गराइन्छ, कहिलेकाहीँ नाबालिग हुँदा पनि। यस देशमा कुमारीत्वको पुनर्स्थापना गरिन्छ, किनभने कुनै विकृत सोचले महिलामा त्यो हुनुपर्छ भन्ने चाहन्छ।
- हामीले प्राप्त गरेको हरेक कानुनी परिवर्तन संघर्षको परिणाम हो, तर हामी संघर्ष गर्छौं, यद्यपि यो पर्याप्त छैन।
- हाम्रो देशका शैक्षिक संस्थाहरू, विद्यालयहरू यी मानिसहरूले भरिएका छन्, जसमध्ये धेरैसँग फिनिस श्रम बजारका लागि कुनै योग्यता छैन, तर सुनिन्छ कि यस्ता मान्छे अझै बढाउनुपर्छ। देशका पत्रिकाहरूका सम्पादकीयहरूले यही बताउँछन्, संसदका पार्टीहरू सुगाले जस्तै यही दोहोर्याउँछन्।
- फिनल्यान्ड सारा संसारको सामाजिक कार्यालय होइन। फिनल्यान्ड सारा संसारको अस्पताल होइन, न त सारा संसारको विद्यालय हो।
- युरोप जागेको छ, तर सायद धेरै ढिलो भयो। फिनल्यान्डमा धेरै ठूलो जागरण, एक विशाल जागरणको आवश्यकता छ।
- तथ्याङ्कहरू निकै खराब छन्। हाम्रो आफ्नै जनसंख्या बढिरहेको छैन। आप्रवासीहरूको बढिरहेको छ। यी तथ्याङ्कहरू निर्दयी छन्। हामीसँग आर्थिक रूपमा पनि यसको लागि क्षमता छैन। अरू कुनै पनि हिसाबले छैन।
- हामी पहिले जस्तै चल्न सक्दैनौं। हामीसँग यो देशको दिशा सुधार्ने अन्तिम मौका छ र यी गम्भीर कुराहरू हुन्। यो सर्कस होइन।
- जिम्मेवारी लिनु र फिनिस जनताको पक्षमा लड्नु कुनै भाषणबाजी होइन। यो कुनै सानो-तिनो आकर्षक नारा मात्र होइन। यो हरेक दिनको संघर्ष, दृढ काम हो।
- राजनीति प्रायः कुरूप हुन्छ, यो क्रूर हुन्छ। यो सानो मनको, दिक्कलाग्दो हुन्छ। यसले महिलालाई धेरै खान्छ। यसले मासु च्यात्छ र फ्याँक्छ, आत्मा तोड्छ, तर केही कुरा छ र रहिरहन्छ, र त्यो हो यो देशप्रतिको प्रेम।
आदरणीय पार्टी महाधिवेशनका प्रतिनिधिहरू, प्यारा पेरुस सुओमालाईसेतका साथीहरू।
फिनल्यान्डको पहिचानको सबैभन्दा महत्त्वपूर्ण सार के हो? मेरो विचारमा त्यो हो फिनल्यान्ड र फिनिस पहिचानको रक्षा गर्नु। हाम्रो मातृभूमिको, फिनिस जीवनशैली र संस्कृतिको, जनताको, र फिनिस भाषाको रक्षा गर्नु।
हाम्रो पार्टीका लागि यो केवल चाडपर्वका भाषणमा वा फाइदा हुँदा मात्रै दोहोर्याइने शब्द मात्र होइन। यो क्षणिक होइन र यो केवल राजनीतिक पनि होइन। हामीले फिनल्यान्ड र फिनिस पहिचानको रक्षा राजनीतिक रूपमा मात्र यसकारण गर्दैनौं कि फिनल्यान्डमा यस्तो सोच्ने मतदाताहरूको एउटा समूह छ। त्यसो होइन।
हाम्रा लागि फिनिस पहिचानको रक्षा सबैभन्दा महत्त्वपूर्ण मूल्य हो। हाम्रो पार्टीका हरेक सदस्य, चाहे ऊ झुलुङ्गे पाइन्ट लगाउने सामान्य मानिस होस् वा सुट लगाउने भलाद्मी, हरेक महिलाका लागि, उसको शैक्षिक योग्यता, तलब र बसोबासको स्थानलाई वास्ता नगरीकन, सबैको लागि यो महत्त्वपूर्ण हो। यसलाई भोट, पैसा वा अन्य कुनै पनि प्रकारको शक्तिको सौदाबाजीको साधनमा सीमित गर्न सकिँदैन।
यो एउटा आधारभूत मूल्य हो। यो यस्तो मूल्य हो जुन दैनिक जीवनमा, चाडपर्वमा, राजनीतिक उतारचढावमा, आर्थिक तेजीमन्दीमा, सरकारमा होस् वा प्रतिपक्षमा, राम्रो र नराम्रो सबै दिनका छनोट र कार्यहरूमा देखिन्छ।
प्यारा पेरुस सुओमालाईसेतका साथीहरू, यो हाम्रो मनमा छ र हाम्रो मस्तिष्कमा छ।
फिनिस पहिचानमाथि आक्रमण
आदरणीय श्रोताहरू, फिनिस पहिचानमाथि धेरै मोर्चाबाट आक्रमण भइरहेको छ। यो सैन्य आक्रमण होइन। त्यसको विरुद्धमा हामीले राम्रोसँग तयारी गरेका छौं र अझै तयारी गर्दैछौं। र हो, हामी त्यो शत्रुलाई चिन्छौं। तर यो कुरा अर्कै हो।
केही दशकदेखि फिनिस पहिचानलाई सक्रिय राजनीतिक निर्णयहरूद्वारा भित्रैबाट कमजोर बनाइएको छ। फिनल्यान्ड, फिनिस पहिचान, फिनिस संस्कृति, जीवनशैली, हाम्रा राष्ट्रिय सम्पत्तिहरू बिस्तारै-बिस्तारै बढ्दै गएको विध्वंसात्मक कार्य र अक्षम्य उदासीनताको शिकार भएका छन्।
यसको परिणामस्वरुप ठूला शहरका बाहिरी इलाकाहरूको सडकको दृश्य चिन्नै नसकिने गरी परिवर्तन भएको छ। विद्यालयहरू भाषा र संस्कृति कमजोर हुँदै गएका सिकाइको भद्रगोलमा परिणत भएका छन्। शहरहरूमा फिनिस भाषा झन्-झन् कम सुनिन्छ र देखिन्छ, किनभने सबैले अंग्रेजी जानेकै छन्। हामीले के पायौं त? सडक गिरोह, सीमापारि सक्रिय संगठित आपराधिक समूहहरू, चाडपर्वमा उड्ने रकेटहरू, लैङ्गिक पृथकीकरण, इस्लामिक मदरसाहरू, र महिलाहरूलाई लाजमर्दो तरिकाले ढाक्नेसँग सम्बन्धित व्यापारहरू।
अरू के? हामीले जातीय रूपमा विभाजित हुँदै गएको श्रम बजार, अनन्तकाल सम्म पनि दोभाषेको प्रयोग गर्नुपर्ने बाध्यता र तपाईंको पैसाले (विदेशीहरू) एकीकृत हुन्छन् भन्ने विश्वासको प्रचार गर्ने धूर्त व्यापारीहरू पाएका छौं।
हामीले विश्व नै हाम्रोमा भेट्न बोलाएका छौं। भेट्न मात्र हैन बस्ने बोलाएका छौं। यो पर्यटनको कुरा होइन, यो अन्तर्राष्ट्रियताको कुरा पनि होइन। यो फिनिस र साथसाथै युरोपेली समाजको आधारभूत परिवर्तन र जनसंख्या परिवर्तनको कुरा हो। यो सांस्कृतिक अतिक्रमण, सबैभन्दा खराब अवस्थामा इस्लामीकरण, र फिनिस पहिचानको क्षतिको कुरा हो। र यो देशका केही निर्णयकर्ताहरूले आफैंले यसलाई अनुमति दिएका छन्, आफैंले बढावा दिएका छन् र यसको माग गरेका छन्।
संसारलाई हाम्रो देशमा आकर्षित गर्ने हाम्रो उदार सामाजिक सुरक्षा प्रणाली हो। उनीहरूलाई हाम्रो सुरक्षा, करदाताको पैसाले चल्ने असाधारण सेवाहरू, जस्तै विद्यालय र सामाजिक तथा स्वास्थ्य सेवा, हाम्रो विश्वास र हाम्रो आफ्नै समाजको खुलापनले आकर्षित गर्छ। अर्थात्, आदरणीय श्रोताहरू, त्यही कुराहरू, जुन यो प्रक्रिया अघि बढ्दै जाँदा कमजोर हुँदै जान्छन्, र ती सबैभन्दा पहिले उनीहरूबाट कमजोर हुन्छन् जसलाई यसको सबैभन्दा बढी आवश्यकता छ। बालबालिका, युवा, वृद्ध, कम आय भएका र समाजको संरचनामा विशेष रूपमा निर्भर व्यक्तिहरूबाट।
विकासोन्मुख देशहरूबाट आउने सामूहिक आप्रवासन र सार्वजनिक सेवाहरू तथा सामाजिक सुरक्षामा ठूलो भार पार्ने आप्रवासन कल्याणकारी समाजको विनाशको कारण बन्छ। र यसलाई अनुमति दिने र अझ बढी माग गर्ने ती देशका निर्णयकर्ताहरू हुन्, जो वास्तविकताबाट आँखा चिम्लिन्छन् र आफ्नो पहिचान त्याग्न तयार छन्, सायद विश्वका ठूला मञ्चहरूबाट स्वीकृति पाउनका लागि, वा आफ्नो समूह वा समर्थकहरूका लागि थप आर्थिक वा राजनीतिक शक्ति प्राप्त गर्नका लागि।
जबसम्म कतै कसैले थप पैसा कमाइरहन्छ, उनीहरू भन्छन्: “स्वागत छ आवास लगानीकर्ता, व्यापारी, सामाजिक संस्था”। पैसा बोल्छ।
प्यारा साथीहरू, कुनै पनि पैसा करदाताको पैसा जस्तो सुन्दर ढंगले बोल्दैन, अर्थात् त्यो तपाईंको पैसा।
स्वार्थ र उदासीनता
यो समकालीन पागलपनमा समर्थन जनाउने अरूहरूले हिसाब गरेका छन् कि यो अन्तर्राष्ट्रियकरणले चुनावमा भोट, अर्थात् शक्ति, ल्याउँछ। र तेस्रोथरि मानिसहरू आफ्नो विवेकको कारणले यसलाई अझ बढाउन चाहन्छन्, ताकि उनीहरू आफूलाई एक असल मानिसको नैतिक छविमा रमाउन सकून्, र त्यो छवि प्रयोग गरेर राजनीति गर्न र त्यसो नगर्ने हामीलाई दोषी ठहराउन सकून्। कुरा यही हो।
यो सबै स्वार्थको कुरा हो। केही निश्चित पक्षहरू फिनल्यान्ड र फिनिस पहिचानको विनाशबाट लाभ उठाउँछन्। तर त्यसपछि, मन, आत्मा र भौतिक वातावरणको यो आत्म-प्रायोजित (self-inflicted) पतन र फिनिस पहिचानको क्षयलाई उदासीनताले पनि व्याख्या गर्छ, सामान्य मानिसहरूको उदासीनता।
मानिसहरूलाई आखिर के भइरहेको छ? हामी हाम्रा फोनका एपहरूसँग धेरै नै सन्तुष्ट छौं। यस्तो देशमा जहाँका पसलहरूमा किमा मासु पाइँदैन। यस्तो देशमा जहाँ करदाताको पैसा साइकल र अरू सबै कुरामा खर्च गर्न प्रयोग हुन्छ, लगभग हात समातेर के गर्नुपर्छ भनेर देखाउन खर्च हुन्छ। यस्तो देशमा जहाँ विद्यालयहरूमा अब हिसाब गर्न, पढ्न सिकाइँदैन, तर पनि कसैलाई खासै चासो छैन। मानसिक स्वास्थ्य समस्याहरू विस्फोट भएका छन्। युवाहरू दुःखी छन्, तर हे, कुरा गरौं जलवायु र गाईले पाद्ने कुरा। कुरा गरौ कालो र निलो सरकारको र कसरी एउटी महिलाको अण्डकोष हुन सक्छ र कहाँ इन्द्रेणी झण्डा झण्डोत्तोलन गर्ने। त्यसो नगरे त तपाईं जातिवादी/रेसिस्ट हो।
ओहो, हल्लेलुया। यो गहिरिँदै गएको पतन, फैलिरहेको मूर्खता। नेटफ्लिक्स चलाऊ, कृत्रिम बौद्धिकताले (AI) सबै गरिहाल्छ। दिमागलाई ताल्चा मार। मलाई अधिकार चाहिन्छ तर भोट हाल्न जाँगर चल्दैन, किनभने राजनीतिज्ञहरू बेकम्मा छन्।
युरोपको उदाहरण
आदरणीय श्रोताहरू, यदि कहिल्यै होइन भने पनि अहिले चाहिँ फिनल्यान्ड र फिनिस जनताले बुझ्नुपर्छ। हाम्रा पार्टीका साथीहरूले हिम्मत हार्नुहुँदैन, तथ्यहरू चिच्याउनुपर्छ, अप्रिय सत्यहरू दोहोर्याउनुपर्छ। सुन्नुहोस्, फिनिस जनताहरू, सुन्नुहोस्। युरोपलाई हेर्नुहोस्। के तपाईं त्यहाँ के भइरहेको छ देख्नुहुन्न?
फ्रान्समा नियमित रूपमा कारहरू जल्छन् र ठूला आतंकवादी हमलाहरू पनि समाचार बन्न छोडिसके। मन्त्रीले उनीहरूलाई बर्बर भन्छन्, तर बर्बरता धेरै व्यापक र गहिरो छ, जसलाई सजिलै हटाउन सकिँदैन। आक्रमण त फ्रान्समा पर्सियनहरूले रोममा गरेजस्तो भएन। यसलाई भित्र बोलाइयो र स्वागत गरियो।
जर्मनी। वर्षौंसम्मको खुला सिमाना र ठूला राजनीतिक गल्तीहरूले जर्मनीको उपनिवेशीकरण भएको छ। २०१५ याद छ? तर जर्मनीको नयाँ सरकारले फेरि त्यस्तै गर्न खोजिरहेको सुनिन्छ। र किन? किनभने AFD (वैकल्पिक जर्मनीका लागि पार्टी) ले सर्वेक्षणमा यति तीव्र गतिमा समर्थन पाइरहेको छ।
अनि हाम्रो प्रिय स्विडेन। स्विडेन गोलीबारी, गिरोह र वेलफेयर राज्यको पतनविरुद्ध लडिरहेको छ, तर फर्किन धेरै-धेरै गाह्रो छ। रोजेनगार्डमा ९०% भन्दा बढी भोट डेमोक्रेट, वामपन्थी र पक्कै पनि इस्लामिक पार्टीलाई जान्छ।
अनि बेलायत? नयाँ प्रधानमन्त्रीले आफ्नो राजनीतिक भविष्य बचाउन आप्रवासन-आलोचनात्मक भाषण प्रयोग गरेर मुस्किलले प्रयास गरिरहेका छन्। धेरै राजनीतिज्ञहरूको जवाफ यही हुन्छ। अलि कडा बोल, तर केही नगर। बेलायतका धेरै शहरहरू विकासोन्मुख देशको, प्रायः इस्लामवादी वास्तविकताका केन्द्र बनेका छन्। जनसंख्यामा ठूलो परिवर्तन आएको छ र त्यसलाई अब भाषणले सुधार्न सक्दैन, र सायद अब कामले पनि सुधार्न सक्दैन।
आदरणीय श्रोताहरू, फिनल्यान्ड अझै त्यति नराम्रो अवस्थामा छैन, तर हामी त्यहाँ पुग्दैछौं। हामी त्यहाँ पुग्नेछौं, यदि हामीले जनता र पार्टीहरूको फराकिलो मोर्चालाई स्थितिको भयावहता, अपरिवर्तनीयता, र फिनल्यान्ड तथा फिनिस पहिचानले सामना गरिरहेको अपरिहार्य क्षय र अन्त्यलाई बुझाउन सकेनौं भने, जुन हामीले चिनेको जस्तो छ।
मेरो विचारमा फिनिस राजनीतिमा पेरुस सुओमालाईसेतको सबैभन्दा महत्त्वपूर्ण काम यो देशलाई बचाउनु हो।
वास्तविकताको सामना
अन्ततः यो “सुविभिर्सी” (एक परम्परागत फिनिस गित) को शब्दहरू जस्ता कुराहरूको बारेमा होइन। हो, हामी ती पनि जोगाउन चाहन्छौं, तर कुरा त्यो होइन। न त यो कुनै प्रदेशको सानो शहरमा अझै विदेशीहरू छैनन् भन्ने कुरा हो। यो रमाइलो खेल वा अन्तर्राष्ट्रिय खानाको बारेमा पनि होइन, न त यो फिनल्यान्ड र हाम्रो आफ्नै संस्कृतिमा आफैंभित्र समस्या छैन भन्ने कुरा हो। हो समस्या पक्कै पनि छन्। तर यी सबै गौण कुरा हुन्।
खास कुरा के हो भने यो गति, यो उदासीनता र यो कायरताले हामीले चिनेको फिनल्यान्ड गुमाउनेछौं। र त्यो कहिल्यै फर्किने छैन। यी तथ्याङ्कहरूले झूट बोल्दैनन्। भान्तामा चाँडै ३०% बासिन्दाहरू विदेशी मूलका हुनेछन्। एस्पोमा पनि एक चौथाइभन्दा बढी। विद्यालय जाने उमेर समूहमा यी प्रतिशतहरू झन् धेरै छन्। पूरै देशमा अरबी भाषा इस्टोनियन भाषाको नजिक पुग्दैछ। यो सबैका लागि हामीसँग पैसा छैन। यो देश टाट पल्टिएको छ।
हामी संसारलाई स्वागत गर्न सक्दैनौं, किनभने यसको लागत धेरै ठूलो छ। विकासोन्मुख देशबाट आउने आप्रवासन र कमजोर अर्थतन्त्रको संयोजनले खतरा निम्त्याउँछ। यसले फिनिस मजदुरलाई खतरामा पार्छ। यसले शहरको भाडाको घरमा बस्ने, सार्वजनिक स्वास्थ्य सेवामा निर्भर र सामाजिक सुरक्षा सञ्जालमा भर पर्ने फिनिस नागरिकलाई खतरामा पार्छ।
“दुःस्वप्न, डर देखाउने काम, अतिशयोक्ति, पुर्राको समर्थन घट्ला भन्ने चिन्ता,” अरूले यस्तै भन्छन्। होइन। मैले यो विषयमा बोलिरहेको छु, चेतावनी दिइरहेको छु जुन दिनदेखि म राजनीतिमा छु। वास्तवमा त्योभन्दा धेरै अघिदेखि, जस्तै धेरै अन्य पेरुस सुओमालाईसेतका साथीहरूले, जस्तै तपाईंहरूमध्ये धेरैले। यद्यपि फिनिस समाजमा एक प्रकारको संवेदनहीनता आइसकेको छ।
केही शहर र विशेष गरी विद्यालयका घटनाहरूलाई बेवास्ता गरिन्छ। अन्तै हेरिन्छ, औंलाको कापबाट हेरिन्छ। “अब परिवर्तनशील संसारमा यस्तै त हो,” सायद यस्तो सोचिन्छ, तर होइन। सबैभन्दा खराब कुरा हो संवेदनहीनता, हार मान्नु, अन्तै हेर्नु हो। त्यो कायरता हो। सबैभन्दा खराब कुरा हो, मौन बस्नु। त्यो कुरा, जसमा हामीलाई निरन्तर दबाउन खोजिन्छ।
कहिले विषयहरूका बारे बोल्नु जातिवाद हो? कहिले के गर्दा मानवद्वेष, कहिले फिनिस पहिचान एक मिथक? कहिले के, कहिले के? तर फिनल्यान्डलाई कहिल्यै त्यो अवस्थामा पुग्न दिनुहुँदैन जहाँ बेलायत, फ्रान्स वा जर्मनी अहिले छन्। फिनल्यान्डलाई बचाउनै पर्छ। जस्तै हाम्रो चुनावी नाराले भन्छ। र यो काम भर्खर सुरु भएको छ। त्यसैले, पेरुस सुओमालाईसेतका साथीहरू, मौन नबस्नुहोस्, बोल्नुहोस्, माग गर्नुहोस्, हेर्न अनुरोध गर्नुहोस्, नडराउनुहोस्, किनभने तपाईं, हामी, यस देशको आशा हौं।
ठोस समस्याहरू
आदरणीय श्रोताहरू, मैले पूर्वी हेलसिंकीको एक माध्यामिक विद्यालयका शिक्षकबाट इमेल पाएँ, जसले बताउँछन् कि उनी यस्ता केटीहरूलाई पढाउँछन् जो शारीरिक शिक्षा कक्षामा भाग लिन सक्दैनन्, किनभने उनीहरूले बुर्का लगाउँछन्। हो, माध्यामिक विद्यालय उमेरका केटीहरूले बुर्का लगाउछन्। महिला र केटीहरूको शोषण गर्ने त्यो धार्मिक अत्याचारको साधन एक बच्चामा, एउटा फिनिस विद्यालयमा।
यस देशमा केटीहरू र महिलाहरूको अंगभंग गरिन्छ, अंगभंग गर्न पठाइन्छ। उनीहरूको जबरजस्ती विवाह गराइन्छ, कहिलेकाहीँ नाबालिग हुँदा पनि। यस देशमा कुमारीत्वको पुनर्स्थापना गरिन्छ, किनभने कुनै विकृत सोचले महिलामा त्यो हुनुपर्छ भन्ने चाहन्छ। यस देशमा अर्को लिंगलाई निश्चित तरिकाले लुगा लगाउन र व्यवहार गर्न बाध्य पारिन्छ।
पश्चिमी स्वतन्त्रताको अवधारणा, अल्पसंख्यकको अधिकार, योग्यता प्रणाली, व्यक्तिगत स्वतन्त्रता। यीमध्ये कुनै पनि कुरा ती समानान्तर समाजहरूमा लागू हुँदैन, जुन यस क्षणमा यस देशमा यहाँ, त्यहाँ र उहीँँ वास्तविकता बनेका छन्। अनि फिनिस नागरिकहरूलाई हुने सबै कुराबारे के भन्ने?
सबैभन्दा दुःखलाग्दो कुरा यो हो कि कसरी प्रतिगमन नयाँ सामान्य बनेको छ। मानिसहरूले यसलाई स्वीकार गरेका छन्। हाम्रा शहरका सडकहरूमा युवाहरूलाई थाहा छ केबाट बच्ने। कुन ठाउँ र समूहलाई बेवास्ता गर्ने, कुन लुगा नलगाउने।
सरकारी कार्य र आवश्यक कदमहरू
प्यारा पेरुस सुओमालाईसेतका साथीहरू, हामीले सरकारमा बसेर आप्रवासनलाई सीमित गर्ने, प्रतिगमन रोक्ने, र एकीकरणलाई बढावा दिने तथा आवश्यक बनाउने धेरै काम गरेका छौं। हामीले प्राप्त गरेको हरेक कानुनी परिवर्तन संघर्षको परिणाम हो, तर हामी संघर्ष गर्छौं, यद्यपि यो पर्याप्त छैन। हामीलाई धेरै थप उदाहरणहरू चाहिन्छ।
अघिल्लो सरकारले शैक्षिक संस्थाहरूमा हुने आप्रवासनलाई खुकुलो बनाउने निर्णय गर्यो। हामीले चेतावनी दियौं, हामी प्रतिपक्षमा थियौं, हामीले चेतावनी दियौं, तर हाम्रो कुरा सुनिएन। अहिले शहरका खाना बाढ्ने लाइनहरू गलत आधार र वाचामा फिनल्यान्ड लोभ्याइएका यी मानिसहरू र विशेष गरी उनीहरूका परिवारका सदस्यहरूले भरिएका छन्।
के तपाईं कल्पना गर्न सक्नुहुन्छ, जब एक व्यक्ति ‘A’ अनुमतिपत्र (A-permit) लिएर प्राविधिक विश्वविद्यालयमा पढ्न आउँछ, उसको/उनको श्रीमान्/श्रीमती र बच्चाहरू पहिलो दिनदेखि नै फिनल्यान्डको बसोबास-आधारित सामाजिक सुरक्षा, स्वास्थ्य सेवा र शिक्षाका लागि योग्य हुन्छन्। शैक्षिक संस्थाहरूले आफैंले यो कुरालाई समर्थन गरेका छन्, किनभने यसको मतलब पैसा हो, र रित्तिँदै गएका क्षेत्रहरूका लागि मानिसहरू।
एसिया र अफ्रिकाबाट ल्याइएको यो भीड बिना सुक्दै गएको देशका सबै विद्यालयहरूको के होला? एउटा विश्वविद्यालय, जसलाई मैले पछ्याइरहेको छु, त्यहाँ विदेशी ट्रेडनोम (व्यापार प्रशासन) विद्यार्थीहरूमध्ये ८३% ले पढाइ बीचमै छोड्छन्। उनीहरू सायद इन्टर्नशिपमा पुग्दैनन्, कहिलेकाहीँ अंग्रेजी पनि जान्दैनन्, फिनिस वा स्विडिश भाषाको सीपको त कुरै छोडौं।
हाम्रो देशका शैक्षिक संस्थाहरू, विद्यालयहरू यी मानिसहरूले भरिएका छन्, जसमध्ये धेरैसँग फिनिस श्रम बजारका लागि कुनै योग्यता छैन, तर सुनिन्छ कि यस्ता मान्छे अझै बढाउनुपर्छ। देशका पत्रिकाहरूका सम्पादकीयहरूले यही बताउँछन्, संसदका पार्टीहरू सुगाले जस्तै यही दोहोर्याउँछन्। मलाई थाहा छैन, उनीहरू साँच्चै के भइरहेको छ भनेर पत्ता लगाउने कष्ट गर्दैनन्, वा त्योभन्दा पनि खराब, उनीहरूलाई मतलब नै छैन।
तर फिनल्यान्ड सारा संसारको सामाजिक कार्यालय होइन। फिनल्यान्ड सारा संसारको अस्पताल होइन, न त सारा संसारको विद्यालय हो। जनता यस्तो चाहँदैनन्, जुन म बताइरहेको छु। उनीहरू यो चाहँदैनन्। धेरैजसो मानिसहरू मैले भनेको कुरामा सहमत छन्, तर उनीहरूलाई सायद पूरा तस्वीर थाहा छैन।
चुनावअघि कुनै राजनीतिज्ञले समानान्तर समाजहरूबारे चिन्तित छु भन्नु मात्र पर्याप्त छैन। उसले यसो भनेर एउटै भोट पनि पाउन योग्य छैन, तर उसले पाउँछ। यी समस्याहरू केवल र केवल कानुन परिवर्तन गरेर मात्र समाधान गर्न सकिन्छ, र त्यो केवल र केवल सरकारमा बसेर मात्र गर्न सकिन्छ। त्यसका लागि साहस चाहिन्छ। त्यसका लागि ठूलो साहस, संघर्ष र यस देशप्रतिको प्रेम चाहिन्छ। त्यसका लागि पेरुस सुओमालाईसेत चाहिन्छ।
पागल मागहरू र वास्तविकता
आदरणीय श्रोताहरू, कहिलेकाहीँ राजनीतिमा यस्तो लाग्छ कि म कुनै सर्कस वा ‘पहकासिका’ (एक व्यंग्यात्मक पत्रिका) वा ‘कुम्मेलि’ (एक कमेडी शो), कुनै पागलपनको बीचमा छु। एकातिरबाट फिनिस जनताका लागि सबैभन्दा अनौठा मागहरू आउँछन्, नम्रता र आत्म-मौनताका लागि थप मागहरू, फिनिस पहिचानलाई वास्तवमै एक मिथकको रूपमा, जस्तै यो पछिल्लो बहस।
अर्कोतिरबाट सुनिन्छ कि हाम्रो अर्थतन्त्रका लागि अफ्रिका र एसियाबाट अझ धेरै अशिक्षित वा कम शिक्षित मानिसहरू आउनु अनिवार्य छ। केही हप्ताअघि, यो कुरा सायद भन्नु हुँदैन, तर केही हप्ताअघि एउटा सरकारी कागजातमा फिनल्यान्डमा जुत्ता पालिस गर्नेहरू चाहियो भनिएको थियो। हो। जुत्ता पालिस गर्नेहरू। यो कुनै ठट्टा होइन। यो पक्का सत्य हो।
खैर, उनीहरू आउँदैनन्। र अर्कोतर्फ, हामी सोच्छौं कि कसरी विद्यालयहरूमा फिनिसहरूको दृष्टिकोणलाई आप्रवासीहरू र नयाँ वास्तविकताप्रति अझ सकारात्मक बनाउन सकिन्छ, किनभने सुरुदेखि नै सोचिन्छ कि हामी फिनिसहरूमा केही गल्ती छ। हो, हामीमा गल्ती छ, थाहा छ? त्यो हो, हामी आफ्नो पहिचानको पर्याप्त रक्षा र मूल्यांकन गर्दैनौं।
र त्यो कसरी सिक्ने? के यसलाई पर्याप्त रूपमा मूल्यांकन गर्नका लागि गुमाउनै पर्छ?
हाम्रो पार्टीको जागरण
प्यारा पेरुस सुओमालाईसेतका साथीहरू, हामीसँग फिनल्यान्ड र फिनिस पहिचानको रक्षा र यसको मूल्य पुनर्स्थापित गर्ने ठूलो काम छ, किनभने व्यवहारमा अरू सबै यसको विरुद्धमा छन् वा कम्तिमा यसको रक्षा गर्ने हिम्मत गर्दैनन्, किनभने त्यो रक्षाको अर्थ पक्ष लिनु हो। यसको अर्थ हो कि तपाईं फिनल्यान्ड र फिनिस जनताको पक्षमा हुनुहुन्छ। र त्यो आजको औसत सामाजिक कार्यकर्ताका लागि लगभग असम्भव छ।
युरोप जागेको छ, तर सायद धेरै ढिलो भयो। फिनल्यान्डमा धेरै ठूलो जागरण, एक विशाल जागरणको आवश्यकता छ। थाहा छ, फिनल्यान्डमा पेरुस सुओमालाईसेतको जागरण आवश्यक छ।
हामीले परजीवी समाज (welfare dependency) विरुद्ध हरसम्भव प्रयास गर्नुपर्छ। हामीलाई काम, आर्थिक वृद्धि चाहिन्छ। हामीलाई फिनिसहरू काममा चाहिएको छ। हामीलाई मेहनती, साहसी मानिसहरू चाहिन्छ, जसले के खतरामा छ भनेर बुझ्छन्, जो सायद कहिलेकाहीँ मोबाइल फ्याँकेर, यो देश र यसका जनतालाई हेर्छन् र उनीहरूको भलो गर्न चाहन्छन्, जो यो देश र यसका जनताप्रति आफ्नो कर्तव्य महसुस गर्छन्। आँखा चिम्लने होइन, अन्तै हेर्ने होइन, आशावादी सोच होइन, ‘तर’ र ‘यदि’ होइन, अब मात्र। यो आवश्यक छ।
थाहा छ, हामी बाह्य शत्रुविरुद्ध रक्षाका लागि अर्बौं-अर्बौं थप पैसा खर्च गर्दैछौं। बन्दुक, ट्यांक, लडाकु पानीजहाज र लडाकु विमानहरू। रूस कस्तो खतरा हो भनेर सबैले बुझ्छन्। हामी सबैसँग हाम्रो आनुवंशिक वा सामूहिक स्मृतिमा सोभियत संघ र रूसविरुद्ध लडेको, साहसी फिनल्यान्ड, त्यसका पुरुष, महिला र बलिदानहरूको कोड छ।
तर के हामी अझै पनि आन्तरिक खतराहरू चिन्छौं? के हामी त्यो तब मात्र बुझ्छौं जब खुट्टा जल्छ, र अब भाग्न सकिँदैन। थाहा छ, तथ्याङ्कहरू निकै खराब छन्। हाम्रो आफ्नै जनसंख्या बढिरहेको छैन। आप्रवासीहरूको बढिरहेको छ। यी तथ्याङ्कहरू निर्दयी छन्। हामीसँग आर्थिक रूपमा पनि यसको लागि क्षमता छैन। अरू कुनै पनि हिसाबले छैन।
तर पनि यस देशमा केही पार्टीहरू, त्यहाँ प्रतिपक्षमा रहेका समाजवादीहरू, आफ्ना मतदाताहरूलाई भन्छन् कि हामी पहिले जस्तै चल्न सक्छौं। होइन, आदरणीय श्रोताहरू, हामी पहिले जस्तै चल्न सक्दैनौं। हामीसँग यो देशको दिशा सुधार्ने अन्तिम मौका छ र यी गम्भीर कुराहरू हुन्। यो सर्कस होइन। यो देश बिक्रीमा छैन। यो न त पैसाको लागि, न त रोगी विचारधाराहरूको लागि बिक्रीमा छ।
सरकारी कार्यको महत्त्व
जिम्मेवारी लिनु र फिनिस जनताको पक्षमा लड्नु कुनै भाषणबाजी होइन। यो कुनै सानो-तिनो आकर्षक नारा मात्र होइन। यो हरेक दिनको संघर्ष, दृढ काम हो। र प्यारा पेरुस सुओमालाईसेतका साथीहरू, हामी सरकारमा बसेर ठ्याक्कै यही गरिरहेका छौं। अरू धेरै महत्त्वपूर्ण कुराहरू पनि, तर यो पनि।
दुई वर्षको सरकारकालमा मैले साँच्चै धेरै कुरा सिकेको छु। म पेरुस सुओमालाईसेतको भूमिका र आवश्यकतालाई यस समाजमा, यस समाजको संरक्षण र सुधारमा, अझ स्पष्ट रूपमा देख्छु। विरोधीहरू धेरै छन्, विशाल छन्, किनभने हामी धेरै खतरनाक छौं। अहिले कमजोर समर्थनको समयमा, यी अनुमानित चिहानहरूमा नाच्नेहरू फेरि प्रशस्त छन्, तर उनीहरूलाई थोरै थाहा छ, किनभने हामी अझ बलियो भएर उठ्नेछौं।
अझ ठूलो भएर, किनभने अरू कुनै विकल्प छैन। पेरुस सुओमालाईसेतलाई कसैले लात हान्न सक्दैन, न त मायाले नै मार्न सक्छ। अर्थतन्त्रका आवश्यक कदमहरूले हामीलाई ढाल्दैनन्। हामी अझ ठूलो, अझ बलियो बन्नुपर्छ, ताकि हामी यो देशलाई बचाउन सकौं। र म यो कुरा धेरै स्पष्ट रूपमा देख्छु र म विश्वास गर्छु कि हामी यो गर्न सक्छौं।
फिनल्यान्डलाई पेरुस सुओमालाईसेतको आवश्यकता छ। हामी नम्बर एक फिनिस पहिचानको पार्टी हौं। हामी नम्बर एक सुरक्षा पार्टी हौं र हो, हामी नम्बर एक अर्थतन्त्र पार्टी पनि हौं। हामी करदाताको पक्षमा छौं। कुनै गुटको होइन।
अन्त्यमा
प्यारा पेरुस सुओमालाईसेतका साथीहरू, मेरो सार्वजनिक छवि, जुन निकै कठोर छ, त्यसको बावजुद, जब साँच्चै महत्त्वपूर्ण कुराहरूको सवाल आउँछ, म निकै भावुक छु।
म मेरो लागि एउटा महत्त्वपूर्ण क्षणको वर्णन गरेर यो भाषण समाप्त गर्छु, जुन समय-समयमा दोहोरिन्छ। म प्रायः नियमित रूपमा पूरै देश पार गरेर उत्तरबाट दक्षिण वा दक्षिणबाट उत्तरतिर उडान भर्छु। कहिलेकाहीँ यो पूर्ण रूपमा सफा मौसममा गर्न पाइन्छ, ताकि पूरै यात्रामा यो फिनल्यान्डको भूमिलाई प्रशंसा गर्न सकिन्छ, त्यो हवाइजहाजको झ्यालमा अडेस लागेर बस हेरिरहन र जङ्गल, ताल, खेत, नदी, फाट्टफुट्ट बस्तीका केन्द्रहरू, पूरै ठूलो देशलाई किलोमिटर-किलोमिटर अगाडि क्षितिजसम्म हेरिरहन सकिन्छ।
हेलसिंकी पनि साँच्चै सुन्दर देखिन्छ, जब त्यसलाई तटबाट घुमेर नजिक पुग्न पाइन्छ, जस्तो कहिलेकाहीँ हुन्छ। त्यस्ता उडानहरूमा म कहिलेकाहीँ केबल बसिरहन्छु र सपना देख्छु। सोच्छु, मेरा यी भाषणहरूमा के भनूँ, के बताऊँ, प्रश्न सोध्नेहरूलाई के जवाफ दिऊँ, कसरी व्यक्त गरूँ कि म यो देशलाई कति माया गर्छु र यसलाई बचाउन चाहन्छु।
राजनीति प्रायः कुरूप हुन्छ, यो क्रूर हुन्छ। यो सानो मनको, दिक्कलाग्दो हुन्छ। यसले महिलालाई धेरै खान्छ। यसले मासु च्यात्छ र फ्याँक्छ, आत्मा तोड्छ, तर केही कुरा छ र रहिरहन्छ, र त्यो हो यो देशप्रतिको प्रेम।
पेरुस सुओमालाईसेतका साथीहरूलाई पार्टी महाधिवेशनको शुभकामना।








