विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्की-तुर्कु रेल सेवा ५ हप्ताका लागि बन्द

रेल लाइन अपग्रेडका लागि सेवा बन्द गरिएको हो।

.संक्षेपमा.


  • हेलसिन्की र कार्या बीचको रेल सेवा जुलाई २७ सम्म बन्द हुने।
  • यात्रुहरुलाई बस सेवा प्रदान गरिने।
  • २०२९ सम्ममा परियोजना पूरा हुने अपेक्षा।

फिनल्यान्डको राजधानी हेलसिन्की र तुर्कु शहर बीचको रेल यातायात २३ जुन सोमवार अर्थात् आजै देखि ५ हप्ता सम्मका लागि बन्द गरिएको छ। यो स्थगन एस्पो क्षेत्रमा कमर्सियल रेल सेवाको क्षमता बढाउने उद्देश्यका लागि गरिएको हो।

हेलसिन्की केन्द्रीय रेल्वे स्टेशन र कार्या बीचको लाइनलाई चार ट्रयाकको बनाउने काम जारी छ। त्यसैले रेल यात्रा सेवा बन्द रहने बताइएको छ।

यस अवधिमा हेलसिन्की र तुर्कुबिच यात्रा गर्ने यात्रुहरुलाई बस सेवा प्रदान गरिनेछ। रेल लाइन विस्तारको परियोजना २०२९ सम्ममा पूरा हुने अपेक्षा गरिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप