संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा ४ नाबालिकलाई लागुऔषध खुवाएर बलात्कार, दोषीलाई १३ वर्ष जेल

हेलसिन्कीको अदालतले ३४ वर्षीय उसामा अल-इद्रिसलाई दुई अपराधमा १३ वर्षको कारावास सजाय तोकेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • चार नाबालिकामाथि यौन हिंसा गरेको आरोपमा दोषी ठहर
  • पीडितहरूलाई लागुऔषध खुवाएर यातना र बलात्कार।
  • पीडितले गरे आत्महत्याको प्रयास।

हेलसिन्कीको साल्मीसारीमा रहेको पुनरावेदन अदालतले उसामा अल-इद्रिस नामक ३४ वर्षीय व्यक्तिलाई नाबालिकहरूमाथि गरेको यौन हिंसाको अपराधमा ७ वर्ष ५ महिनाको थप कारावास सजाय सुनाएको छ। सन् २०२१ र २०२२ मा गरिएका यी अपराधहरूमा उनले चार नाबालिकालाई लागुऔषध खुवाएर बलात्कार गरेका थिए।

अल-इद्रिसलाई यसअघि पनि यस्तै प्रकृतिको अपराधमा ५ वर्ष ७ महिनाको सजाय भएको थियो। दुवै सजाय जोड्दा १३ वर्ष पुग्ने भएकोले यो फिनल्यान्डको कानुन अनुसार यस्तो अपराधमा उनले प्राप्त गर्ने अधिकतम सजाय हो।

अदालतका अनुसार अल-इद्रिसले पीडितहरूलाई आफ्नो सोरनाइनेनमा रहेको कोठामा ल्याई विभिन्न प्रकारका लागुऔषध खुवाएर यौन हिंसा गर्ने गरेका थिए। उनले पीडितहरूलाई बन्धक बनाई यातना दिने, पिडा दिएर यौन क्रियाकलाप गर्ने र भिडियो खिच्ने जस्ता काम गरेका थिए।

पीडितहरूमध्ये केही बालगृहबाट भागेका र रातको समयमा बासस्थानको खोजीमा रहेका थिए। अदालतले यी अपराधहरूलाई अत्यन्त गम्भीर भनेको छ। अदालतका अनुसार यो अपराधका कारण पीडितहरूमा आत्महत्याको प्रयास, मानसिक तनाव र दीर्घकालीन थेरापीको आवश्यकता जस्ता गम्भीर असरहरू देखिएको छ।

विज्ञापन

पीडितहरूको क्षतिपूर्तिका लागि अल-इद्रिसले दशौं हजार युरो तिर्नुपर्ने अदालतले ठहर गरेको छ। पीडितहरूमध्ये एक बालिकामाथि गरिएको अपराधलाई अदालतले विशेष गम्भीर मानेको छ। दोषीले एक बालिकामाथि लगातार हप्तौसम्म यौन हिंसा गरेका थिए।

“यस प्रकारका क्रियाकलापले बालबालिकाको विकासमा अत्यन्त गम्भीर क्षति पुर्‍याउन सक्छ,” अदालतले आफ्नो फैसलामा उल्लेख गरेको छ।

यसअघिको मुद्दामा उनले १४ वर्षीया किशोरीमाथि यौन हिंसा गरेका थिए, जो बालगृहबाट भागेकी थिइन्। त्यस मुद्दामा उनलाई गम्भीर लागुऔषध अपराध र बाल बलात्कारको आरोपमा दोषी ठहर गरिएको थियो।

सामाजिक कार्यकर्ताहरूले यस्ता जघन्य अपराधमा कडा कानूनी कारबाहीको माग गर्दै आएका छन्। विशेषगरी नाबालिकहरूमाथि हुने यौन हिंसाका घटनाहरूले फिनिश समाजमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।

दोषीले एक बालिकामाथि लगातार हप्तौसम्म यौन हिंसा गरेका थिए।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

अदालतले अल-इद्रिसको यस्तो क्रियाकलापले पीडितहरूको यौन स्वायत्तता र कल्याणप्रति पूर्ण अवहेलना गरेको ठहर गरेको छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप