विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा यो समरमा टिपिनेछ १ करोड ४० लाख किलो स्ट्रबेरी, बेरीका लागि मौसम पनि राम्रो

यो वर्षको स्ट्रबेरी उत्पादन मौसम लामो र स्थिर हुने, किसानहरूका लागि आशालाग्दो समाचार।

.संक्षेपमा.


  • फिनल्यान्डमा टिपिनेछ यो वर्ष १ करोड ४० लाख किलोग्राम स्ट्रबेरी।
  • करिब १४,००० मौसमी कामदारहरू स्ट्रबेरी टिप्ने काममा संलग्न।
  • रास्पबेरीको उत्पादन पनि यो वर्ष उत्कृष्ट हुने।

फिनल्यान्डको फलफूल तथा बेरी उत्पादक सङ्घले यो सिजनमा फिनल्यान्डमा करिब १ करोड ४० लाख किलो स्ट्रबेरी टिपिने प्रक्षेपण गरेको छ। एक सिजनमा फिनल्यान्डमा करिब १ करोड देखि २ करोड किलोसम्म स्ट्रबेरी टिप्ने गरिन्छ। स्ट्रबेरीको उत्पादन मौसम लगायत धेरै कुरामा निर्भर रहने हुँदा यो सङ्ख्या थपघट भइरहन्छ।

फलफूल तथा बेरी उत्पादक सङ्घकी कार्यकारी निर्देशक हेइडी भिर्तानेनका अनुसार यस वर्षको स्ट्रबेरी उत्पादन मौसम लामो र स्थिर हुने देखिएको छ। रेडियो सुओमी कार्यक्रममा बोल्दै उनले यस्तो लामो र स्थिर उत्पादन मौसम किसानहरूका लागि अत्यन्त फाइदाजनक हुने बताइन्।

समरको चिसो सुरुवातका कारण यस वर्षको पहिलो स्ट्रबेरी उत्पादन गत वर्षको तुलनामा करिब दुई हप्ता ढिलो सुरु भएको छ। यद्यपी मिडसमर अर्थात् युहान्नुस अघि नै खुल्ला ग्राउन्डमा उत्पादित स्ट्रबेरी टिप्न सुरु गरिएको थियो।

किसानका लागि लामो र स्थिर मौसम बेरी उत्पादनका लागि सर्वोत्तम हुन्छ।

हेइडी भिर्तानेन, कार्यकारी निर्देशक, फिनल्यान्ड फलफूल तथा बेरी उत्पादक संघ

विज्ञापन
विज्ञापन सकियो

भिर्तानेनका अनुसार स्ट्रबेरीको सर्वोत्तम स्वाद र सुगन्धका लागि रात चिसो र दिन न्यानो हुनु आवश्यक छ। स्ट्रबेरीका अतिरिक्त फिनल्यान्डमा रास्पबेरी, ब्ल्याकबेरी, ब्लुबेरी र करेन्ट बेरी जस्ता अन्य बेरीहरू पनि उत्पादन गरिन्छ। विशेष गरी यस वर्ष रास्पबेरीको उत्पादन उत्कृष्ट हुने देखिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप