0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    सान्ना मारिनलाई फाप्यो बिजनेस, बनिन् लखपति!

    गत आर्थिक वर्षमा मारिनको कम्पनीले गर्‍यो १४ लाख युरोको नाफा।

    .संक्षेपमा.


    • गत वर्षको तुलनामा कम्पनीको नाफा पाँच गुणाले बढ्यो।
    • कम्पनीको कुल कारोबार ३३ लाख युरो।
    • मारिनको नयाँ पुस्तक १० भन्दा बढी देशमा प्रकाशित हुने।

    फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मारिनको कम्पनीले गत वर्ष १४ लाख युरोको नाफा कमाएको छ। फिनलयान्डको बिजनेस पत्रिका Kauppalehti ले जनाएअनुसार कम्पनीको वार्षिक कारोबार ३३ लाख युरो नाघेको छ।

    मारिनको कम्पनी मूलतः उनकै पुस्तक र अन्य प्रकाशन र उनले दिने भाषण सम्बन्धी गतिविधिहरूको व्यवस्थापनमा संलग्न छ। अघिल्लो वर्ष कम्पनीको कारोबार ६६५,७०० युरो र नाफा ३०३,००० युरो मात्र थियो। कम्पनीमा हाल चार जना कर्मचारी कार्यरत छन् र गत आर्थिक वर्षमा उनीहरूलाई कुल ८८५,५१४ युरो तलब भुक्तानी गरिएको छ।

    मारिन हाल बेलायती टोनी ब्लेयर इन्स्टिच्युटमा कार्यरत छिन्। फिनल्यान्डको सांसद पदबाट राजीनामा दिएर उनले त्यो पद लिएकी थिइन्।

    आगामी नोभेम्बर महिनामा मारिनको नयाँ पुस्तक आउने भएको छ। उक्त पुस्तकको अनुवाद अधिकार १० भन्दा बढी देशमा बिक्री भइसकेको उनले जनाएकी छिन्।

    कम्पनीको ९० प्रतिशत स्वामित्व मारिनको छ भने बाँकी १० प्रतिशत उनकी पूर्व सहयोगी तुलिया पित्कानेनको स्वामित्वमा छ।

    फिनल्यान्डकी सबैभन्दा कम उमेरकी पूर्व प्रधानमन्त्रीको व्यावसायिक सफलताले उनको राजनीति पछिको करियर उज्ज्वल देखिएको छ।

    मारिन ३३ वर्षको उमेरमा फिनल्यान्डको प्रधानमन्त्री बनेर इतिहास रचेकी थिईन्। उनी सन् २०१९ देखि सन् २०२३ सम्म फिनल्यान्डको प्रधानमन्त्री थिइन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप