विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा घर किन्न थप सजिलो हुने, ‘होम लोन’ किस्ता अवधि ३५ वर्ष पुर्‍याउने तैयारी

आवास बजार र निर्माण क्षेत्रलाई टेवा दिने उद्देश्यले यो नयाँ नीतिगत व्यवस्था गर्ने तयारी गरेको सरकारले जनाएको छ।

.संक्षेपमा.


  • होम लोन किस्ता अवधि बढाएर ३५ वर्ष पुर्‍याइने।
  • घर किन्नेको मासिक किस्ता घट्ने।
  • स्वीडिस मोडेलको अनुसरण गर्ने फिनल्यान्डको तैयारी।

फिनल्यान्डको सरकारले घर किन्दा लिइने ‘होम लोन’को अधिकतम किस्ता अवधि ३० वर्षबाट बढाएर ३५ वर्ष पुर्‍याउने प्रस्ताव अघि सारेको छ। गत हप्ता सार्वजनिक परामर्शका लागि पठाइएको नयाँ विधेयकले आवास बजार र निर्माण क्षेत्रलाई गति दिन यो लगायतका अन्य विभिन्न लक्ष्य राखेको छ।

अर्थ मन्त्रालयको विज्ञप्ति अनुसार यो व्यवस्थाले ‘होम लोन’को मासिक किस्ता कम गर्न मद्दत गर्नेछ। यसले ऋण रकमको भुक्तानीलाई लामो समयमा वितरण गर्न सक्षम बनाउनेछ। यसले मानिसहरूलाई घर किन्न प्रोत्साहित गर्नेछ भन्ने आशा सरकारले राखेको छ।

यो परिवर्तन यहि वर्षको सुरूमा बजेट समीक्षामा गरिएका आर्थिक वृद्धि प्रोत्साहन कार्यक्रमहरूको एक हिस्सा हो। यसले फिनल्यान्डको ‘होम लोन’ प्रणालीलाई स्वीडेनको मोडेलतर्फ धकेल्नेछ। स्वीडेनमा ६० वर्षसम्म किस्ता तिर्न मिल्ने ‘होम लोन’ पाइन्छ।

फिनल्याण्ड सरकारको निर्णयमा घर कर्जा लिन सजिलो बनाउने अन्य बुँदाहरू पनि समावेश छन्।

वित्तीय पर्यवेक्षण प्राधिकरणले सबै घर खरिदकर्ताहरूका लागि घरको मूल्यको अधिकतम ९५ प्रतिशतसम्म घर कर्जाको सीमा निर्धारण गर्न सक्नेछ। हाल पहिलो घर खरिदकर्ताबाहेक अरूका लागि कर्जाको सीमा बढीमा ९० प्रतिशत हुन सक्छ।

विज्ञापन
विज्ञापन सकियो

अर्कोतर्फ हाउजिङ कम्पनीको कर्जासम्बन्धी नियमनलाई आर्थिक चक्रको अवस्थाअनुसार अध्यादेशमार्फत परिवर्तन गर्न सकिने प्रस्ताव पनि सरकारले ‍गरेको छ। यस्ता कर्जामा साँवा भुक्तानी छुटको अवधि एक देखि दुई वर्षसम्म र चुक्ता अवधि ३० वर्षबाट ३५ वर्षसम्म घटबढ हुन सक्नेछ।

निर्माण क्षेत्र आर्थिक चक्रप्रति संवेदनशील हुन्छ। राम्रो समयमा बजार अत्यधिक तात्ने खतरा सधैं रहन्छ भने अनिश्चित समयमा आवश्यकभन्दा कम निर्माण हुन सक्छ। जब कर्जाको प्रवाह रोकिन्छ र खरिदकर्ताहरू सतर्क हुन्छन्।

स्वीडेनमा ६० वर्षसम्म किस्ता तिर्न मिल्ने ‘होम लोन’ पाइन्छ।

सरकारको प्रस्तावमाथि सुझाव तथा प्रतिक्रिया दिन अगस्ट २४ सम्मको समय तोकिएको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप