विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

युक्रेनी सेनालाई घटिया ज्याकेट पठाएर आफूलाई घर र गाडी, फिनिश कम्पनी माथि अनुसन्धान सुरु

फिनल्यान्डको केन्द्रीय अनुसन्धान ब्यूरोले ५७ लाख युरोको सम्झौतामा गम्भीर धोखाधडी भएको आशंकाका अनुसन्धान सुरु गरेको छ।

.संक्षेपमा.


  • १०,००० बख्तरबन्द ज्याकेटको सम्झौता गरेर ५,००० मात्र आपूर्ति।
  • ज्याकेटहरू सम्झौता गरेभन्दा निकै कम गुणस्तरका।
  • युक्रेनले कानूनी सहायताको लागि अनुरोध गरेपछि अनुसन्धान सुरु।

फिनल्यान्डको केन्द्रीय अनुसन्धान ब्युरोले एक फिनिश कम्पनीलाई गम्भीर धोखा धडी, गम्भीर हिनामिना र गम्भीर मनी लन्डरिङको आरोपमा अनुसन्धान गरिरहेको छ। कम्पनीले युक्रेनी रक्षा मन्त्रालयसँग लगभग ५७ लाख युरो मूल्यको गोली छेक्ने बख्तर बन्द ज्याकेटको सम्झौता गरेको थियो।

सन् २०२२ को समरमा उक्त कम्पनीले युक्रेनी सेनालाई ५,००० बख्तर बन्द ज्याकेट आपूर्ति गरेको थियो। सम्झौता अनुसार १०,००० ज्याकेट आपूर्ति गर्नुपर्ने थियो। प्रारम्भिक अनुसन्धानबाट आपूर्ति गरिएका ज्याकेटहरू सम्झौतामा उल्लेख गरिएको गुणस्तर मापदण्ड अनुरूप नभएको पाइएको छ।

अनुसन्धानको क्रममा दुई जनालाई हिरासतमा लिइएको थियो, जसमध्ये एक जनालाई कुनै आपराधिक गतिविधिमा संलग्न नभएको पाइएको छ। कम्पनीको मुख्य जिम्मेवार व्यक्तिमाथि भने आपराधिक काम गरेको आरोप छ।

आरोपितले युक्रेनबाट आएको पैसा अपचलन गरी आफूलाई महँगा गाडी र घरजग्गा किनेका थिए।

युक्रेनको सरकारी अनुसन्धान विभागले पनि यो मामिलाको छानबिन गरिरहेको जनाएको छ। युक्रेनले कानुनी सहायताका लागि अनुरोध गरेपछि फिनल्यान्डमा पनि अनुसन्धान सुरु भएको हो।

विज्ञापन
विज्ञापन सकियो

यो मुद्दा यसै समरमा अभियोजनको लागि पठाउने तैयारी छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप