विज्ञापन
संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डको बेरी टिप्न नेपाली पनि आउने, २६ सय विदेशीले पाए भिसा

नयाँ कानूनी व्यवस्था अनुसार श्रमिकहरूले अब पर्यटक भिसामा बेरी टिप्ने काम गर्न पाउने छैनन्।

.संक्षेपमा.


  • करिब २६०० विदेशीले बेरी टिप्ने मौसमी भिसा पाए।
  • सन् २०२३ पछि पर्यटक भिसामा बेरी टिप्न प्रतिबन्ध।
  • मानव बेचबिखन र श्रमिक शोषण रोक्न कडा निगरानी गरिने।

फिनल्यान्डले सन् २०२५ को समरमा जंगली बेरी टिप्नका लागि करिब २६०० जना विदेशी कामदारलाई मौसमी वर्क परमिट भिसा जारी गरेको छ। यो भिसा पाउनेमा कैयौं नेपालीहरू पनि छन्।

फिनल्यान्डको परराष्ट्र मन्त्रालयका अनुसार तीन महिना म्याद रहने उक्त भिसाका लागि अधिकांश आवेदन थाइल्यान्डबाट आएका थिए। त्यसपछि भियतनाम, नेपाल र भारतका नागरिकहरूले पनि मौसमी वर्क परमिट भिसाका लागि आवेदन दिएका थिए।

अधिकांशको भिसा स्वीकृत भए पनि ६० जना आवेदकको भने आवेदन अस्वीकृत गरिएको मन्त्रालयले जनाएको छ।

बेरी टिप्न आउने विदेशी कामदारहरुले एक सिजनमा करिब पाँच हजार युरो सम्म कमाउने गरेका छन् भने एक सर्वेक्षण अनुसार काम र कमाईप्रति सन्तुष्टि दर पनि उच्च रहेको छ।

फेब्रुअरी २०२५ मा लागू भएको नयाँ मौसमी श्रम कानून अनुसार जंगली बेरी टिप्ने कामलाई मौसमी रोजगारीको रूपमा परिभाषित गरिएको छ। यो भिसा अधिकतम ९० दिनको लागि मान्य हुन्छ। फिनल्यान्डमा पहिले टुरिस्ट भिसामा विदेशी ल्याएर बेरी टिप्ने काममा लगाउने चलन थियो।

विज्ञापन
विज्ञापन सकियो

नयाँ कानूनी व्यवस्था अनुसार श्रमिकहरूले अब पर्यटक भिसामा काम गर्न पाउने छैनन्। यसको साटो उनीहरूले या त मौसमी काम भिसा वा मौसमी कामको निवास अनुमति लिनुपर्ने हुन्छ।

यो परिवर्तनको मुख्य उद्देश्य श्रमिक शोषण रोक्नु र उनीहरूको अधिकार सुरक्षित गर्नु रहेको मन्त्रालयले जनाएको छ।

नयाँ कानूनी व्यवस्थाले जंगली बेरी टिप्ने श्रमिकहरूको अधिकार र सुरक्षालाई बलियो बनाउनेछ दाबी फिनल्यान्डको परराष्ट्र मन्त्रालयले गरेको छ।

मन्त्रालयले मानव बेचबिखन र श्रमिक शोषण रोक्न कडा निगरानी गरिने पनि जनाएको छ। रोजगारदाता कम्पनीहरूले श्रमिकहरूको काम गर्ने अवस्था र सुविधाहरूको प्राथमिक जिम्मेवारी लिनुपर्ने जिकिर मन्त्रालयको छ।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप