संग्रह गर्नुहोस्।
संग्रहित

दक्षिण युरोपको गर्मी छल्न धमाधम फिनल्यान्डमा, स्पेनी पर्यटक भन्छन्- ‘१७ डिग्री स्वर्ग बराबर!’

फिनल्यान्डमा समर चिसो भयो भनेर धेरैले गुनासो गरिरहेको बेला ४६ डिग्री गर्मीको मार खेपेका दक्षिण युरोपका पर्यटकहरूलाई भने फिनल्यान्ड र अन्य नर्डिक देशहरूको चिसो समरले ठूलो राहत प्रदान गरेको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • दक्षिण युरोपको अत्यधिक गर्मीका कारण पर्यटकहरू फिनल्यान्डतर्फ आकर्षित।
  • स्पेन र इटली जस्ता देशहरूबाट पर्यटकको लहर।
  • स्पेनमा तापक्रम ४६ डिग्रीसम्म पुग्यो, कम्तीमा ८ को मृत्यु।

दक्षिण युरोपमा गर्मी अत्यधिक बढेसँगै फिनल्यान्ड पर्यटकका लागि नयाँ आकर्षणको केन्द्र बनेको छ। स्पेन, इटली लगायतका देशहरूबाट गर्मी छल्न आउने पर्यटकको संख्या हाल फिनल्यान्डमा उल्लेख्य रूपमा वृद्धि भएको छ।

दक्षिण युरोपमा यस वर्षको गर्मीले नयाँ रेकर्ड बनाउँदै गएको छ। स्पेनमा तापक्रम ४६ डिग्री सेल्सियससम्म पुगेको बताइएको छ भने अत्यधिक गर्मीका कारण कम्तीमा ८ जनाको मृत्यु भइसकेको छ।

फिनल्यान्डमा समर चिसो भयो भनेर धेरैले गुनासो गरिरहेको बेला ४६ डिग्री गर्मीको मार खेपेका दक्षिण युरोपका पर्यटकहरूलाई भने फिनल्यान्ड र अन्य नर्डिक देशहरूको चिसो समरले राहत प्रदान गरेको छ।

फिनल्यान्डका विभिन्न संचारमाध्यमहरूले गर्मीबाट बच्न फिनल्यान्ड आएका पर्यटकहरूबारे विभिन्न फिचरहरू प्रकाशित गरेका छन्।

विज्ञापन

फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE को एक रिपोर्टमा एक पर्यटकले स्पेनमा लामो समयसम्म गर्मी बढ्दै गएपछि समुद्री तटीय क्षेत्रको सट्टा फिनल्यान्ड जस्ता शीतल गन्तव्यहरू रोज्न थालेको बताएका छन्।

अर्को एक रिपोर्टमा स्पेनी पर्यटकहरुले फिनल्यान्डको १७ डिग्रीको चिसो समरलाई ‘स्वर्ग बराबर’ भनेका छन्। फिनल्यान्डमा बास्तुकला हेर्ने, प्रकृतिमा रमाउने, र साउनापछि चिसो तालमा पौडी खेल्ने उनीहरुको योजना छ।

नर्डिक देशहरूमा विशेषज्ञता हासिल गरेका यात्रा एजेन्ट अल्बर्टो ओलिभारेसका अनुसार फिनल्यान्ड र अन्य नर्डिक देशहरूको माग पछिल्ला वर्षहरूमा लगातार बढिरहेको छ। “हेलसिन्कीमा बसोबास खर्च बार्सिलोना र स्पेनका अन्य ठूला शहरहरूको तुलनामा कम पनि छ,” उनी भन्छन्।

गत वर्ष फिनल्यान्ड आउने विदेशी पर्यटकहरूमध्ये स्पेनी पर्यटकहरू आठौं स्थानमा थिए। करिब २ लाख स्पेनिस पर्यटक गत वर्ष फिनल्यान्ड आएका थिए। जर्मनी, बेलायत र स्वीडेनका पर्यटकहरू शीर्ष तीन स्थानमा थिए।

फिनल्यान्डमा बास्तुकला हेर्ने, प्रकृतिमा रमाउने, र साउनापछि चिसो तालमा पौडी खेल्ने पर्यटकको योजना।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

स्पेनको अर्थतन्त्र हाल युरोपेली संघमा सबैभन्दा तीव्र गतिमा बढिरहेको छ। र उनीहरू महंगा नर्डिक देशहरूमा पनि भ्रमण गर्न सक्षम भएका छन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप