.संक्षेपमा.
- बन्दुक र अश्रुग्यास प्रयोग गरी नाबालक लुटियो।
- लुटपाटको भिडियो बनाएर सामाजिक सञ्जालमा।
- आरोपीहरूको पहिचान गर्न प्रहरीले माग्यो सर्वसाधारणको सहयोग।
फिनल्यान्डको एस्पो स्थित किभेनलाह्ती क्षेत्रमा गत सोमबार बिहान एक नाबालकमाथि कालो पोशाक र स्की मास्क लगाएका करिब दश जना युवाहरूको समूहले बन्दुक देखाएर र अश्रुग्यास प्रयोग गरी लुटपाट गरेको प्रहरीले जनाएको छ। नानान ग्रिल नजिकै भएको यो घटनामा पीडितका व्यक्तिगत सामानहरू लुटिएको थियो।
पश्चिमी उसिमा प्रहरीको युवा अपराध अनुसन्धान समूहले यस घटनाका दोषीहरूको पहिचान गर्न सर्वसाधारणको सहयोग मागेको छ। घटनास्थलमा धेरै युवाहरूको उपस्थिति रहेको र लुटपाटको सामाजिक सञ्जालमा भिडियो बनाएर समेत राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनासम्बन्धी कुनै जानकारी वा भिडियो फुटेज भए [email protected] मा पठाउन अनुरोध गरेको छ। साथै भिडियो वा फोटो व्हाट्सएप नम्बर 050 573 5266 मा पनि पठाउन सकिने जनाइएको छ।





