.संक्षेपमा.
- प्रत्येक पार्सलमा २ युरो प्रशासनिक शुल्क लाग्ने।
- तेस्रो मुलुकका आपूर्तिकर्ताहरूले इयु क्षेत्रमा थप गोदाम निर्माण गर्नुपर्ने।
- इयु संसद्मा ६१९ मत पक्षमा, २६ विपक्षमा र ४६ तटस्थ।
युरोपेली संसद्ले एक ऐतिहासिक मतदान मार्फत युरोपेली सङ्घ बाहिरका देशहरूबाट आउने साना पार्सलहरूको व्यवस्थापनका लागि नयाँ नियमहरू पारित गरेको छ।
प्रस्तावित नियम अनुसार अब युरोपेली सङ्घ बाहिरका देशहरूबाट आउने प्रत्येक पार्सलमा २ युरो प्रशासनिक शुल्क लगाइनेछ। साथै तेस्रो मुलुकका आपूर्तिकर्ताहरूलाई युरोपेली सङ्घको क्षेत्रभित्र थप भण्डारण सुविधाहरू निर्माण गर्न आवश्यक हुनेछ।
यो निर्णयले विशेष गरी Temu र Shein जस्ता चिनियाँ सस्ता अनलाइन खुद्रा विक्रेताहरूबाट आउने उत्पादनहरूको सुरक्षा र गुणस्तर नियन्त्रण गर्ने लक्ष्य राखेको इयुले जनाएको छ।
धेरै चिनियाँ उत्पादनहरू इयुको कानुनी मापदण्ड विपरीत बनाइएको पाइए पछि यस्तो नियम ल्याइएको हो। यो नयाँ नियम उपभोक्ताको सुरक्षा र गुणस्तरीय मापदण्डको सुनिश्चितता गर्ने ल्याइएको इयुले जनाएको छ।
इयु क्षेत्रमा बसोबास गर्ने धेरै नेपालीहरूले पनि Temu, Shein, र AliExpress जस्ता मेगा अनलाइन स्टोरहरूबाट सामान किन्ने गरेका छन्।





