0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    मत सर्वेक्षणः आप्रवासी विरोधी फिन्स पार्टीको लोकप्रियता फेरी बढ्न थाल्यो

    हेलसिन्की सानोमातको नयाँ जनमत सर्वेक्षणका अनुसार फिनल्यान्डमा पेरुससुओमालाइनेन अर्थात् फिन्स पार्टीको समर्थनमा उल्लेखनीय वृद्धि देखिएको छ।

    .संक्षेपमा.


    • एसडिपी २५.४% समर्थनका साथ सबैभन्दा लोकप्रिय पार्टीको रूपमा कायमै।
    • प्रधानमन्त्रीको पार्टी कोकोमुस (१९.८%) दोस्रो र सेन्टर पार्टी (केसकुस्ता) (१५.७%) तेस्रो स्थानमा।
    • फिन्स पार्टीको समर्थन बढेर १०.६%, वाम गठबन्धनलाई पछि पार्यो।

    हेलसिन्की सानोमातको पछिल्लो जनमत सर्वेक्षणका अनुसार आप्रवासीहरु प्रति अनुदार मानिने पेरुससुओमालाइनेन अर्थात् फिन्स पार्टीको लोकप्रियया फिनल्यान्डमा फेरी बढ्न थालेको छ। एक महिनाको अवधिमै उक्त पार्टीको समर्थन ०.६ प्रतिशत बिन्दुले बढेर १०.६% पुगेको छ।

    गत जुन महिनामा वाम गठबन्धन (भासेमिस्तो लित्तो) सँग बराबरीमा रहेको फिन्स पार्टीले यस पटक भने स्पष्ट रूपमा अग्रता लिएको छ। वाम गठबन्धनको समर्थन भने ०.२ प्रतिशत बिन्दुले घटेर ९.८% मा झरेको छ।

    सन् २०२३ को संसदीय निर्वाचनको तुलनामा भने फिन्स पार्टीको समर्थन घटेको छ। त्यो बेला करिब २०% मत लिई उक्त पार्टी फिनल्यान्डको संसद्मा दोस्रो ठुलो दल बनेको थियो। त्यसयता गृह, अर्थ लगायत महत्त्वपूर्ण मन्त्रालयहरू सहित उक्त दल सरकारमा सामेल छ। फिन्स पार्टी आप्रवासीहरू प्रति निकै अनुदार मानिन्छ। पछिल्लो समय फिनल्यान्डमा गरिएको आप्रवासन कानुनको कडाइ उसकै अगुवाइमा भएका हुन्।

    हेलसिन्की सानोमातको सर्वेक्षणले सोसल डेमोक्रटिक पार्टी (एसडिपी) अहिले फिनल्यान्डको सबैभन्दा लोकप्रिय राजनीतिक दल रहेको देखाएको छ। सर्वेक्षणका अनुसार एसडिपीको समर्थन ०.२ प्रतिशत बिन्दुले बढेर २५.४% पुगेको छ। यो आँकडा गत मे महिनामा पार्टीले प्राप्त गरेको २५.३% को ऐतिहासिक उचाइभन्दा पनि बढि हो। एसडिपीको समर्थन लगभग दुई दशक यताकै उच्च बिन्दुमा पुगेको छ।

    सर्वेक्षणमा प्रधानमन्त्री पेत्तेरी ओर्पोको राष्ट्रिय गठबन्धन पार्टी (कोकोमुस) १९.८% समर्थनका साथ दोस्रो स्थानमा रहेको छ। त्यस्तै, सेन्टर पार्टी (केसकुस्ता) १५.७% समर्थनका साथ तेस्रो स्थानमा छ।

    पत्रिकाका अनुसार सर्वेक्षणको सबैभन्दा उल्लेखनीय नतिजा फिन्स पार्टीको समर्थनमा देखिएको वृद्धि हो।

    अन्य पार्टीहरूको समर्थन दरमा सामान्य उतारचढाव देखिएको छ। ग्रिन लिग (भिहरेयात) ८.०%, स्वीडिस पिपल्स पार्टी (आरकेपी) ४.१% र क्रिस्टियन डेमोक्र्याट्स (केडी) ३.३% समर्थनमा रहेका छन्।

    सर्वेक्षणको सबैभन्दा उल्लेखनीय नतिजा फिन्स पार्टीको समर्थनमा देखिएको वृद्धि हो।

    यो सर्वेक्षण ‘भेरियन’ नामक संस्थाले हेलसिन्की सानोमातका लागि गरेको हो। यसका लागि १६ जुनदेखि १४ जुलाईसम्म ३,०१६ व्यक्तिहरूसँग अन्तर्वार्ता लिइएको थियो। सर्वेक्षणको त्रुटि मार्जिन ठूला पार्टीहरूको हकमा करिब १.८ प्रतिशत बिन्दु रहेको जनाइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप