संग्रह गर्नुहोस्।
संग्रहित

ब्रेकिङ्गः फिनल्यान्डको यामीयार्भीमा प्राइभेट विमान दुर्घटना, पाइलटको मृत्यु

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

पश्चिमी फिनल्यान्डमा ताम्पेरे र पोरी नजिकै रहेको यामीयार्भीको विमानस्थल नजिकै शनिबार बिहान एक सानो विमान दुर्घटनामा परेको छ। उद्धार सेवाले स्थानीय समयअनुसार बिहान १०:०३ बजे उक्त दुर्घटनाको सूचना पाएको थियो। दुर्घटनामा सवार पाइलटको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार विमान धावनमार्गबाट करिब ५० मिटर पर खसेको थियो। एक प्रत्यक्षदर्शीले फिनिस राष्ट्रिय प्रसारक YLE लाई बताएअनुसार विमानले अवतरण वा उडानको क्रममा सन्तुलन गुमाएको जस्तो देखिन्छ। घटनास्थलमा तत्कालै कम्तीमा तीनवटा दमकल, धेरै एम्बुलेन्स र एक मेडिकल हेलिकप्टर पठाइएको थियो।

आपतकालीन सेवाहरूले घटनास्थलमा आफ्नो अपरेसन पूरा गरिसकेका छन्। फिनिस रक्षा बलले दुर्घटनामा आफ्नो कुनै पनि विमान संलग्न नभएको पुष्टि गरेको छ।

यामीयार्भी विमानस्थल फिनल्यान्डमा हवाई खेल तथा मनोरञ्जनात्मक उडानका लागि एक लोकप्रिय केन्द्र हो। यहाँ विशेषगरी प्यारासुट जम्पिङ र ग्लाइडिङ जस्ता गतिविधिहरू सञ्चालन हुन्छन्।

विज्ञापन

कति छन् फिनल्यान्डमा नीजी विमान?

फिनिस यातायात तथा सञ्चार एजेन्सी (Traficom) को २०२५ को जनवरीमा अद्यावधिक गरिएको तथ्याङ्कअनुसार फिनल्यान्डमा हजारौँको संख्यामा निजी तथा मनोरञ्जनात्मक विमानहरू दर्ता भएका छन्। यसमा करिब ७०० वटा सामान्य हवाईजहाज (Aeroplanes), ६०० भन्दा बढी अल्ट्रालाइट (Microlight aeroplanes) र ४०० भन्दा बढी ग्लाइडर तथा मोटर ग्लाइडरहरू (Gliders and powered gliders) समावेश छन्।

यस्ता साना विमान दुर्घटनाहरू फिनल्यान्डमा दुर्लभ भए पनि कहिलेकाहीँ हुने गर्दछन्। Traficom को पछिल्लो उड्डयन सुरक्षा प्रतिवेदनअनुसार, २०२४ मा सामान्य तथा मनोरञ्जनात्मक उड्डयन क्षेत्रमा जम्मा ६ वटा दुर्घटना भएका थिए, जुन पछिल्लो दशकको वार्षिक औसत ८.४ भन्दा कम हो।

अधिकारीहरूले यामीयार्भीको पछिल्लो दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको बताएका छन् र थप विवरण पछि सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।

अपडेट दिउसो बजेः पाइलटको मृत्युको विवरण थप गरिएको।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप