0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    लाहतीमा दुःखद घटनाः पौडी खेल्न गएका १० वर्षीय बालकको डुबेर मृत्यु

    बालक आफ्ना साथीहरूसँग पौडी खेल्न गएका थिए।

    फिनल्यान्डको लाहतीस्थित पायुलाहतीमा शुक्रबार दिउँसो एक दुःखद घटनामा करिब १० वर्षीय बालकको डुबेर मृत्यु भएको छ। हामे प्रहरी विभागका अनुसार घटना पायुलाहतीको समुद्री तट नजिकै भएको हो।

    बालक आफ्ना साथीहरूसँग पौडी खेल्न गएका थिए। करिब २० मिनेटसम्म साथीहरूले उनलाई नदेखेपछि र उनको सामान किनारमै रहेको पाएपछि उनीहरूले बालक हराएको आशंका गरेका थिए। त्यसपछि तत्कालै आपतकालीन सेवा र प्रहरीलाई खबर गरिएको थियो।

    घटनाको खबर पाउनासाथ उद्धार टोली घटनास्थलमा पुगेको थियो। आपतकालीन सेवाका गोताखोरहरूले पानीभित्र खोजी गरी बालकलाई बाहिर निकालेका थिए।

    प्रारम्भमा पीडित ‘टिनएजर’ भएको बताइएको थियो, तर पछि हामे प्रहरी विभागले पीडित करिब १० वर्षीय बालक भएको स्पष्ट पारेको छ।

    प्रहरीले हाल यस घटनामा कुनै अपराधको आशंका नरहेको जनाएको छ। घटनालाई मृत्युको कारण पत्ता लगाउने अनुसन्धानको रूपमा अगाडि बढाइएको छ र थप जानकारी तत्काल सार्वजनिक नगरिने प्रहरीले बताएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप