संग्रह गर्नुहोस्।
संग्रहित

सोमालियाबाट एक्लै फिनल्यान्ड आएका थिए कालायोकीमा डुबेर ज्यान गुमाउने तीन युवक

फिनल्यान्डको कोक्कोलामा रहेको शरणार्थी रिसेप्सन सेन्टरमा बस्दै आएका तीन किशोरको समुद्रमा डुबेर ज्यान गएपछि फिनिस सोमाली समुदायमा शोक छाएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डको कालायोकीस्थित लोकप्रिय हिएक्कासार्काट समुद्री किनारमा गत सप्ताहान्तमा भएको एक दुःखद घटनामा परेर ज्यान गुमाउने तीनजना किशोर सोमालियाका भएको खुलेको छ।

मृतकहरू कोक्कोलामा रहेको १८ वर्षभन्दा कम उमेरका शरणार्थीहरूका लागि बनाइएको ‘रिसेप्सन सेन्टर’मा बसेका थिए र घुम्नका लागि कालायोकी पुगेका थिए। मृतकहरू अभिभावक बिना सोमालियाबाट फिनल्यान्ड आएका थिए। उनीहरूका परिवार केन्या र सोमालियामा रहेको बताइएको छ।

यो घटनाले फिनल्यान्डमा रहेको सोमाली समुदायलाई गहिरो शोकमा पारेको छ। फिनिस सोमाली समुदायका अध्यक्ष अब्दुल रहमान रागेले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE संगको कुराकानीमा पुष्टि गरे अनुसार सन् २००८ मा जन्मेका एक र सन् २००९ मा जन्मेका दुई किशोरहरू कोक्कोलाको रिसेप्सन सेन्टरबाट घुम्नका लागि समुद्री किनारमा पुगेका थिए।

प्रारम्भिक अनुसन्धान अनुसार किशोरहरू किनारमा बल खेलिरहेका थिए। खेल्ने क्रममा उनीहरू किनारबाट टाढा पुगेका थिए। त्यहाँ पानी गहिरो थियो र खुट्टाले भुइँ टेक्न नसक्ने अवस्था थियो। प्रहरीका अनुसार उनीहरूको पौडी खेल्ने सीप कस्तो थियो भन्नेबारे यकिन जानकारी प्राप्त हुन सकेको छैन।

विज्ञापन

रागेले हिएक्कासार्काट किनारको अवस्थाबारे किशोरहरूलाई पर्याप्त जानकारी दिइएको थियो वा थिएन भन्नेमा चिन्ता व्यक्त गरेका छन्। उक्त किनार सुरुमा धेरै नै समथर र पानीको सतह कम भए पनि पौडी खेल्ने क्षेत्रभन्दा बाहिर अचानक गहिरो, तेज छाल आइरहने र भासिने खालको बालुवा रहेको छ। यी सबै अवस्थाका कारण त्यो तट निकै खतरनाक मानिन्छ।

यसैबीच फिनिस अध्यागमन सेवा (मिग्री) ले यस घटनापछि देशभरका रिसेप्सन केन्द्रहरूलाई पानी सुरक्षा र पौडी खेल्ने सीपको महत्त्वबारे आफ्ना बासिन्दाहरूलाई सचेत गराउन निर्देशन दिएको छ। मिग्रीकी निर्देशक एलिना नुर्मीले भविष्यमा यस्ता दुर्घटनाहरू हुन नदिन यो कदम चालिएको बताइन्।

प्रहरीले घटनाको अनुसन्धान जारी राखेको छ। रागेका अनुसार मृतक किशोरहरूका सोमालिया र केन्यामा रहेका अभिभावकहरूले समेत समुदायसँग सम्पर्क गरेका छन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप