0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    बसको लगेजभित्र सुटकेसमा भेटिइन् २ वर्षीय बालिका

    प्रहरीले चालकको प्रशंसा गर्दै उनको सतर्कताले "एक ठूलो दुर्घटना हुनबाट जोगिएको" बताएको छ।

    न्युजिल्यान्डमा एक बस चालकले गाडीको लगेज राख्ने ठाउँमा रहेको सुटकेसभित्रबाट एक २ वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन्। उक्त घटनामा संलग्न एक २७ वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको छ। बालिकाको हेरचाहमा लापरबाही गरेको आरोपमा ती महिलालाई आइतबार पक्राउ गरिएको हो।

    यो घटना अकल्यान्डको उत्तरमा पर्ने काइवाका भन्ने स्थानमा भएको थियो। ३ वर्षभन्दा कम उमेरका बालबालिका उक्त बसमा सित्तैमा यात्रा गर्न सक्ने भए पनि आरोपित महिलाले आफ्नी २ वर्षीय बालिकालाई सुटकेसमा राखेकी थिइन्।

    डिटेक्टिभ इन्स्पेक्टर साइमन ह्यारिसनले न्युजिल्यान्डका स्थानीय मिडियालाई बताए अनुसार इन्टरसिटी कम्पनीको बस एक निर्धारित स्टपमा रोकिँदा एक यात्रुले आफ्नो लगेज निकाल्न आग्रह गरेपछि चालकले लगेज राख्ने डिब्बा खोलेका थिए। त्यही क्रममा चालकले एउटा सुटकेस हल्लिरहेको देखेका थिए।

    शङ्कास्पद सुटकेस खोलेपछि उनीहरूले भित्र २ वर्षीय बालिकालाई भेटेका थिए।

    “बालिकालाई धेरै गर्मी भएको थियो, तर शारीरिक रूपमा कुनै चोटपटक देखिएको थिएन।” ह्यारिसनले भनेका छन्।

    बालिकालाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा उनको विस्तृत स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ। प्रहरीले चालकको प्रशंसा गर्दै उनको सतर्कताले “एक ठूलो दुर्घटना हुनबाट जोगिएको” बताएको छ।

    पक्राउ परेकी महिलालाई बच्चाको दुर्व्यवहार वा उपेक्षा गरेको आरोपमा सोमबार नर्थ शोर जिल्ला अदालतमा पेस गरिएको छ। अदालती कागजातहरूका अनुसार ती महिला व्हाङ्गारेईबाट अकल्यान्डसम्म बसमा यात्रा गरिरहेकी थिइन् र उनले बालिकालाई बसको लगेज डिब्बामा बन्द सुटकेसभित्र राखेकी थिइन्।

    बस कम्पनी इन्टरसिटीले ३ वर्षभन्दा कम उमेरका बालबालिकालाई वयस्कको काखमा निःशुल्क यात्रा गर्न दिने नीति रहेको पुष्टि गरेको छ।

    कम्पनीले एक विज्ञप्ति जारी गर्दै घटनाबारे आफूलाई जानकारी भएको र प्रहरीले अनुसन्धान गरिरहेकोले थप टिप्पणी गर्न नमिल्ने बताएको छ।

    न्युजिल्यान्डको बालबालिका मन्त्रालय, ‘ओराङ्गा तामारिकी’ (Oranga Tamariki), लाई पनि घटनाबारे जानकारी गराइएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप