0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा थप १ अर्ब युरोको खर्च कटौती गर्ने तैयारी

    समर बिदाबाट काममा फर्केकी अर्थमन्त्रीले १ अर्ब बजेट कटौती गर्नुपर्ने र कटौती गर्ने ठाउँ भेट्टाउन खासै गारो नभएको जनाएकी छिन्।

    फिनल्यान्डकी अर्थमन्त्री रिक्का पुर्राले सार्वजनिक बजेटमा समन्वय गर्न कम्तीमा १ अर्ब युरो बराबरको थप खर्च कटौती आवश्यक रहेको बताएकी छन्। उनले यो निर्णय तत्कालै लिनुपर्ने र मुख्यतः सामाजिक सुरक्षामा नभई अन्य क्षेत्रमा केन्द्रित भएर सरकार अघि बढ्नुपर्ने धारणा सार्वजनिक गरेकी हुन्।

    समर बिदाबाट फर्केपछि फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE लाई दिएको विशेष अन्तर्वार्तामा पुर्राले उक्त कुरा बताएकी हुन्।

    पुर्राका अनुसार व्यवसायहरूलाई दिइने सहयोग र विदेशी सहायता कटौती गरेमा १ अर्ब युरो सजिलै बचत गर्न सकिनेछ।

    फिनल्यान्डको सरकार यस वर्ष १३.२ अर्ब युरोको ऋण थप्दै छ भने राष्ट्रिय बजेट करिब ७६ अर्ब युरो छ। फिनल्यान्डको कुल ऋण कुल गार्हस्थ्य उत्पादन (GDP) को ८० प्रतिशतभन्दा बढी पुगेको तथ्याङ्क छ।

    अर्थमन्त्री रिक्का पुर्राका अनुसार १ अर्ब युरोको सुनिश्चित कटौती गर्न राजनीतिक स्तरबाट चाँडो निर्णय लिनुपर्ने छ।

    ‘‘म यो वर्षमै यी निर्णयहरू गर्न चाहन्छु। चुनाव नजिकिँदै जाँदा यस्ता निर्णय कठिन बन्छन्,’’ पुर्राले भनेकी छिन्।

    सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा कुनै कटौती नगर्ने स्पष्ट पारेका पुर्राले अरू देशहरूलाई दिने विकास सहयोग र व्यावसायिक सब्सिडीमा खर्च घटाउने विषयमा जोड दिएकी छिन्। फिनल्यान्डले नेपाल लगायत थुप्रै विकासशील देशहरूलाई विकास सहयोग दिँदै आएको छ।

    ‘‘व्यावसायिक सब्सिडीमा समेत केही सम्भावना देखिन्छ। तर, यस्तो कटौतीले बेरोजगारी बढ्ने खालको हुनु हुँदैन।’’ पुर्राले भनेकी छिन्।

    फिनल्यान्डको सरकारले यसअघि २.६ अर्ब युरो खर्च कटौती गरिसकेको जनाइएको छ। फिनल्यान्डको बेरोजगारी दर युरोपकै दोस्रो सर्वाधिक खराब अवस्थाको सूचीमा छ।
    ओर्पो सरकारले १ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको थियो, तर हालको आर्थिक कमजोर अवस्थाका कारण त्यो लक्ष्य चुनौतीपूर्ण देखिन्छ।

    फिनल्यान्डमा बजेट सन्तुलनका लागि चाँडो निर्णय र सामाजिक सुरक्षामा असर नपर्ने कटौती ‘सम्भव छ’ भन्नेमा अर्थमन्त्री पुर्रा अझै विश्वस्त देखिन्छिन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप