0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    प्रधानमन्त्री ओर्पोः पुर्राको प्रस्तावमा के-के छ भन्ने थाहा थिएन

    अर्थमन्त्री रिक्का पुर्राले सरकारका अन्य दलहरूसँग परामर्श नगरी आफ्नै बजेट समायोजन प्रस्ताव पेस गरेपछि प्रधानमन्त्री ओर्पोले समेत त्यसलाई पुर्राको 'एकल प्रयास' भनेका छन्।

    फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोले अर्थमन्त्री रिक्का पुर्राले आगामी वर्षको बजेट समायोजनका लागि आफ्नै प्रस्ताव ल्याउने तयारी गरिरहेकोबारे आफूलाई एक दिनअघि नै जानकारी भए पनि प्रस्तावमा के-के छ भन्नेबारे विस्तृतमा आफूलाई पूर्व जानकारी नभएको स्पष्ट पारेका छन्।

    अर्थमन्त्री पुर्राले सरकारमा रहेका अन्य साझेदार दलहरूसँग अनुमोदन नलिई एकलौटी रूपमा प्रस्ताव सार्वजनिक गरेपछि यो विषय राजनीतिक वृत्तमा चर्चाको केन्द्र बनेको छ।

    “मैले अर्थमन्त्रीसँग अघिल्लो दिन (मंगलबार) छोटो कुराकानी गरेको थिएँ। उहाँले आफ्नो प्रस्ताव ल्याउने बताउनुभयो, तर हामी सामग्री र विवरणमा गएनौं।” समर बिदामा रहेका प्रधानमन्त्री ओर्पोले फिनिस समाचार एजेन्सी (STT) लाई प्रतिक्रिया दिँदै भनेका छन्।

    प्रधानमन्त्रीका अनुसार पुर्राको प्रस्तावले उनी र उनको दल फिन्स पार्टीको दृष्टिकोणलाई मात्र प्रतिबिम्बित गर्दछ र यसमा अन्य दलहरूको विचारलाई समावेश गरिएको छैन।

    “अर्थमन्त्रीको प्रस्तावले सरकारमा रहेका अन्य दलहरूको पनि स्वीकृति पाएन,” ओर्पोले भने। उनले फिनल्यान्डको राजनीतिक इतिहासमा अर्थमन्त्रीहरूले यस्ता ‘एकल प्रयास’ गरेको घटना पहिले पनि भएको स्मरण गराए।

    अब सरकारका सबै साझेदार दलहरूबीच अर्को हप्ताको सुरुदेखि वार्ता सुरु हुनेछ। वार्ताको आधार अर्थ मन्त्रालयका कर्मचारीहरूले तयार पारेको प्रारम्भिक मस्यौदा हुनेछ।

    प्रधानमन्त्री ओर्पोले वार्ताका लागि दलहरूलाई आ-आफ्ना प्रतिनिधि नियुक्त गर्न आग्रह गरिसकेका छन्।

    सरकारले पहिले नै करिब १० अर्ब युरो बराबरको समायोजन गरिसकेकोले अब कुनै पनि सहज समाधान बाँकी नरहेको भन्दै प्रधानमन्त्रीले आगामी वार्ता ‘लामो र अत्यन्तै कठिन’ हुने अनुमान गरेका छन्।

    “यसका लागि पक्कै पनि समन्वय र सम्झौताको आवश्यकता पर्नेछ,” उनले भने।

    अर्थमन्त्री पुर्राले प्रस्ताव गरेको करिब एक अर्ब युरोको अतिरिक्त समायोजनको स्तरलाई भने ओर्पोले ‘सही दिशामा’ भएको टिप्पणी गरेका छन्। यद्यपि समायोजनको अन्तिम आवश्यकता सेप्टेम्बरको सुरुमा हुने सरकारको बजेट सत्रमा अर्थ मन्त्रालयको पछिल्लो पूर्वानुमान सार्वजनिक भएपछि मात्र टुङ्गो लाग्नेछ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप