0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डका नेपालीका लागि विशेष दिनः यस्तो हुनेछ आज मनाइने पहिलो ‘नेपाल दिवस’

    .संक्षेपमा.


    • फिनल्यान्डमा पहिलो औपचारिक ‘नेपाल दिवस’ को आयोजना।
    • पञ्चे बाजा, लोकगीत, र नृत्यदेखि मःम, नेवारी खाजा र सेलरोटीको स्वादसम्म पाइने।
    • फिनल्यान्डमा नेपालीहरूको संख्या १२,००० नाघ्यो।

    फिनल्यान्डमा बसोबास गर्ने नेपाली समुदायका लागि आजको दिन विशेष र ऐतिहासिक हुनेछ। नेपालीहरू फिनल्यान्डमा बस्न थालेको करिब ४ दशक लामो इतिहासमा पहिलो पटक आयोजना गरिएको ‘नेपाल दिवस’ आज मनाइने छ।

    नेपाली कला र संस्कृति समेटिएको यो विशेष उत्सव आज दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हेलसिन्कीको तल्लो माल्मीमा रहेको Ala-Malmin tapahtumapuisto मा हुँदैछ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) फिनल्यान्ड र फिनिस नेपाली समाजको संयुक्त आयोजनामा यो कार्यक्रम सम्पन्न हुने भएको हो।

    विभिन्न देशहरूमा ‘नेपाल दिवस’ वा ‘नेपाल महोत्सव’ मनाउने परम्परा भए पनि फिनल्यान्डमा भने यो पहिलो औपचारिक प्रयास हो।

    कार्यक्रममा नेपाली पञ्चे बाजा, लोकगीत र सांस्कृतिक नृत्य, बालबालिकाको फेशन शो, फेस पेन्टिङ र मेहन्दी जस्ता गतिविधिहरू हुने आयोजकले जनाएका छन्। आगन्तुकहरूले मःम, नेवारी खाजा सेट, सेलरोटी, कुल्फी लगायतका स्वादिष्ट नेपाली परिकारहरूको पनि मजा लिन सक्नेछन्।

    उत्साहित समुदाय

    पहिलो पटक आयोजना हुन लागेको नेपाल दिवसका बारे फिनल्यान्डमा रहेको नेपाली समुदाय उत्साहित देखिएको छ। नेपालीलाइनेनले कुरा गरेका राजधानी क्षेत्रमा बस्ने धेरै नेपालीहरूले कार्यक्रममा सहभागी हुने बताए। केहीले भने प्रचार कम भएका कारण ढिलो मात्र थाहा पाएको र काममा बिदा मिलाउन नसकेको गुनासो गरे।

    नेपाल दिवसबारे सबैजना धेरै उत्साहित हुनुहुन्छ, अन्तिम घडीसम्म पनि आफ्ना बालबालिकालाई प्रस्तुतिमा सहभागी गराउन मिल्छ कि भनेर सोधिरहनुभएको थियो।” एनआरएनए फिनल्यान्डका अध्यक्ष लव उपाध्यायले नेपालीलाइनेनसंग कुरा गर्दै गत साता भनेका थिए।

    फिनिस नेपाली समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले कार्यक्रम सबैका लागि खुला रहेको बताइन्।

    “नेपालीहरूका लागि त हुने भैहाल्यो। नेपाल र नेपाली संस्कृतिमा रुचि राख्ने फिनिस नागरिकहरू तथा अरू कुनै पनि देशका व्यक्तिहरू नेपाल दिवसमा सहभागी हुन सक्छन्।” उनले भनिन्।

    फिनल्यान्डमा बढ्दै छ नेपाली उपस्थिति

    फिनल्यान्डको तथ्याङ्क विभागको पछिल्लो तथ्याङ्क अनुसार फिनल्यान्डमा बसोबास गर्ने नेपाली मूलका व्यक्तिहरूको सँख्या १२,००० कटेको छ। सन् १९९० मा जम्मा १५ जना नेपाली नागरिकहरू फिनल्यान्डमा रहेको कुरा फिनिश सरकारी तथ्याङ्कमा उल्लेख छ। सो संख्या बढ्दै सन् २००० मा ९८, सन् २०१० मा १,१३३ हुँदै सन् २०२० सम्म आउँदा ४,००० नाघेको देखिन्छ। पछिल्ला वर्षहरूमा यो सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ।

    विभिन्न देशहरूमा ‘नेपाल दिवस’ वा ‘नेपाल महोत्सव’ मनाउने परम्परा भए पनि फिनल्यान्डमा भने यो पहिलो औपचारिक प्रयास हो।

    नेपाली आप्रवासीहरूको ठुलो हिस्सा विद्यार्थीहरू छन्। धेरै नेपालीहरू रेस्टुरेन्ट क्षेत्रमा पनि कार्यरत रहेका छन्। फिनल्यान्डका विभिन्न भागमा रहेका नेपाली रेस्टुरेन्टको संख्या २०० नाघेको आकलन छ। यसबाहेक धेरै नेपालीहरू स्याहार-सुसार, लजिस्टिक्स र अन्य विभिन्न क्षेत्रमा पनि संलग्न छन्। केही नेपालीहरू अनुसन्धान, आइटी, तथा उद्यमशीलतामा पनि सक्रिय छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप