संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा खुल्यो ‘हाम्रो इभेन्ट्स’, सांस्कृतिक जगेर्ना र पुस्तान्तरण प्रवर्द्धन गर्ने

नाफा मात्र नभई मौलिक संस्कृति र नयाँ पुस्तालाई जोड्ने लक्ष्य, भान्ता नगरका नगर सदस्य शेखर आचार्य कम्पनीका अध्यक्ष।

.संक्षेपमा.


  • फिनल्यान्डमा नेपाली सांस्कृतिक कार्यक्रमहरू आयोजना गर्ने नयाँ कम्पनीको स्थापना।
  • भान्ता नगरका नगर सदस्य शेखर आचार्य कम्पनीको अध्यक्ष, सीईओमा निराजन थापा।
  • मुख्य उद्देश्य: व्यावसायिकता, मौलिकता र नेपाली कला र संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउनु।

फिनल्यान्डमा नेपाली कला, संगीत र संस्कृतिलाई व्यावसायिक र मर्यादित ढंगले प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘हाम्रो इभेन्ट्स’ नामक नयाँ इभेन्ट म्यानेजमेन्ट कम्पनी स्थापना भएको छ।

भान्ता नगरका नगर सदस्य शेखर आचार्यको अध्यक्षतामा स्थापित उक्त कम्पनीले नाफा मात्र नभई सांस्कृतिक जगेर्ना र पुस्तान्तरणलाई आफ्नो मुख्य लक्ष्य बनाएको जनाएको छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निराजन थापाले सम्हालेका छन् भने बोर्ड सदस्यमा प्रकाश भट्टराई रहेका छन्।

अध्यक्ष आचार्य फिनल्यान्डको सोसल डेमोक्रेटिक पार्टी (SDP) मा आवद्ब छन् र स्थानीय राजनीतिमा सक्रिय व्यक्तित्व हुन्। प्रमुख कार्यकारी थापा ‘नेपाली टिभी फिनल्यान्ड’ नामक अनलाइन मिडिया च्यानल (युट्यब, टिकटक, पडकास्ट) र ‘सापेक्ष बुझाइ’ ब्लगका सञ्चालक हुन्। सदस्य भट्टराई हेलसिन्कीस्थित ‘राभिन्तोला परिकार’ नामक रेस्टुरेन्टका सञ्चालक हुन्।

थापा र भट्टराई यसअघि ‘मेला नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीमा पनि आबद्ध थिए। उक्त कम्पनी अहिले अस्तित्वमा भने छैन।

नेपालीलाइनेनसँग कुरा गर्दै प्रमुख कार्यकारी थापाले ‘हाम्रो इभेन्ट्स’ले विभिन्न मौलिक र रचनात्मक इभेन्टसहरु आयोजना गर्ने बताए।

“हाम्रो ध्यान जसरी पनि पैसा कमाउनेमा केन्द्रित छैन, बरु मौलिक नेपाली संस्कृतिलाई जोड्ने र त्यो संस्कृतिलाई दोस्रो पुस्तामा हस्तान्तरण गर्नेतिर छ।” नेपालीलाइनेनको बजारमा अन्य इभेन्ट्स आयोजना गर्ने कम्पनीहरू हुँदाहुँदै नयाँ कम्पनी किन आवश्यक पर्‍यो भन्ने प्रश्नको उत्तरमा थापाले बताए।

उनले हालका कार्यक्रमहरूमा अक्सर देखिएका विकृतिहरूलाई आफ्नो संस्थाले स्थान नदिने बताए। उनले हरेक कार्यक्रम आवश्यक कानुनी अनुमतिहरू लिएर मात्र गर्ने बताउँदै व्यावसायिकता, गुणस्तरीयता, र समुदायलाई जोड्ने आफ्नो कम्पनीको लक्ष्य रहेको स्पष्ट पारे।

कम्पनीले आफ्नो पहिलो कार्यक्रमको तयारी पनि सुरु गरिसकेको जनाएको छ।

“आउँदो अक्टोबरमा एउटा भव्य कार्यक्रम गर्दैछौँ, जसका लागि कलाकारलाई पैसा पठाउने काम भइसक्यो। उहाँ धेरैले चिनेको र माया गरेको कलाकार हुनुहुन्छ।” थापाले भने।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप