0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    युरोपको दौडधुप: ट्रम्पलाई मनाउन जेलेन्स्कीसँगै फिनिस राष्ट्रपतिलाई वासिङ्टन पठाउने तैयारी

    युक्रेन युद्ध अन्त्य गर्ने कूटनीतिको महत्वपूर्ण चरणमा सम्भावित द्वन्द्व रोक्न र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो पक्षमा राख्न युरोपेली नेताहरूले आफ्नो प्रयास तीव्र पारेका छन्।

    .संक्षेपमा.


    • पुटिन-ट्रम्प भेटवार्तापछि ट्रम्प-जेलेन्स्की भेटघाटको तैयारी, युरोपको उच्च चासो।
    • ट्रम्पका प्रिय पात्र मानिने फिनिस राष्ट्रपति स्टब पनि जेलेन्स्कीसँगै वासिङ्टन जाने।
    • युक्रेनको भूभाग गुम्न सक्ने र आफ्नो भूमिका कमजोर हुनेमा युरोपेली नेताहरू चिन्तित।

    रुस-युक्रेन युद्ध अन्त्य गर्ने प्रयासमा भइरहेको कूटनीतिको एक महत्वपूर्ण घडीमा युरोपेली नेताहरूले अमेरिकी राष्ट्रपति कार्यालयसँगको सम्भावित टकराव रोक्न आफ्नो सम्पूर्ण शक्ति लगाएका छन्। शुक्रबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई देखाएको नरम व्यवहारपछि युरोपेली नेताहरू युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले त्यस्तो मैत्रीपूर्ण व्यवहार नपाउने हुन् कि भन्ने कुरामा चिन्तित बनेका छन्। यही चिन्ताका बीच उनीहरूले किभको पक्षमा माहोल बनाउन सक्रियता देखाएका छन्।

    प्रतिष्ठित अमेरिकी पत्रिका पोलिटिकोका अनुसार सोमबार जेलेन्स्कीले वासिङ्टनमा ट्रम्पसँग भेट गर्दा उनीसँगै ट्रम्पका मनपर्ने वार्ताकारमध्येका एक फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबलाई पनि पठाउने युरोपको तैयारी छ। दुई युरोपेली कूटनीतिज्ञ र मामिलासँग परिचित अन्य एक व्यक्तिको हवाला दिदै पोलिटिकोले उक्त समाचार लेखेको हो।

    स्टबलाई जेलेन्स्कीसँग पठाउनुको मुख्य उद्देश्य ट्रम्प र जेलेन्स्कीबीच कुनै पनि किसिमको तनाव बढ्न नदिनु र भविष्यमा हुने कुनै पनि वार्तामा युरोपलाई पनि सामेल गर्न अमेरिकी राष्ट्रपतिलाई मनाउनु हो।

    फिनल्यान्डको राष्ट्रपति कार्यालयले भने उक्त समाचारबारे कुनै प्रतिक्रिया जनाएको छैन। जेलेन्स्की र स्टबसंगै नेटोका महासचिव मार्क रुट पनि वासिङ्टनको यात्रामा सामेल हुन सक्ने बताइएको छ।

    शुक्रबार अलास्कामा ट्रम्प र पुटिनबीचको भेटवार्ताले कुनै ठोस सफलता हासिल गर्न सकेन, जसका कारण भविष्यको बाटो अनिश्चित बनेको छ। ट्रम्पले सोमबार वासिङ्टनमा जेलेन्स्कीसँग भेट गर्ने र त्यसपछि शान्ति सम्झौताका लागि युक्रेनी र रुसी नेताहरूलाई एकै ठाउँमा ल्याउन प्रयास गर्ने बताएका छन्।

    सोमबारको बार्ता युरोपका लागि महत्वपूर्ण

    युरोप र युक्रेनले सोमबारको शिखर वार्तालाई निकै महत्व दिएका छन्। उनीहरू ट्रम्पले पुटिनका मागहरू जस्तै रुसले आंशिक रूपमा मात्र कब्जा गरेको युक्रेनी भूभाग सुम्पने जस्ता कुरामा सहमति नजनाऊन् भन्ने चाहन्छन्।

    यसअघि फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको तनावपूर्ण भेटले महिनौंसम्म सम्बन्धमा चिसोपना ल्याएको थियो। युरोपेली सहयोगीहरू यसपटक त्यस्तो अवस्था दोहोरिन नदिने कुरामा सचेत छन्।

    यसअघि फेब्रुअरीमा ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीबीच भएको तनावपूर्ण भेटले महिनौंसम्म सम्बन्धमा चिसोपना ल्याएको थियो। युरोपेली सहयोगीहरू यसपटक त्यस्तो अवस्था दोहोरिन नदिने कुरामा सचेत छन्।

    “अलास्का शिखर वार्ताको नतिजाले युरोपमा चिन्ता बढाएको स्पष्ट छ, किनकि ट्रम्पले पुटिनका धेरै तर्कहरू स्वीकार गरेको देखिन्छ।” पूर्व नेटो अधिकारी क्यामिल ग्रान्डले पोलिटिकोलाई भनेका छन्।

    हुन पनि हो, ट्रम्पले तत्काल युद्धविरामको मागबाट पछि हट्दै बृहत् सम्झौताको कुरा गर्न थालेका छन्, जुन पुटिनको भाषासँग नजिक छ।

    अलास्कामा पुटिनसँगको केही घण्टाको भेटपछि ट्रम्पले तत्काल युद्धविरामको मागबाट पछि हटेका थिए र युद्ध अन्त्य गर्ने जिम्मा युक्रेनकै भएको दोहोर्याएका थिए।

    उनले किभलाई “सम्झौता स्वीकार गर्न” सल्लाह दिए, तर पुटिनले के प्रस्ताव गरेका थिए भन्नेबारे केही खुलाएनन्।

    गत फेब्रुअरीमा जेलेन्स्कीको ओभल अफिसको भ्रमणका बेला उपराष्ट्रपति जेडी भान्स र ट्रम्प दुवैले उनलाई अमेरिकी सहयोगका लागि पर्याप्त आभारी नभएको र आफ्नो कमजोर कूटनीतिक स्थितिलाई बढाइचढाइ प्रस्तुत गरेको भन्दै हप्काएका थिए।

    जेलेन्स्कीले सुटको सट्टा कालो पोलो, कालो प्यान्ट र बुट लगाउने निर्णयले पनि वातावरणलाई थप बिगारेको थियो। तर हालैका बैठकहरूमा ट्रम्प र जेलेन्स्कीको सम्बन्धमा सुधार आएको छ। किभका सहयोगीहरूले सम्बन्ध सुधार गर्न खोजेका छन् र पुटिनसँग ट्रम्पको निराशा पनि बढ्दै गएको देखिन्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप