संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीमा प्रहरीको गाडीबाटै चोरियो हतियार

प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

हेलसिन्कीमा एक अनौठो घटनामा प्रहरीको गाडीबाटै हतियारसहितको झोला चोरी भएको छ। यद्यपि प्रहरीले चोरी भएको झोला र हतियार २४ घण्टाभित्रै फेला पारेको जनाएको छ।

यो घटना गत आइतबार अगस्ट १० को साँझतिर भएको हो। पूर्वी उसिमा प्रहरीका अनुसार हेलसिन्कीमा रहेको प्रहरीको गाडीबाट हतियार राखिएको झोला चोरी भएको थियो।

“घटनालाई गम्भीर चोरी र गम्भीर आग्नेयास्त्र अपराधको रूपमा अनुसन्धान भइरहेको छ।” घटनाबारे जानकारी दिँदै अनुसन्धान प्रमुख मारी आयोमाले भनेकि छिन्।

प्रहरीको सक्रियताका कारण चोरी भएको झोला र त्यसमा रहेको हतियार दुवै एक दिनभित्रै प्रहरीको नियन्त्रणमा आएको थियो। प्रहरीले सोमबार मात्रै यसबारे आधिकारिक जानकारी सार्वजनिक गरेको हो।

विज्ञापन

घटनाबारे प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको छ। घटना कसरी र कसले घटायो भन्नेबारे थप विवरणहरू अनुसन्धानपछि मात्र सार्वजनिक गरिने बताइएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप