0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको अर्थतन्त्रमा झुल्किन थाले आशाका किरण

    समरमा बढेको उपभोक्ता खर्च र कम्पनीहरूले पाएका नयाँ अर्डरले फिनल्यान्डको अर्थतन्त्रमा सुधारको संकेत देखाएको छ।

    .संक्षेपमा.


    • उपभोक्ताहरूले धेरै पैसा खर्च गर्न थाल्दा अर्थतन्त्र बन्यो चलायमान।
    • आर्थिक अवस्थाबारे आम मानिस र कम्पनीहरूको विश्वास बिस्तारै बढ्दै।
    • अर्को वर्ष आर्थिक वृद्धिदर २ प्रतिशतसम्म पुग्ने प्रक्षेपण।

    फिनल्यान्डको आर्थिक अवस्थाबारे निराशाजनक समाचारहरूका बीच अब भने केही आशाका संकेतहरू देखा परेका छन्। यिनै आशाका संकेतहरू समेटेर फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE ले एउटा समाचार प्रकाशन गरेको छ।

    YLE का अनुसार समरमा मानिसहरूले सामान्य भन्दा धेरै पैसा खर्च गरेका छन् र कम्पनीहरूको आत्मविश्वास पनि बढेको छ।

    जुलाई महिनामा मानिसहरूले किनमेल र सेवाहरूमा निकै पैसा खर्च गरे। विशेष गरी खाना र पेय पदार्थ जस्ता कुराहरूमा खर्च वसन्तको तुलनामा स्पष्ट रूपमा बढ्यो।

    OP बैंकका प्रमुख अर्थशास्त्री तोमी कोर्टेलाका अनुसार यो एक महत्त्वपूर्ण र सकारात्मक परिवर्तन हो।

    विगतमा मानिसहरूले खर्च गर्नुको सट्टा पैसा बचत गरिरहेका थिए। अहिले पनि फिनिस मानिसहरूसँग बैंक खातामा कीर्तिमानी रकम जम्मा भएको छ। बैंक खातामा पैसा थुप्राएर राख्दा अर्थतन्त्र चलायमान हुँदैन र त्यसले आर्थिक सुधारमा बाधा पुऱ्याउँछ।

    Säästöpankki की प्रमुख अर्थशास्त्री हेन्ना मिक्कोनेनका अनुसार‍ जब मानिसहरूको विश्वास बढ्दै जान्छ, उनीहरूसँग खर्च गर्नका लागि प्रशस्त बचत रकम छ, र उनीहरूले त्यो खर्च गर्न थाल्नेछन्।

    पछिल्ला तथ्याङ्कहरूका अनुसार मानिसहरूको आफ्नो आर्थिक अवस्थाप्रतिको विश्वास पनि बढेको छ। यद्यपि बेरोजगारीको डर अझै पनि धेरैमा कायमै रहेको देखिन्छ। त्यही डरले मानिसहरूलाई ठूलो खर्च गर्नबाट रोकिरहेको छ।

    OP बैंकले अर्को वर्ष अर्थतन्त्र दुई प्रतिशतले बढ्न सक्ने विश्वास व्यक्त गरेको छ।

    अर्थतन्त्रको लागि अर्को राम्रो संकेत औद्योगिक क्षेत्रबाट आएको छ। औद्योगिक कम्पनीहरूले नयाँ उपकरण र सेवाहरूको लागि पहिलेभन्दा धेरै अर्डरहरू पाइरहेका छन्। यो भविष्यमा नयाँ रोजगारी सिर्जना हुन सक्ने राम्रो संकेत हो। अर्डर बढेपछि नयाँ कर्मचारीको आवश्यकता पनि बढ्छ र बेरोजगार मानिसहरूले काम पाउछन्।

    फिनल्यान्डको अर्थतन्त्र गत वर्ष नै थोरै बढेको थियो। प्राविधिक रूपमा त्यसैले नै मन्दीको अन्त्य भएको संकेत गर्छ। तर हब अर्थतन्त्रमा थप सुधार हुँदै जाने प्रक्षेपण गरिएको छ।

    OP बैंकले अर्को वर्ष अर्थतन्त्र दुई प्रतिशतले बढ्न सक्ने विश्वास व्यक्त गरेको छ, जुन एक निकै सकारात्मक पूर्वानुमान हो। यसले यहाँ बसोबास गर्ने सबैका लागि राम्रो आर्थिक भविष्यको आशा जगाएको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप