0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    चर्चित कथा वाचक साईग्रेस पोखरेलले फिनल्यान्डमा प्रस्तुति दिने

    सामाजिक सञ्जालमा उनका कथाहरू लाखौंले हेरेका र सुनेका छन्।

    .संक्षेपमा.


    • ‘हाम्रो इभेन्ट्स’ले आफ्नो पहिलो कार्यक्रमको रुपमा साईग्रेसलाई प्रस्तुत गर्दै।
    • साईग्रेस पोखरेल नेपाली युवाहरू बिच निकै लोकप्रिय छन्।
    • कार्यक्रम २५ अक्टोबर २०२५ मा आयोजना हुने।

    मौलिक नेपाली कार्यक्रमहरू आयोजना गर्ने उद्देश्यका साथ फिनल्यान्डमा हालै खुलेको ‘हाम्रो इभेन्ट्स’ कम्पनीले आफ्नो पहिलो कार्यक्रमको रूपमा चर्चित कथा वाचक साईग्रेस पोखरेललाई प्रस्तुत गर्ने भएको छ।

    यो कार्यक्रम २५ अक्टोबर २०२५ मा हुने कम्पनीले जनाएको छ। कार्यक्रमको स्थान र अन्य विवरणहरू भने केही समयपछि सार्वजनिक गरिने बताइएको छ।

    ‘नाम नै काफी छ’ भन्दै आयोजकले साईग्रेसको आगमनको घोषणा गरेको हो। उनको प्रस्तुतिले फिनल्यान्डमा बस्ने नेपालीहरूलाई फरक किसिमको साहित्यिक मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।

    को हुन साईग्रेस?

    साईग्रेस पोखरेलको वास्तविक नाम सन्तोष पोखरेल हो। उनी नेपालका एक लोकप्रिय कथा वाचक र कथाकार हुन्। उनी आफ्ना मनछुने कथाहरू र प्रस्तुतिको लागि परिचित छन्।

    सामाजिक सञ्जालमा उनका कथाहरू लाखौँले हेरेका र सुनेका छन्। उनले क्यानडा, अष्ट्रेलिया, र युरोपका विभिन्न मुलुकहरूमा प्रस्तुति दिइसकेका छन्।

    उनी चलचित्र निर्माण र भिडियो उत्पादनमा पनि सक्रिय छन्। उनी चलचित्रमा अभिनेताको रूपमा पनि छिट्टै ‘डेब्यु’ गर्दै छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप