संग्रह गर्नुहोस्।
संग्रहित

फिनिस नेपाली समाजको तिज कार्यक्रम भव्य, सहभागी धेरै हुँदा व्यवस्थापनमा चुनौती

फिनिस-नेपाली समाजद्वारा आयोजित कार्यक्रममा सयौं नेपालीको जमघटले पुओतिलाको हल खचाखच भरिएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • फिनिस नेपाली समाजको तीज कार्यक्रम भव्य, सहभागी अपेक्षाभन्दा बढी।
  • हल सानो हुँदा गर्मी र भीडले सहभागीलाई सास्ति।
  • अर्को वर्ष ठूलो हल र अझै राम्रो व्यवस्थापन गर्ने आयोजकको प्रतिबद्धता।

फिनिस-नेपाली समाजले आफ्नो लामो परम्परालाई निरन्तरता दिँदै हिजो अगस्ट २६ का दिन हेलसिन्कीको पुओतिलास्थित एक हलमा हरितालिका तीज कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।

फिनल्यान्डमा बसोबास गर्ने सयौं नेपाली हिन्दू धर्मावलम्बीहरूको सहभागिताले कार्यक्रम स्थल खचाखच भरिएको थियो। सहभागीको बाक्लो उपस्थितीले कार्यक्रमलाई ऐतिहासिक त बनायो तर व्यवस्थापनका लागि चुनौती पनि थप्यो।

कार्यक्रममा नेपालका गुल्मी, पाल्पा, रूपन्देही, बाग्लुङ्ग र पर्वत जस्ता जिल्लाहरूबाट आएका मानिसहरूको बाक्लो उपस्थिति थियो। विशेषगरी महिला तथा बालबालिकाको बाहुल्यता रहेको कार्यक्रममा पुरुषहरूको पनि उल्लेख्य उपस्थिति थियो।

सहभागीले तीजका गीतमा नाच्दै र खिर-तरकारी जस्ता परिकार खाँदै रमाइलो गरेका थिए।

विज्ञापन

चुनौतीपूर्ण व्यवस्थापन

कार्यक्रमको सफलता सहभागीको संख्याले नै देखायो, तर त्यही सहभागिता व्यवस्थापनका लागि भने कठिन चुनौती बनेको देखिन्थ्यो।

हल खचाखच भरिएपछि भित्र निकै गर्मी भएको थियो। हलमा वातानुकूलन वा उचित भेन्टिलेसनको व्यवस्था थिएन। हल भरिएपछि धेरै सहभागीहरू बाहिर चौरमा निस्किएर नाच्न थालेका थिए।

नेपालीलाइनेनसँग कुरा गर्दै समाजकी अध्यक्ष रुक्मिणी भट्टराईले धेरै प्रयास गर्दा पनि त्यो भन्दा ठूलो हल सबैलाई पायक पर्ने स्थानमा भेट्टाउन नसकेको बताइन्।

“हामीले धेरै प्रयास गर्दा पनि योभन्दा ठूलो हल पाउन सकेनौं।” भट्टराईले भनिन्, “हामी यो अनुभवबाट सिक्नेछौं र अर्को वर्ष व्यवस्थापनमा थप सुधार गर्नेछौं।”

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

अत्यधिक भीडका कारण आयोजक र स्वयंसेवकहरु निकै व्यस्त र केही तनावमा देखिन्थे।

नेपालीलाइनेनले कुरा गरेका कार्यक्रममा उपस्थित सहभागीहरूले तीजको दिन एकै ठाउँमा जम्मा हुन पाएकोमा खुसी व्यक्त गरेका थिए। केहीले भने धेरै भीडका कारण व्यवस्थापन कमजोर भएको गुनासो पनि गरे।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

कार्यक्रम सम्पन्न भएपछि फिनिस नेपाली समाजले सामाजिक संजाल मार्फत् एक विज्ञप्ति जारी गर्दै कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ।

“हलभित्रको माहोल हेर्दा लाग्थ्यो, मानौं नेपालकै कुनै सांस्कृतिक केन्द्रमा छौं।” विज्ञप्तिमा भनिएको छ।

समाजले कार्यक्रमलाई फिनल्यान्डको नेपाली समुदायका लागि एक ‘ब्रान्ड’ नै बनेको उल्लेख गर्दै सम्पूर्ण सहभागी, स्वयंसेवक, र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गरेको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप