संग्रह गर्नुहोस्।
संग्रहित

एस-मार्केटमा नाङ्गै सपिङ गर्ने पुरुषलाई तिराइयो जरिवाना

फिनल्यान्डमा सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाउनु गैरकानुनी मानिन्छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

फिनल्यान्डको तुर्कु नजिकै रहेको कारिना सहरको एक एस-मार्केटमा नाङ्गै छिरेर किनमेल प्रयास गर्ने एक ४५ वर्षीय पुरुषलाई जरिवाना तिराइएको छ।

२४ घन्टा खुला रहने उक्त पसलमा उनले बिहानको करिब साढे तीन बजे गुप्ताङ्ग देखाउँदै प्रवेश गरेका थिए।

त्यतिबेला पसलमा कामदारबाहेक अरू ग्राहक भने थिएनन्। उनको यो हर्कतले कामदारहरूलाई अफ्ठ्यारो र असजिलोपन पैदा गरेको थियो।

फिनल्यान्डमा सार्वजनिक स्थानमा गुप्ताङ्ग देखाउनु गैरकानुनी मानिन्छ।

विज्ञापन

ती पुरुषले आफ्नो गल्ती स्वीकार गर्दै सार्वजनिक शिष्टता उल्लङ्घन गरेकोमा जरिवाना तिर्न सहमत भएका थिए।

उनले आफू सामाजिक सहायतामा बाँचिरहेको बताएका थिए। उनलाई न्यूनतम ६ युरो प्रतिदिनका दरले १० दिनको जरिवाना लगाइयो।

उनले १० दिनको जरिवानाबापत ६० युरो र अपराध पीडित शुल्क ४० युरो गरी जम्मा १०० युरो जरिवाना तिर्नुपर्ने भएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप