संग्रह गर्नुहोस्।
संग्रहित

एनआरएनए फिनल्यान्डले पायो नयाँ नेतृत्व, आइसीसी सदस्य पद भने रिक्त

निर्वाचन समितिमा परेको उजुरीका आधारमा एक जनाको नाम भने कार्यसमितिबाट हटाइएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् फिनल्यान्डले २०२५−२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

आज हेलसिन्कीमा सम्पन्न सङ्घको साधारण सभाले नयाँ कार्यसमितिको विधिवत रूपमा अनुमोदन गरी सार्वजनिक गरेको हो।

यसअघि निर्वाचनका लागि गरिएको आह्वानमा माग गरिएका पदभन्दा धेरै उम्मेदवारी नपरेपछि कार्यसमिति सर्वसम्मतिमा चयन हुने निश्चित भएको थियो।

निर्वाचन समितिमा परेको उजुरीका आधारमा एक जनाको नाम भने कार्यसमितिबाट हटाइएको छ। अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसिसी) सदस्य पदका लागि भने कसैको पनि उम्मेदवारी नपरेका कारण उक्त पद रिक्त रहेको छ।

विज्ञापन

अन्य मुलुकहरूमा एनआरएनए कार्यसमिति चयन गर्दा निर्वाचन र घम्साघम्सी समेत हुने गरे पनि फिनल्यान्डमा भने सामान्यतया: सर्वसम्मतिमै नेतृत्व चयन हुने गरेको छ।

को-को छन् नयाँ समितिमा?

  • अध्यक्ष: योगेन्द्र संग्रौला
  • उपाध्यक्ष: विष्णु अर्याल, प्रतिष्ठा मिश्र, र तारा प्रसाद सापकोटा
  • महासचिव: पारस शर्मा
  • सचिव: मनोज अर्याल
  • कोषाध्यक्ष: शिला घिमिरे
  • महिला प्रतिनिधि: वर्षा खनाल
  • युवा प्रतिनिधि: अशिम घिमिरे

कार्यसमिति सदस्यहरूमा कपिल पाण्डे (हेलसिन्की), अनन्त सापकोटा (कुओपिओ), भगवान यादव (खुला), सुदर्शन भण्डारी (हेलसिन्की), वरुण खनाल (हेलसिन्की), दीपक क्षेत्री (हेलसिन्की), गोविन्द प्रसाद अर्याल (हेलसिन्की), विकेश श्रेष्ठ (खुला), पवन पाण्डे (हेलसिन्की), विनोद खरेल (ओउलु), र कविता अधिकारी (हेलसिन्की) छन्।

शम्भु प्रसाद साहको संयोजकत्वमा गठित निर्वाचन समितिले नयाँ कार्यसमिति गठनको प्रक्रिया अगाडि बढाएको थियो। निर्वाचन समितिको सदस्यमा मुक्ति नारायण पौडेल, शैलु भट्टराई र सचिन्द्र रिमाल रहेका थिए।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप