संग्रह गर्नुहोस्।
संग्रहित

चर्चित गायिका रचना रिमाल फिनल्यान्ड आउँदै, शनिवार बेलुका लाइभ प्रस्तुति दिने

लोकप्रिय नेपाली गायिका रचना रिमालले आफ्नो युरोप भ्रमणको अन्तिम प्रस्तुति फिनल्यान्डको राजधानी हेलसिन्कीमा दिने भएकी छिन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • गायिका रचना रिमालको लाइभ कन्सर्ट हेलसिन्कीमा।
  • कार्यक्रम सेप्टेम्बर ६ शनिबारका दिन राभिन्तोला चौतारीमा।
  • युरोप टुरको अन्तिम प्रस्तुति, टिकट मूल्य १५ युरो।

‘फोटो फिरिममा’ जस्ता चर्चित गीतकी गायिका रचना रिमालले यही आउँदो शनिवार हेलसिन्कीमा आफ्नो साङ्गीतिक प्रस्तुति दिने भएकी छन्। चौतारी इभेन्ट्सको आयोजनामा हुन लागेको यो कार्यक्रम उनको युरोपेली साङ्गीतिक भ्रमणको अन्तिम कार्यक्रम हुनेछ।

कार्यक्रम कोस्केलानतिए ५ मा अवस्थित नेपाली रेस्टुरेन्ट ‘राभिन्तोला चौतारी’मा आयोजना हुँदैछ। आयोजक चौतारी इभेन्ट्सका विष्णु अर्यालका अनुसार कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

रिमालले साङ्गीतिक प्रस्तुति शनिवार दिने भए पनि उनले युरोप भ्रमणको सुरुवात भने फिनल्यान्डबाटै गरेकी हुन्। चौतारी इभेन्ट्सको संयोजनमा उनी युरोप टुरमा आएकी हुन्।

उनले आफ्नो जन्मदिन पनि गत महिना फिनल्यान्डमै मनाएकी थिइन्। त्यसपछि उनी दक्षिण युरोपियन सहरहरूमा कार्यक्रमका लागि गएकी थिइन्।

विज्ञापन

उनले स्पेन, पोर्चुगल, डेनमार्क र क्रोएसिया जस्ता देशहरूमा भव्य कार्यक्रम गरेको उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ।

शनिवारको कार्यक्रम फिनल्यान्डमा रहेका नेपाली संगीत प्रेमीहरूका लागि एक सुनौलो अवसर हुने आयोजकको विश्वास छ। कार्यक्रममा सहभागीहरूले चौतारी रेस्टुरेन्टमा स्वादिष्ट नेपाली परिकारहरूको पनि आनन्द लिन सक्ने आयोजकले जनाएको छ।

कार्यक्रमको टिकट मूल्य १५ युरो राखिएको छ। टिकट पनि राभिन्तोला चौतारीबाटै लिन सकिने आयोजकले जनाएको छ।

को हुन् रचना रिमाल?

झापामा जन्मिएकी रचना रिमाल नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समयकी लोकप्रिय गायिका हुन्। नेपाल आइडल सिजन ३ बाट चर्चामा आएकी उनलाई ‘युट्युब क्वीन’ को उपनामले पनि चिनिन्छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

उनले गाएका ‘फोटो फिरिममा’, ‘मिनरल वाटर’, ‘सुनन पियारी’ जस्ता दर्जनौं गीतहरू करोडौं पटक हेरिएका छन्। आफ्नो सुमधुर स्वर र सरल स्वभावका कारण उनी छोटो समयमै श्रोता तथा दर्शकको मनमा बस्न सफल भएकी छिन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप