संग्रह गर्नुहोस्।
संग्रहित

हेलसिन्कीले लियो कडा अडान: HSL लाई सार्वजनिक यातायातको भाडा नबढाउन दबाब

हेलसिन्की नगर बोर्डले HSL को भाडा वृद्धिको प्रस्तावलाई अस्वीकार गरेको छ। यो निर्णयसंगै सार्वजनिक यातायात प्रयोग गर्ने हजारौं यात्रुले राहत महसुस गरेका छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • हेलसिन्कीले सार्वजनिक यातायातको भाडा बढाउने HSL को प्रस्ताव अस्वीकार गर्यो।
  • प्रस्तावित वृद्धिले AB-जोनको मासिक टिकटको मूल्य लगभग ९० युरो पुर्याउने थियो।
  • भाडा वृद्धिको मुख्य कारण नयाँ मेट्रो र ट्राम लाइनको महँगो लगानी।

हेलसिन्की नगर बोर्डले हेलसिन्की क्षेत्रको यातायात प्राधिकरण (HSL) द्वारा प्रस्तावित सार्वजनिक यातायातको टिकट मूल्यमा वृद्धि गर्ने प्रस्तावलाई अस्वीकार गर्ने निर्णय लिएको छ।

सोमबार भएको बैठकमा बोर्डले भाडा वृद्धिको विपक्षमा मतदान गरेको हो। यो निर्णयले राजधानी क्षेत्रमा दैनिक यात्रा गर्ने हजारौं यात्रुहरूलाई राहत प्रदान गरेको छ।

HSL ले वार्षिक ६.४ प्रतिशतसम्म भाडा बढाउन प्रस्ताव गरेको थियो। यसो हुँदा हेलसिन्कीका यात्रुहरूले सबैभन्दा बढी प्रयोग गर्ने AB-क्षेत्रको मासिक टिकटको मूल्य तीन वर्षभित्र लगभग ९० युरो पुग्ने थियो भने एक पटकको टिकटको मूल्य ३.८५ युरो हुने थियो।

यो निर्णय एसडीपी, ग्रीन्स र लेफ्ट एलायन्स पार्टीको मतले भएको हो। कोकोमुस र आरकेपी पार्टीले भने भाडा वृद्धिको विपक्षमा गरिएको यो कडा निर्णयको विपक्षमा मतदान गरेका थिए।

विज्ञापन

HSL ले भाडा बढाउनु प्रस्ताव गर्नुको मुख्य कारण नयाँ यातायात पूर्वाधारमा गरिएको ठूलो लगानी भएको बताइएको छ। विशेष गरी एस्पोलाई फाइदा पुग्ने Länsimetro र भान्तालाई फाइदा पुग्ने Kehärata जस्ता परियोजनाहरूको लागत निकै महँगो भएको छ।

टिकटको मुल्य घटाउनु पर्नेमा बढाउने प्रस्ताव भएको भन्दै आलोचना भएको थियो।

हेलसिन्कीका नगर सदस्य कृष्ण रेग्मीले पनि नेपालीलाइनेनसंग कुरा गर्दै सार्वजनिक यातायात सस्तो बनाउनु आफ्नो र आफ्नो पार्टी एसडीपीको लक्ष्य रहेको बताएका थिए।

हेलसिन्की चाहान्छ परिवर्तन

अहिले यात्रुहरूले आफ्नो टिकटको मूल्यमार्फत महँगा लगानीहरूको भुक्तानी गरिरहेका छन्। तर हेलसिन्कीले अब नयाँ यातायात सञ्जालको भुक्तानी गर्ने तरिका परिवर्तन गर्न चाहेको छ र पूर्वाधारको लागतलाई HSL को नियमित बजेटबाट अलग गर्नुपर्नेमा जोड दिएको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

HSL का सीईओ भेसा सिल्भरले पनि पूर्वाधारको लागतले नै भाडा बढाउन बाध्य पारेको स्वीकार गरेका छन्। सिल्भरका अनुसार यदि पूर्वाधारको लागतलाई बजेटबाट अलग गरिएमा HSL ले आफ्नो सेवा र सञ्चालनलाई अझ प्रभावकारी बनाउनमा ध्यान केन्द्रित गर्न सक्नेछ।

यद्यपि टिकटको मूल्यबारे अन्तिम निर्णय HSL को बोर्डले गर्नेछ, जसमा हेलसिन्की लगायत अन्य आठ नगरपालिकाहरू पनि सदस्य छन्। यदि भाडा बढाइएन भने नगरपालिकाहरूले HSL लाई थप रकम दिनुपर्नेछ। अन्यथा बस वा ट्रामका रुटहरू वा सेवाहरू कटौती पनि हुन सक्नेछन्।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप