0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    जेनजी विद्रोहमा फिनल्यान्ड बस्ने नेपालीको समर्थनः दीप प्रज्वलनदेखि सांकेतिक प्रदर्शनसम्म

    नेपालमा भएका सरकार विरोधी प्रदर्शनमा मारिएकाहरूको सम्झनामा हेलसिन्की, ह्यामेनलिन्ना लगायतका सहरमा दीप प्रज्वलन र सांकेतिक प्रदर्शनहरू आयोजना गरिएका छन्।

    .संक्षेपमा.


    • फिनल्यान्डका नेपालीद्वारा सामाजिक सञ्जाल र प्रदर्शनमार्फत ऐक्यबद्धता।
    • आन्दोलनमा मारिएकाहरूको सम्झनामा विभिन्न सहरमा दीप प्रज्वलन कार्यक्रम।
    • हेलसिन्कीमा आज र भोलि थप समर्थन तथा श्रद्धाञ्जली कार्यक्रमहरू हुँदै।

    नेपालमा चर्किएको ‘जेनजी विद्रोह’को पक्षमा फिनल्यान्डमा बस्ने नेपाली समुदायले बलियो समर्थन जनाएको छ। सामाजिक सञ्जालमा ऐक्यबद्धता जनाउनेदेखि हेलसिन्की र ह्यामेनलिन्ना जस्ता सहरहरूमा दीप प्रज्वलन तथा सांकेतिक प्रदर्शनहरू आयोजना गरिएका छन्।

    फिनल्यान्डमा रहेका धेरै नेपालीहरूले सामाजिक सञ्जालमा स्टाटस लेख्ने र आफ्नो प्रोफाइल तस्बिर परिवर्तन गरेर आन्दोलनलाई समर्थन गरेका छन्।

    हिजो लाप्पेरान्ता युनिभर्सिटी अफ टेक्नोलोजी (LUT) मा अध्ययनरत नेपाली विद्यार्थीहरूले आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै v-व्यानर सहितको सांकेतिक प्रदर्शन पनि आयोजना गरेका थिए। नेपाल र फिनल्यान्डको झन्डा भएको उक्त व्यानरमा Nepal’s Gen-Z: The Revolution has a voice लेखिएको थियो।

    सोमबार नेपालमा भएको सरकार विरोधी प्रदर्शनमा मारिएका १९ जनाको सम्झनामा नेपालीहरूको एक समूहले ह्यामेनलिन्नामा पनि दीप प्रज्वलन गरे। उनीहरूले क्यान्डल बालेर नेपाली झन्डा र नक्सा बनाएका थिए, अनि राष्ट्रिय गानको धुनमा मौनधारण गरेका थिए।

    उनीहरूले क्यान्डल बालेर नेपाली झन्डा र नक्सा बनाएका थिए, अनि राष्ट्रिय गानको धुनमा मौनधारण गरेका थिए।

    त्यस्तै हेलसिन्कीको प्रसिद्ध सेतो चर्च अगाडि पनि नेपालीहरू भेला भएर दीप प्रज्वलन गरी मौन धारण गरेका थिए।

    सामाजिक सञ्जालमा फिनल्यान्डमा बस्ने नेपालीहरूले प्रदर्शनकारीहरूलाई खाद्यान्न र औषधी किन्न आर्थिक सहयोग गरेको स्क्रिनसटहरू पनि देखिएका छन्।

    उक्त आन्दोलन र मृतकहरूको बलिदानको सम्झनामा आज मंगलबार साँझ पनि फिनल्यान्डमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। हेलसिन्कीको आला-माल्मी पार्क, पोह्योइस्-हागास्थित इदा आल्बोर्गिन मार्ग र हेलसिन्कीकै इस्कन कृष्ण मन्दिरमा समर्थन तथा सम्झना कार्यक्रमहरू हुँदैछन्।

    आन्दोलनप्रति समर्थन जनाउन भोलि बुधबार साँझ पनि हेलसिन्की चर्च अगाडि अर्को कार्यक्रम आयोजना गरिएको छ।

    लापेरान्ता युनिभर्सिटी अफ टेक्नोलोजीमा गरिएको सांकेतिक विरोध प्रदर्शन। फोटो स्रोतः Nepali in Finland फेसबुक समुह।  
    ह्यामेन्लिन्नामा हिजो साँझ गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम। फोटोः नगेन्द्र सुयाल
    हेलसिन्कीको सेतो चर्च अगाडी हिजो साँझ गरिएको दीप प्रज्वलन र श्रद्धाञ्जली कार्यक्रम। फोटोः रोलेक्स ओली/भान्ता नेपाली संघ
    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप