संग्रह गर्नुहोस्।
संग्रहित

एस्पोमा प्रहरीले चलायो गोली, एकको मृत्यु

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go


एस्पोमा प्रहरीले चलाएको गोली लागेर एक व्यक्तिको ज्यान गएको छ। घटना आज (शनिवार) बिहान भएको हो।


लान्सी-उसिमा प्रहरी विभागका अनुसार एक विशेष अपरेसनका क्रममा गोली चलाउनु परेको थियो। गोली लागेका व्यक्तिलाई बचाउने प्रयास असफल भयो र उनको घटनास्थलमै मृत्यु भयो।


अधिकारीहरूले घटना एस्पोको कुन ठाउँमा र कुन कारणले भएको हो भन्नेबारे तत्काल कुनै जानकारी दिएका छैनन्। प्रहरीले मृतकको उमेर वा लिङ्ग पनि खुलाएको छैन।


फिनल्यान्डको कानुनअनुसार प्रहरीले ड्युटीमा हतियार प्रयोग गर्दा जहिले पनि छानबिन हुने गर्दछ। यो घटनाको पनि राष्ट्रिय अभियोजकको कार्यालयको प्रहरी अपराध एकाइले अनुसन्धान गर्नेछ।

विज्ञापन


यो घटना यस वर्ष फिनल्यान्डमा प्रहरीको बल प्रयोगबाट भएको दोस्रो मृत्यु हो।

यसअघि जुलाई महिनामा हेलसिन्कीमा चक्कु बोकेका एक व्यक्तिमाथि प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो।

सन् २००० यता फिनल्यान्डमा प्रहरीको बल प्रयोगका कारण १४ जनाको ज्यान गएको छ।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप