📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।
▶️ Let's Go.संक्षेपमा.
- विदेशी कर्मचारीहरूप्रति फिनिस कम्पनीहरूको अनुभव निकै सकारात्मक।
- विगतको तुलनामा फिनिस कम्पनीहरूले विदेशी कामदारलाई कम काम दिए।
- काम पाउनका लागि फिनिस भाषाको ज्ञान सबैभन्दा ठूलो बाधा।
फिनल्यान्डमा विदेशीहरूलाई रोजगारी दिएका कम्पनीहरू आफ्ना विदेशी कर्मचारीसँग निकै सन्तुष्ट रहेको पाइएको छ। फिनल्यान्डको चेम्बर अफ कमर्सले गरेको जनशक्ति सर्वेक्षणले यस्तो देखाएको हो।
उच्च सन्तुष्टिका बाबजुत विदेशी कामदार तथा दक्ष जनशक्तिको मागमा भने कमी आएको उक्त सर्वेक्षणले देखाएको छ।
सर्वेक्षणका अनुसार पछिल्लो पाँच वर्षमा विदेशी दक्ष जनशक्तिलाई रोजगारी दिने कम्पनीको संख्या गत वर्षको ३७ प्रतिशतबाट घटेर २८ प्रतिशतमा झरेको छ।
यद्यप, विदेशी कर्मचारी भर्ना गरेका कम्पनीहरूमध्ये ७३ प्रतिशतले आफ्नो अनुभव सकारात्मक रहेको बताएका छन्। केवल ४.५ प्रतिशतले मात्रै नकारात्मक अनुभव बटुलेको बताएका छन्।
माग घट्नुको पछाडि आर्थिक मन्दीका साथै आप्रवासनसम्बन्धी बढ्दो नकारात्मक बहसलाई पनि जिम्मेवार मानिएको छ।
माग घट्नुको पछाडि आर्थिक मन्दीका साथै आप्रवासनसम्बन्धी बढ्दो नकारात्मक बहसलाई पनि जिम्मेवार मानिएको छ। चेम्बर अफ कमर्सका प्रमुख विशेषज्ञ भेसा पुल्किनेनका अनुसार आप्रवासनबारे नकारात्मक चर्चा हुन थालेपछि अवसरभन्दा समस्याहरू बढी देखिन थाल्छन्।
सर्वेक्षणले रोजगारीका लागि सबैभन्दा ठूलो बाधा फिनिस भाषा रहेको देखाएको छ। ५५ प्रतिशत कम्पनीहरूले आफूहरूलाई मातृभाषा सरह फिनिस बोल्ने कर्मचारी मात्रै चाहिने बताएका छन्।
पुल्किनेनले भाषा अध्ययनका लागि ‘सर्भिस भाउचर’ प्रणालीको प्रस्ताव गरेका छन्। जसका कारण कम्पनीहरूलाई भाषा सिक्दै गरेकाहरूलाई पनि काममा राख्न प्रोत्साहन मिल्नेछ।
सरकारले दक्ष कामदारको उपलब्धता बढाउन गरेका प्रयासहरूलाई कम्पनीहरूले १० मा ६.५ अंक मात्र दिएका छन्, जुन गत वर्षभन्दा कम हो। यसले सरकारी नीतिप्रति व्यवसायीहरूको असन्तुष्टिलाई झल्काएको छ।
यो सर्वेक्षण १८ देखि २२ अगस्ट २०२५ को बीचमा गरिएको थियो र यसमा फिनल्यान्डभरका १,०३५ कम्पनीहरूले भाग लिएका थिए।








