0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    पोर्चुगलमा नेपालीद्वारा स्थानीय पोर्चुगिज नागरिकको हत्या

    पोर्चुगलमा आप्रवासीहरूले स्थानीय सरहको अधिकार पाउनुपर्ने भन्दै प्रदर्शन गरिरहेका बेला यो घटना भएको हो।

    .संक्षेपमा.


    • पोर्चुगलको कार्तासोमा ३८ वर्षीय नेपालीले गरे स्थानीय नागरिकको हत्या।
    • खाना बनाउने विषयमा भएको विवादमा छुरा प्रहारबाट ३० वर्षीय पोर्चुगिजको मृत्यु।
    • घटनापछि पोर्चुगल सरकारले आप्रवासीमाथि थप कडाइ गर्नसक्ने त्रास बढ्यो।

    पोर्चुगलमा एक नेपाली नागरिकले स्थानीय पोर्चुगिजको नागरिकको हत्या गरेको आरोप लागेको छ।

    गत आइतबार, सेप्टेम्बर १४, २०२५ मा पोर्चुगलको कार्तासो भन्ने स्थानमा एक ३८ वर्षीय नेपाली पुरुषले आफ्नै घरमा सँगै बस्ने ३० वर्षीय पोर्तुगिज साथीको हत्या गरेको अभियोग लागेको हो।

    स्थानीय सञ्चारमाध्यमका अनुसार बेलुकाको खाना बनाउने क्रममा भएको सामान्य विवादले उग्र रूप लिँदा नेपाली पुरुषले भान्साको चक्कुले साथीको घाँटीमा प्रहार गरेका थिए।

    आक्रमणबाट गम्भीर घाइते भएका पोर्चुगिज युवाको घटनास्थलमै मृत्यु भएको थियो। घटनालगत्तै आरोपी नेपाली फरार भएका छन् र प्रहरीले उनको खोजी कार्य तीव्र पारेको छ।

    पोर्चुगलको न्यायिक प्रहरी (Polícia Judiciária) ले अनुसन्धानको जिम्मा लिएको छ र संदिग्धको फोटो तथा विवरण देशभर वितरण गरेको छ। पोर्चुगलका स्थानीय संचारमाध्यमले यो घटनाका बारे प्राथमिकताका साथ लेखेका छन्

    हत्याको खबरले आप्रवासी विरोधी भावनालाई थप बढावा दिनसक्ने विश्लेषण गरिएको छ।

    पोर्चुगलमा आप्रवासीहरूले स्थानीय सरहको अधिकार पाउनुपर्ने भन्दै प्रदर्शन गरिरहेका बेला यो घटना भएको हो। बुधबार मात्रै आप्रवासीहरूले राजधानी लिस्बनको संसद भवन अगाडि नागरिकता लगायतका अधिकारको माग गर्दै प्रदर्शन गरेका थिए।

    यो हत्याको खबरले आप्रवासी विरोधी भावनालाई थप बढावा दिनसक्ने विश्लेषण गरिएको छ। गैर-आवासीय नेपाली संघ (NRNA) पोर्चुगलले पनि घटनाको पुष्टि गरेको छ।

    पोर्चुगलमा पाँच वर्षदेखि वसिरहेका एक नेपालीका अनुसार यो घटनाले पोर्चुगल सरकारलाई आप्रवासी नीतिमा थप कठोर बन्न दबाब सिर्जना गर्ने र यसको असर सम्पूर्ण नेपाली लगायतका आप्रवासी समुदायमा पर्नसक्ने त्रास बढेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप