संग्रह गर्नुहोस्।
संग्रहित

ग्रीसको होटलमा दुई महिने फिनिस बच्चाको मृत्यु, आमाबाबु पक्राउ

चिकित्सकको जाँचले शिशुको मृत्यु निसासिएर भएको देखायो; आमाबाबुले निद्रामा बच्चालाई चेपेको हुनसक्ने प्रहरीको आशंका।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • चिकित्सकीय परीक्षणबाट शिशुको मृत्यु निसासिएर भएको खुल्यो।
  • आमाबाबुलाई पक्रेर नशामा रहे नरहेको बारे परिक्षण।
  • आमाबाबुको बीचमा सुत्दा निद्रामा चेपिएर मृत्यु भएको हुनसक्ने आशंका।

फिनल्यान्डका एक दम्पतीको दुई महिने शिशुको ग्रीसको क्रीट टापुमा मृत्यु भएको छ। ग्रीसका स्थानीय सञ्चारमाध्यमहरूले घटनाको समाचार प्रकाशित गरेका छन्।

ग्रीक सिएनएनका अनुसार शिशु आफ्ना आमाबाबुसँगै होटेलको कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए। तीस वर्षभन्दा कम उमेरका आमाबाबुले आइतबार बिहान आफ्नो बच्चा अचेत अवस्थामा रहेको थाहा पाएपछि तुरुन्तै एम्बुलेन्स बोलाएका थिए।

शिशुलाई तत्कालै एम्बुलेन्समार्फत अस्पताल लगिएको थियो, तर त्यहाँ पुग्दासम्म उनको ज्यान बचाउन सकिने अवस्था थिएन।

चिकित्सकीय परीक्षणबाट शिशुको मृत्यु निसासिएर भएको पुष्टि भएपछि स्थानीय प्रहरीले उनका आमाबाबुलाई मानववधको आरोपमा पक्राउ गरेको थियो।

विज्ञापन

ग्रीसका स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको मुख्य आशंका भनेको आमाबाबुको बीचमा सुतेका शिशुलाई निद्राको समयमा अञ्जानमा चेपिएको हुनसक्ने भन्ने हो।

घटना आइतबार बिहान करिब ११ बजेतिर भएको थियो। उनीहरू चानियास्थित एक होटेलमा पर्यटकको रूपमा बसेको थियो।

सूचना पाउनासाथ प्रहरी, एम्बुलेन्स (EKAV) र एक चिकित्सा परीक्षक घटनास्थलमा पुगेका थिए। त्यहाँ उनीहरूले शिशुलाई कोठाको ओछ्यानमा मृत अवस्थामा फेला पारेका थिए।

प्रहरीले शिशुका आमाबाबुलाई पक्राउ गरी विषाक्तता परीक्षण (toxicology tests) पनि गरेको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप