.संक्षेपमा.
- हेलसिन्की विश्वविद्यालयमा जेन-जी आन्दोलन र नेपालको राजनीतिक भविष्यबारे छलफल।
- कार्यक्रममा अनुसन्धानकर्ता, स्थानीय नेपाली जनप्रतिनिधि लगायतको सहभागिता।
- नेपालको युवा आन्दोलन, लोकतन्त्रका चुनौती र भूराजनीतिक पक्षबारे छलफल।
हेलसिन्की विश्वविद्यालयमा सोमबार नेपालको समसामयिक राजनीतिक परिस्थिति र लोकतान्त्रिक भविष्यबारे एक महत्वपूर्ण प्यानल छलफल कार्यक्रम सम्पन्न भएको छ।
“नेपालको जेन जी क्रान्ति: विद्रोहलाई बुझ्दै लोकतान्त्रिक भविष्यको खोजी” शीर्षकमा आयोजित उक्त कार्यक्रममा अनुसन्धानकर्ता, विज्ञ र फिनल्यान्डका स्थानीय नेपाली जनप्रतिनिधिले आफ्ना विचार प्रस्तुत गरेका थिए।
कार्यक्रममा हेलसिन्की विश्वविद्यालयकी लेक्चरर टिना सेप्पालाले क्रान्तिको समयमा भूराजनीतिक दृष्टिकोणबारे विश्लेषण प्रस्तुत गरेकी थिइन्। सेप्पालाले नेपालबारे विभिन्न अनुसन्धानहरू पनि गरेकी छिन्।
हेलसिन्की विश्वविद्यालयका पीएचडी अनुसन्धानकर्ता मनोज भुसालले ‘जनआन्दोलन-२ (२००६) देखि जेन जी विद्रोह (२०२५): नेपालमा के गल्ती भयो?’ भन्ने विषयमा बोल्दै ऐतिहासिक सन्दर्भ प्रस्तुत गरेका थिए।
युभास्कुला विश्वविद्यालयका पीएचडी अनुसन्धानकर्ता सरोज कोइरालाले ‘जेन जी विद्रोह २०२५ पछि नेपालका लागि सम्भावित मार्गहरू’ बारे चर्चा गरेका थिए।
फिनल्यान्डमा निर्वाचित नेपाली मूलका जनप्रतिनिधि शेखर आचार्यले मानव अधिकार साथै तत्कालीन सरकारले जेन-जी विद्रोहका क्रममा गरेको दमन र गल्तिबारे आफ्नो धारणा राखेका थिए।
कार्यक्रममा हेलसिन्की विश्वविद्यालयमा कार्यरत अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।
कार्यक्रममा हेलसिन्की विश्वविद्यालयमा कार्यरत अनुसन्धानकर्ताहरू र विद्यार्थीहरूको उपस्थिती रहेको थियो।
हेलसिन्की विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरू शोभना शर्मा र श्रवण खनालको सक्रियतामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।
शोभना शर्माले सहजीकरण गरेको प्यानल छलफलमा सहभागीहरूले विज्ञहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने अवसर पाएका थिए।







