0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डको स्वास्थ्य क्षेत्रमा नयाँ ट्रेन्डः आवश्यकता भन्दा धेरै भए नर्स

    .संक्षेपमा.


    • फिनल्यान्डमा देखिएको नर्सहरूको चरम अभाव हालका लागि समाप्त।
    • आर्थिक कारणले नयाँ रोजगारीका अवसरहरू घटेकाले प्रतिस्पर्धा बढ्यो।
    • विदेशी कामदार भर्ना गर्ने योजनाहरू तत्कालका लागि रोकिए।

    केही समय अघिसम्म नर्सहरूको चरम अभाव झेलिरहेको फिनल्यान्डको स्वास्थ्य सेवा क्षेत्र अहिले भने ठीक उल्टो अवस्थाबाट गुज्रिरहेको छ।

    पत्रकार तुओमो रिन्तामाले फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था YLE मा प्रकाशित गरेको एक रिपोर्ट अनुसार हाल फिनल्यान्डमा नर्सहरूको संख्या आवश्यकताभन्दा बढी (अति-आपूर्ति) देखिएको छ। यसका कारण विशेषगरी व्यावहारिक नर्स अर्थात् ‘लाहिहोइताया’ हरूको रोजगारीमा तीव्र गिरावट आएको छ।

    यो परिवर्तनको मुख्य कारण कल्याणकारी क्षेत्रहरूको आर्थिक कठिनाइ भएको जनाइएको छ। बजेट अभावका कारण रोजगारी कटौती र नयाँ भर्ना रोकिँदा यस्तो अवस्था सिर्जना भएको हो।

    श्रम मन्त्रालयकी विशेषज्ञ लिसा लार्याका अनुसार सन् २०२३ को सुरुमा ८ प्रतिशत रहेको प्राक्टिकल नर्सको रिक्त पद दर घटेर अहिले २ प्रतिशतमा झरेको छ। यसैबीच बेरोजगारी दर ५ प्रतिशतबाट बढेर ७ प्रतिशत नाघेको छ।

    विगतमा स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई अन्य निजी क्षेत्रहरूले पनि आकर्षित गर्ने गरेका थिए। तर अहिलेको आर्थिक मन्दीका कारण अन्य क्षेत्रबाट पनि माग घटेकाले स्वास्थ्यकर्मीहरूका लागि अवसरहरू सीमित भएका छन्।

    रोजगारीमा देखिएको यो नयाँ अवस्थाले विदेशी कामदार भर्ना प्रक्रियालाई पनि असर गरेको छ।

    यो अवस्था अस्थायी भएको जिकिर

    विज्ञहरूले यो अवस्था धेरै लामो समयसम्म नरहने बताएका छन्।

    “यो धेरै लामो समयको अवस्था नहुन सक्छ। हालको आर्थिक संकट कम भएपछि फिनल्यान्डको बढ्दो वृद्ध जनसंख्याका कारण आउने वर्षहरूमा हेरचाह सेवाको माग स्वतः बढ्नेछ,” विशेषज्ञ लार्या भन्छिन्,

    सेन्ट्रल ओस्ट्रोबोथ्नियाको कल्याणकारी क्षेत्रका मानव संसाधन निर्देशक मार्कु हामालाइनेनका अनुसार यस वर्ष खोलिएका १०० भन्दा बढी पदका लागि २,१५० जनाले आवेदन दिएका छन्। उनका अनुसार यसले रोजगारीमा बढेको प्रतिस्पर्धालाई स्पष्ट पार्छ।

    विदेशी कामदार को भर्ती तत्काललाई स्थगित

    रोजगारीमा देखिएको यो नयाँ अवस्थाले विदेशी कामदार भर्ना प्रक्रियालाई पनि असर गरेको छ।

    ओस्ट्रोबोथ्निया क्षेत्रका मानव संसाधन निर्देशक युहा सुइक्कानेनले हाल विदेशी नर्सहरू भर्ना गर्ने कुनै आवश्यकता नरहेको रिपोर्टमा बताएका छन्। यद्यपि उनले उक्त क्षेत्रमा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई भने प्राथमिकता दिइने उल्लेख गरेका छन्।

    विगतमा साउथ ओस्ट्रोबोथ्नियाले भियतनामबाट २४ जना नर्सहरू भर्ना गरेको थियो। सो प्रक्रियालाई त्यहाँ एक “सफलताको कथा” को रूपमा लिइन्छ। भियतनामी नर्सहरूलाई भाषा, संस्कृति र बसोबासमा सहयोग गरेर राम्रोसँग स्थापित गराइएको थियो।

    तर हालको बजेट कटौतीका कारण यस्ता नयाँ अन्तर्राष्ट्रिय भर्ना कार्यक्रमहरू रोकिएका छन्। यद्यपि अबको १० वर्षभित्र फिनल्यान्डलाई फेरि पनि ठूलो संख्यामा नर्सहरूको आवश्यकता पर्ने विज्ञहरू विश्वास छ र त्यसबेला विदेशी कामदारहरूको भर्ना पुनः सुरु गर्नुपर्ने हुन सक्छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप