0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनिस प्रधानमन्त्री निवास अगाडी बिहानै प्रदर्शन, सुतेका प्रधानमन्त्रीलाई ‘ब्युँझिन’ आग्रह

    बिहानै हेलसिन्कीस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गाजाका लागि न्यायको माग गर्दै प्रदर्शन गरिएको छ। मस्त सुतेका प्रधानमन्त्रीलाई 'ब्युँझिन' आग्रह गर्दै उक्त प्रतिकात्मक प्रदर्शन गरिएको हो।

    .संक्षेपमा.


    • प्रधानमन्त्री पेत्तेरी ओर्पोको सरकारी निवास केसरान्तामा बिहानै विरोध प्रदर्शन।
    • गाजामा जारी नरसंहार रोक्न र सहायता जहाजमा रहेका फिनिस नागरिकको सुरक्षाको माग।
    • सहायता बोकेको जहाजमा फिनल्यान्डका नागरिक पनि सहभागी, इजरायली सेनाले रोक्न सक्ने आशंका।

    फिनल्यान्डका प्रधानमन्त्री पेत्तेरी ओर्पोको हेलसिन्कीस्थित सरकारी निवास केसरान्ता अगाडि आज अक्टोबर १ बिहानै केही प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका छन्।

    प्रदर्शनकारीहरूले गाजामा भइरहेको “नरसंहार” तुरुन्त रोक्न र त्यहाँ मानवीय सहायता लिएर गइरहेको जहाजमा सवार फिनिस नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका हुन्।

    प्रदर्शनकारीहरू बिहान ६ बजेभन्दा अगाडि नै प्रधानमन्त्री निवासमा भेला भएका थिए। उनीहरूले आवाज निकालेर प्रधानमन्त्री ओर्पोलाई ‘ब्युँझाउन’ र गाजाको गम्भीर अवस्थाप्रति ध्यानाकर्षण गराउन खोजेको बताएका छन्।

    प्रदर्शनकारीहरू बिहान ६ बजेभन्दा अगाडि नै प्रधानमन्त्री निवासमा भेला भएका थिए।

    गाजाका लागि मानवीय सहायता बोकेको एक अन्तर्राष्ट्रिय पानीजहाज (फ्लोटिला) त्यसतर्फ अघि बढिरहेको छ। “ग्लोबल सुमुद फ्लोटिला” नामक उक्त जहाजमा अन्य देशका नागरिकसँगै फिनल्यान्डका केही नागरिक पनि सहभागी छन्।

    प्रदर्शनकारीहरूले फिनिस सरकारले आफ्ना नागरिकको सुरक्षाको ग्यारेन्टी गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

    विगतमा यस्ता सहायता जहाजहरूलाई इजरायली सेनाले रोक्ने वा आक्रमण गर्ने गरेका घटना छन्। यसपटक पनि जहाजमा सहभागीहरूको सुरक्षाप्रति चिन्ता व्यक्त गरिएको छ। उक्त जहाज हाल इजिप्टको तटीय क्षेत्र नजिक रहेको र कुनै पनि बेला इजरायली सेनाको निगरानीमा पर्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

    यसअघि फिनल्यान्डका केही सांसदहरूले पनि सरकारलाई पत्र लेख्दै जहाजमा रहेका फिनिसहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका थिए।

    प्रधानमन्त्री ओर्पोले पहिले गाजाका सर्वसाधारणलाई मानवीय सहायता पुर्‍याउनुपर्ने र दुई-राज्य समाधानका लागि फिनल्यान्ड प्रतिबद्ध रहेको बताउँदै आएका छन्।

    आजको प्रदर्शनबारे प्रधानमन्त्रीको कार्यालयबाट कुनै प्रतिक्रिया आइसकेको छैन।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप