संग्रह गर्नुहोस्।
संग्रहित

एकपछि अर्को संकटः बाढी पहिरोका कारण नेपालमा कयौँको मृत्यु, राजमार्ग र पुलहरू बगे

पूर्वी नेपालमा पहिरो र बाढीले जनधनको ठूलो क्षति। काठमाडौंमा भने संकट टरेको मौसमविद्हरुको जिकिर, राजमार्गहरू खुल्दै।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • इलाममा पहिरोले एकै परिवारका १८ जनाको ज्यान लियो।
  • बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध, सयौं विस्थापित, मेची करिडोरका पुलहरू बगे।
  • काठमाडौंमा भारी वर्षाको जोखिम टर्‍यो, केही राजमार्गहरू पुनः सञ्चालनमा आउँदै।

जेनजी विद्रोहमा भड्किएको हिंसा र ध्वंसका कारण थिलथिलो बनेको नेपालले छोटो समयमै फेरि प्राकृतिक विपत्ति खेप्नु परेको छ।

नेपालका विभिन्न भागमा परेको अविरल वर्षापछिको बाढी र पहिरोले ठूलो जनधनको क्षति गरेको छ। विशेषगरी पूर्वी नेपालमा यसको असर सबैभन्दा बढी देखिएको छ। इलाममा मात्रै पहिरोमा पुरिएर १८ जनाले ज्यान गुमाएका छन्।

बाढीले गर्दा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै सयौं परिवार विस्थापित भएका छन्। यद्यपि काठमाडौं उपत्यकामा भने ठूलो वर्षाको संकट टरेको मौसमविद्ले बताएका छन्।

पूर्वी नेपालमा विनाश

विज्ञापन

पूर्वी नेपालको इलाममा गएको पहिरोले ठूलो मानवीय क्षति पुर्‍याएको छ। सुकुना र काली खोलामा आएको बाढीले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध बनाएको छ, जसका कारण ४०० भन्दा बढी मानिस विस्थापित भएका छन्।

सप्तकोशी नदीमा पानीको बहाव यस वर्ष पहिलो पटक खतराको तहभन्दा माथि पुगेको छ, जसले तीन जिल्लामा जोखिम बढाएको छ। मेची करिडोरका केचना–कञ्चनजंघा सडकखण्डमा रहेका माईखोला, पुवा खोला र जोगमाई खोलाका पुलहरू बाढीले बगाएपछि यातायात सम्पर्क टुटेको छ।

रौतहटमा चट्याङ लागेर १६ वर्षीय दुई किशोरको मृत्यु भएको छ। उता पर्यटकीय क्षेत्र लाङटाङमा पदयात्रामा गएका चार जनालाई खोल्सामा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ। गोसाइकुण्ड गाउँपालिका-४ स्थित बेरिङ खोल्सामा बेपत्ता भएका उनीहरूको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले खोजी गरिरहेको छ।

लाङटाङमा पदयात्रामा गएका चार जनालाई खोल्सामा आएको बाढीले बगाएर बेपत्ता बनाएको छ।

पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। करिब १० करोडको लागतमा बनाइएको बीपी राजमार्गको डाइभर्सनको साढे तीन किलोमिटर खण्ड रोशी नदीले बगाएको छ।

यस विपतका बीच केही सकारात्मक खबर पनि आएका छन्। वरिष्ठ मौसमविद् मीन कुमार अर्यालले नेपालका स्थानीय संचारमाध्यमहरूलाई बताए अनुसार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा अब ठूलो पानी पर्ने संकट टरेको छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

पानी पर्न रोकिएसँगै सरकारले काठमाडौं भित्रिने र बाहिरिने सडक मार्गहरू खोल्ने तयारी गरेको छ। बीपी राजमार्गबाहेक अन्य राजमार्गहरूमा सवारी सञ्चालनको तयारी भइरहेको छ। साथै नारायणघाट-मुग्लिन सडक खण्डमा तुइनखोलामा झरेको पहिरो पन्छाइएपछि सडक पुनः सञ्चालनमा आएको छ, जसले पोखरातर्फको यात्रा सहज बनाएको छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप