0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    फिनल्यान्डमा आप्रवासी उद्यमीको लहर: विद्यार्थीले पनि खोल्न थाले आफ्नै व्यवसाय

    फिनल्यान्डमा व्यवसाय सुरु गर्ने आप्रवासीहरूको संख्या तीव्र गतिमा बढिरहेको छ। तर, अवसरसँगै केही प्रक्रियागत चुनौतीहरू पनि छन्।

    .संक्षेपमा.


    • फिनल्यान्डमा विदेशी मूलका उद्यमीहरूको संख्यामा तीव्र वृद्धि।
    • विद्यार्थी र कामदारहरूले पनि कानुनी सर्तहरू पूरा गरेर व्यवसाय सुरु गर्न सक्ने नियम।
    • व्यवसाय दर्ता प्रक्रिया सहज भए पनि बैंक खाता खोल्ने जस्ता काममा ढिलाइ।

    फिनल्यान्डमा हाल विदेशी मूलका उद्यमीहरूको संख्यामा उल्लेख्य वृद्धि देखिएको छ। विशेषगरी राजधानी हेलसिन्की वरपरका सहरहरू आप्रवासी उद्यमीहरूका लागि प्रमुख केन्द्र बनिरहेको पछिल्ला तथ्याङ्कहरूले देखाएका छन्।

    पछिल्लो तथ्याङ्कअनुसार एस्पोमा विदेशमा जन्मेका उद्यमीहरूको संख्या यो वर्ष झन्डै दोब्बर भएको छ भने भान्तामा कुल उद्यमीहरूमध्ये ३९ प्रतिशत विदेशी मूलका छन्।

    पछिल्लो समय फिनल्यान्डमा बस्ने नेपालीहरूले पनि व्यवसाय दर्ता गराउने क्रम बढेको छ। पहिले पहिले नेपालीहरूले फिनल्यान्डमा मुख्यतया रेस्टुरेन्ट क्षेत्रमा मात्र व्यवसाय खोल्ने चलन रहे पनि अहिले नयाँ क्षेत्रहरूमा पनि हात हालेको देखिन्छ।

    उदाहरणका लागि गत केही महिनामा फिनल्यान्डमा बस्ने नेपालीले ग्रोसरी पसल, गाडी बनाउने सेवा, इभेन्ट म्यानेजमेन्ट कम्पनी, र जुस पसलजस्ता व्यवसायहरू खोलेको नेपालीलाइनेनको जानकारीमा छ।

    फिनल्यान्ड पढ्न आएका विद्यार्थीले अन्त काम पाउन नसकेपछि आफ्नै व्यवसाय खोल्ने ‘ट्रेन्ड’ पनि देखिएको छ।

    पछिल्लो समय फिनल्यान्डमा बस्ने नेपालीहरूले पनि व्यवसाय दर्ता गराउने क्रम बढेको छ।

    विद्यार्थी र फुलटाइम काम गर्नेले पनि खोल्न सक्छन् व्यवसाय

    फिनल्यान्डको कानुनले विदेशी विद्यार्थी र कामदारहरूलाई पनि व्यवसाय सञ्चालन गर्न अनुमति दिन्छ। विद्यार्थीहरूले आफ्नो पढाइमा असर नपर्ने गरी सानो स्टार्टअप, अनलाइन व्यवसाय, वा फ्रीलान्स सेवा सुरु गर्न सक्छन्।

    ईयू भन्दा बाहिरका देशबाट आएका कामदारहरूले पनि आफ्नो मुख्य रोजगारीमा बाधा नपर्ने गरी पार्ट-टाइम व्यवसाय चलाउन पाउँछन्।

    तर पूर्णकालीन रूपमा व्यवसायमा लाग्न चाहनेहरूले भने ‘उद्यमी बसोबास अनुमति’ लिनुपर्ने हुन्छ। व्यवसाय सुरु गर्दा ‘Sole Trader’ (Toiminimi) वा ‘Private Limited Company’ (Osakeyhtiö) जस्ता विकल्पहरू छनोट गर्न सकिन्छ, जसको दर्ता प्रक्रिया अनलाइनबाटै सहज रूपमा गर्न सकिन्छ।

    कस्तो आवासीय अनुमति हुनेले कस्तो व्यवसाय गर्न पाउँछन् भन्ने पूर्ण विवरण सहित फिनल्यान्डको आप्रवासन विभाग (मिग्री) ले जानकारीमूलक सूचना उपलब्ध गराएको छ।

    नयाँ उद्यमीहरूलाई सहयोग गर्न हेलसिन्कीमा बिजनेस हेलसिन्की, भान्तामा बिजनेस भान्ता र एस्पोमा बिजनेस एस्पो जस्ता निकायहरू छन्। यी निकायहरूले व्यवसाय योजना बनाउने, करसम्बन्धी नियमहरू बुझाउने, र सरकारी अनुदान प्राप्त गर्ने प्रक्रियामा निःशुल्क सुझाव र मार्गदर्शन प्रदान गर्दछन्। यस्ता निकायहरू लगभग हरेक नगरपालीकामा हुन्छन्।

    चुनौतीहरू पनि छन्

    फिनल्यान्डमा आफ्नै व्यवसाय खोल्न तुलनात्मक रूपमा सजिलो भएपनि केही व्यावहारिक चुनौतीहरू पनि छन्। व्यवसाय दर्ता सजिलो भए पनि बैंक खाता खोल्ने जस्ता प्रक्रियामा लामो समय लाग्न सक्छ।

    आप्रवासी उद्यमीहरूले कम्पनीका लागि बैंक खाता खोल्न ६ महिनासम्म कुर्नुपरेको तितो यथार्थ विभिन्न संचारमाध्यमले रिपोर्ट गरेका छन्।

    फिनिस भाषाको ज्ञान नहुनु पनि धेरै व्यावसायीहरूका लागि समस्या बन्ने गरेको छ।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप