संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डमा ‘उबर इट्स’ आउने पक्का, ‘वोल्ट’ र ‘फुडोरा’सँग हुनेछ कडा प्रतिस्पर्धा

फुड डेलिभरी कम्पनी उबर इट्सले सन् २०२६ देखि फिनल्यान्डमा आफ्नो सेवा सुरु गर्ने भएको छ, जसले गर्दा हाल बजारमा रहेका 'वोल्ट' र 'फुडोरा'ले कडा चुनौतीको सामना गर्नेछन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • उबर इट्स २०२६ देखि फिनल्यान्डमा सञ्चालनमा आउने।
  • खाना डेलिभरी बजारमा प्रतिस्पर्धा बढ्ने।
  • रेस्टुरेन्ट र डेलिभरी कामदारका लागि भने नयाँ अवसरहरू सिर्जना हुने।

राइड-सेयरिङ सेवाका लागि विश्वभर परिचित ‘उबर’ले आफ्नो लोकप्रिय फुड डेलिभरी प्लेटफर्म ‘उबर इट्स’ अर्को वर्षदेखि फिनल्यान्डमा सुरु गर्ने घोषणा गरेको छ।

यो घोषणासँगै फिनल्यान्डको खाना डेलिभरी बजारमा लामो समयदेखि प्रभुत्व जमाउँदै आएका ‘वोल्ट’ र ‘फुडोरा’ले एक प्रमुख अन्तर्राष्ट्रिय प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ।

सन् २०१४ मा स्थापना भएको उबर इट्स एक विश्वव्यापी प्लेटफर्म हो। अमेरिका र अष्ट्रेलियाजस्ता देशहरूमा यो एक प्रमुख खेलाडी मानिन्छ।

कम्पनीले विश्वका १०,००० भन्दा बढी शहरहरूमा १० लाखभन्दा बढी रेस्टुरेन्ट र व्यापारीहरूसँग सहकार्य गरिरहेको छ।

विज्ञापन

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार “उबर इट्स एपमार्फत लाखौं मानिसहरूले आफ्नो नजिकैका रेस्टुरेन्ट र पसलहरू फेला पार्न सक्छन् र आफूलाई आवश्यक पर्ने उत्पादनहरू सजिलै र छिटो एउटै बटन थिचेर अर्डर गर्न सक्छन्।”

फिनल्यान्डमा उबर इट्सको आगमनले ग्राहकहरूका लागि थप विकल्पहरू ल्याउने अपेक्षा गरिएको छ। यसले रेस्टुरेन्टहरूका लागि आफ्नो व्यापार विस्तार गर्ने नयाँ अवसर प्रदान गर्न सक्छ। फिनल्यान्डका विभिन्न शहरहरूमा रहेका नेपाली रेस्टुरेन्टहरूका लागि पनि यो अवसर प्राप्त हुनेछ।

डेलिभरीको काम खोजिरहेका धेरै नेपालीहरूका लागि यो रोजगारीको नयाँ माध्यम पनि बन्न सक्ने देखिन्छ। अहिले पनि वोल्ट र फुडराजस्ता डेलिभरी कम्पनीका लागि धेरै नेपालीले काम गर्ने गरेका छन्।

साथै डेलिभरीको काम खोजिरहेका धेरै नेपालीहरूका लागि यो रोजगारीको नयाँ माध्यम पनि बन्न सक्ने देखिन्छ। अहिले पनि वोल्ट र फुडराजस्ता डेलिभरी कम्पनीका लागि धेरै नेपालीले काम गर्ने गरेका छन्।

उबर इट्सले रेस्टुरेन्टको खानाका साथै दैनिक उपभोग्य वस्तुहरू पनि डेलिभरी गर्ने योजना बनाएको छ, जसले प्रतिस्पर्धालाई अझै फराकिलो बनाउनेछ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप