संग्रह गर्नुहोस्।
संग्रहित

निर्दोषलाई जेल हाल्दा फिनल्यान्डलाई लाखौँ युरो जरिवाना

हेलसिन्कीको सडक ग्याङसम्बन्धी मुद्दामा गलत फैसला हुँदा फिनल्यान्डलाई ठूलो आर्थिक भार परेको छ।

.संक्षेपमा.


  • चार युवाले बिना गल्ति नौ महिना जेलमा बिताए।
  • क्षतिपूर्ति र अन्य खर्च गरी राज्यलाई ६ लाख युरोभन्दा बढी भार।
  • अदालतले गर्यो चारै जनालाई पूर्ण रूपमा निर्दोष ठहर।

फिनल्यान्डमा चार निर्दोष युवालाई नौ महिनासम्म जेलमा राखेका कारण राज्यलाई ६ लाख युरो (करिब ८ करोड ४० लाख नेपाली रुपैयाँ) भन्दा बढीको आर्थिक भार परेको छ।

हेलसिन्कीको पुनरावेदन अदालतले सफाइ दिनुअघि उनीहरूले करिब नौ महिना जेलमा बिताइसकेका थिए।

सन् २०२३ को समरमा ‘आरके’ नामक सडक ग्याङसँग सम्बन्धित मुद्दामा २० वर्ष आसपासका चार जनालाई २ देखि ३ वर्षको जेल सजाय सुनाइएको थियो। तर उनीहरूले उक्त फैसलाविरुद्ध हेलसिन्कीको पुनरावेदन अदालतमा पुनरावेदन गरेका थिए।

पुनरावेदन अदालतले मुद्दाको सुनुवाइ गर्दै गत वर्षको सुरूवातमै उनीहरूलाई फैसला नआएसम्मका लागि रिहा गरेको थियो। गत डिसेम्बरमा अन्तिम फैसला सुनाउँदै पुनरावेदन अदालतले चारै जनालाई पूर्ण रूपमा निर्दोष ठहर गरेको थियो।

डिसेम्बरमा अन्तिम फैसला सुनाउँदै पुनरावेदन अदालतले चारै जनालाई पूर्ण रूपमा निर्दोष ठहर गरेको थियो।

उनीहरूलाई निर्दोष हुँदाहुँदै जेलमा राख्दा राज्यलाई भने ठूलो आर्थिक भार परेको छ। निर्दोषलाई थुनामा राखेबापत राज्यले उनीहरूलाई २ लाख ४५ हजार युरोभन्दा बढी क्षतिपूर्ति तिर्नुपरेको छ।

जेल सजाय सुनाइँदा चारमध्ये दुई जना रोजगारीमा थिए र उनीहरूले जेल बस्दा गुमाएको आम्दानी पनि राज्यले नै व्यहोर्नुपरेको छ।

उनीहरूको प्रतिरक्षामा लागेका वकिलहरूको शुल्क पनि राज्यले नै तिरेको छ, जुन जिल्ला र पुनरावेदन अदालतमा गरी ७० हजार युरोभन्दा बढी थियो। यी सबै खर्च जोड्दा राज्यलाई करिब ६ लाख युरो घाटा भएको छ, जसमा अनुसन्धान र अभियोजनको खर्च समावेश छैन।

यसका अलावा सन् २०२३ को तथ्याङ्कअनुसार एक कैदीलाई एक दिन जेलमा राख्न औसत २४९ युरो खर्च हुन्थ्यो। यस हिसाबले नौ महिनामा उनीहरूका लागि राज्यको करिब २ लाख ७० हजार युरो खर्च भयो। यो सम्पूर्ण रकम जोड्दा ६ लाख युरोभन्दा बढी खर्च भएको हो।

नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

Coffee Cup

तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

Payment Methods
सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप