.संक्षेपमा.
- नोभेम्बर महिना औसतभन्दा निकै न्यानो र ओसिलो हुने अनुमान।
- हिउँ र चिसोका लागि अझै केही समय कुर्नुपर्ने।
- नोभेम्बरको तेस्रो हप्तासम्म पनि ‘आश्चर्यजनक’ रूपमा न्यानो रहने सङ्केत।
फिनल्यान्डमा यस वर्ष जाडोको आगमन पछि धकेलिएको देखिएको छ। मौसमविद्हरूका अनुसार नोभेम्बर महिनाभरि मौसम औसतभन्दा निकै तातो र “लोन्केरो” अर्थात् अँध्यारो, खैरो र ओसिलो रहनेछ।
मौसमविद् मार्कुस मान्तुकान्नासले एमटिभी समाचारलाई बताएअनुसार अनुसार सेतो हिउँ र जाडोको प्रतीक्षा गरिरहेकाहरूका लागि अवस्था नराम्रो देखिएको छ।
यो साताको अन्त्यदेखि नै दक्षिणबाट न्यानो र ओसिलो हावा फिनल्यान्ड भित्रिनेछ। सप्ताहन्तमा तापक्रम १० देखि १२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
रातिको समयमा पनि तापक्रम धेरै नघट्ने र देशका धेरै भागमा १० डिग्रीको आसपास रहनेछ।
आउँदो हप्ता पनि मौसम औसतभन्दा स्पष्ट रूपमा तातो रहनेछ। विशेषगरी दक्षिणी फिनल्यान्डमा यो साता औसतभन्दा बढी वर्षा हुनेछ।
रातमा मौसम सफा भएमा चिसो बढ्न सक्ने भएका कारण मौसमविद् मान्तुकान्नासले गाडीमा जाडोको टायर फेर्नेबारे भने सोच्न सल्लाह दिएका छन्।
रातमा मौसम सफा भएमा चिसो बढ्न सक्ने भएका कारण मौसमविद् मान्तुकान्नासले गाडीमा जाडोको टायर फेर्नेबारे भने सोच्न सल्लाह दिएका छन्।
तातो हुनेछ नोभेम्बर
नोभेम्बर ३ बाट सुरु हुने हप्तामा पनि फिनल्यान्ड र लगभग पूरै युरोपमा औसतभन्दा बढी गर्मी देखिनेछ। नोभेम्बर १० बाट सुरु हुने हप्तामा पूर्वानुमानको अनिश्चितता बढे पनि तातो मौसमको सङ्केत छ।
तर नोभेम्बर १७ बाट सुरु हुने हप्ताको मौसमी नक्सा हेर्दा चम्किलो पहेँलो देखिएको छ। यसको अर्थ उक्त हप्ता पनि औसतभन्दा निकै तातो हुने बलियो सङ्केत हो। यस्तो बलियो सङ्केत हप्तौँ अगाडिको पूर्वानुमानमा विरलै देखिने गर्छ।
“यो कुनै पनि हिसाबले जाडो जस्तो देखिँदैन,” मौसमविद् मान्तुकान्नासले भनेका छन्।





