.संक्षेपमा.
- हेलसिन्कीमा १४-१७ नोभेम्बरसम्म राहदानी तथा कन्सुलर सेवा सञ्चालन हुने।
- राहदानी आवेदनका लागि दूतावासको वेबसाइटबाट अनलाइन फाराम भर्नुपर्ने।
- शुल्क १२ नोभेम्बरभित्र बुझाउनुपर्ने, फोटो शिविरमै खिचिने।
कोपेनहेगनस्थित नेपाली राजदूतावासले गैर-आवासीय नेपाली संघ (एनआरएनए) फिनल्यान्डसँगको सहकार्यमा हेलसिन्कीमा पासपोर्ट नवीकरणका लागि घुम्ती सेवा प्रदान गर्ने भएको छ।
एनआरएनए फिनल्यान्डका अनुसार यो विशेष सेवा आगामी १४ देखि १७ नोभेम्बरसम्म हेलसिन्कीमा सञ्चालन हुनेछ। उक्त समयमा फिनल्यान्डमा बसोबास गर्ने नेपालीहरूले पासपोर्ट नवीकरण तथा अन्य कन्सुलर सेवा लिन सक्नेछन्।
राहदानी (पासपोर्ट) आवेदनका लागि १४ देखि १६ नोभेम्बर र अन्य कन्सुलर सेवा (जस्तै वारेसनामा, कागजात प्रमाणीकरण) का लागि १७ नोभेम्बरको मिति तोकिएको छ।
हेलसिन्कीको Koskelantie 5 मा रहेको नेपाली रेस्टुरेन्ट चौतारी (Ravintola Chautari) मा बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म उक्त सेवा उपलब्ध हुनेछ।
दूतावासले एनआरएनए फिनल्यान्डसँगको सहकार्यमा पहिले पनि पटक-पटक यो सेवा दिइसकेको छ।
नेपालको तुलनामा फिनल्यान्डबाट पासपोर्ट नवीकरण गर्नु करिब पाँच गुना महँगो पर्छ। यद्यपि नेपाल जान सम्भव नभएको तर नयाँ राहदानी चाहिएको अवस्थामा यो सेवा निकै उपयोगी हुने देखिन्छ।
.राहदानी आवेदन प्रक्रिया .
- सबैभन्दा पहिले
https://emrtds.nepalpassport.gov.npवेबसाइटमा गई अनलाइन फाराम भर्ने। - फाराम भर्दा आवेदन स्थानमा ‘NE, Copenhagen’ छान्ने। मिति १५ वा १६ नोभेम्बर २०२५ चयन गर्ने। फाराममा छनोट गरिएको मिति सांकेतिक मात्र हो। वास्तविक समय तालिका एनआरएनए फिनल्यान्डले पछि सार्वजनिक गर्नेछ।
- फाराम भरिसकेपछि बारकोडसहितको प्रतिलिपि प्रमाणीकरण (verification) का लागि
[email protected]मा इमेल गरेर पठाइदिने। - सेवा शुल्क दूतावासले तपाइका कागजात रुजू गरे पश्चात् राहदानीका लागि राजस्व दस्तुर बुझाउनु पर्ने। आगामी १२ नोभेम्बर २०२५ भित्र दूतावासको बैंक खाता (Danske Bank) खातामा जम्मा गरिसक्नुपर्ने।
- Name of Beneficiary: Embassy of Nepal, Copenhagen
Bank: Danske Bank
Reg. No.: 4001
Account No.: 3204374848
IBAN: DK9530003204374848
BIC/SWIFT: DABADKKK
.राजस्व कति तिर्ने?.
- ३४/३६ पृष्ठको पासपोर्ट लिने भए
– नयाँ राहदानी आवेदन तथा नवीकरणः १० वर्ष पुगेकालाई ९५० डेनिस क्रोनर (करिब १२७ युरो), १० वर्ष भन्दा मुनिकालाई ४७५ डेनिस क्रोनर (करिब ६४ युरो)
-पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दाः १० वर्ष भन्दा माथिका लागि १४५० डेनिस क्रोनर (करिब १९४ युरो), १० वर्ष भन्दा मुनिकालाई ७२५ डेनिस क्रोनर (करिब ९७ युरो)
- ६६ पृष्ठको पासपोर्टका लागि
- – नयाँ राहदानी आवेदन तथा नवीकरणः १० वर्ष पुगेकालाई १३५० डेनिस क्रोनर (करिब १८१ युरो), १० वर्ष भन्दा मुनिकालाई ६७५ डेनिस क्रोनर (करिब ९० युरो)
- -पुरानो राहदानी हराएको, च्यातिएको, झुत्रो भै बिग्रिएको वा अन्य कारणले नयाँ बनाउनु पर्दाः १० वर्ष भन्दा माथिका लागि २०२० डेनिस क्रोनर (करिब २७० युरो), १० वर्ष भन्दा मुनिकालाई १०१० डेनिस क्रोनर (करिब १३५ युरो)
महत्वपूर्णः डेनमार्क बाहिर रहेका बैङ्कहरूबाट राजस्व पठाउँदा यदी Sender will bear all the costs भन्ने option भएमा सो छनौट गर्नु होला। यदी त्यो विकल्प नभएमा बैङ्कले ५० क्रोनर बराबरको बैङ्क शुल्क लिने हुँदा राजस्व पठाउँदा माथिको रकममा ५० क्रोनर थप गरी रकम पठाउनु होला। अन्यथा तोकिएको राजस्वको रकममा पचास क्रोनर कम भई बैकमा जम्मा हुने हुँदा प्रक्रिया अघि बढ्न सक्दैन । पटक-पटक यस्तो समस्या आइरहेको हुँदा विशेष सावधानी अपनाउन दूतावासले अनुरोध गरेको छ।
यसका अलावा घुम्ति टोलीको फिनल्यान्ड भ्रमणको खर्च कभर गर्न एनआरएनए फिनल्यान्डलाई सेवाग्राहीले कम्तिमा १० युरो सहयोग गर्ने प्रचलन रहिआएको छ।
अन्य ध्यान दिनुपर्ने कुराहरू
- फाराम बुझाए पछि कुनै त्रुटि भएको थाहा भयो भने फोटो खिच्ने समयमा अनुरोध गरी सच्याउन सकिनेछ । तर फोटो खिचेर फारामलाई अन्तिम स्वीकृति दिए पछि भने सच्याउन सकिने छैन। पुरै प्रकृया फेरि सुरूदेखि नै गर्नु पर्नेछ।
- आवेदन भर्दा राजस्व दस्तुर भुक्तानीको विकल्प देखा पर्नेछ। यो व्यवस्था नेपालबाट राहदानी लिनका लागि मात्र उपलब्ध भएको हुँदा दूतावासमा लागू हुँदैन। यसमा केही गर्न पर्दैन।
- पासपोर्ट नविकरणका लागि आवश्यक फोटो घुम्ती टोलीले नै खिच्ने भएकाले सेवाग्राहीले फोटो बोक्न पर्दैन। पाँच वर्ष नपुगेका बालबालिकाको हकमा दूतावासमा उपस्थित नभएमा वा उपस्थित भएतापनि तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने भएमा भने फोटो आवश्यक पर्दछ।
- पासपोर्टको निवेदन दिएपछि त्यसको अवस्था थाहा पाउन Google Play Store वा Apple को App Store बाट Nepal ePassport App डाउनलोड गरी त्यसमा दिएको तरिका अनुसार आफै हेर्न सकिन्छ।
अति आवश्यक परे मात्र एनआरएनमा फोन
एनआरएनए फिनल्यान्डले सयौं कलहरू व्यवस्थापन गर्न गाह्रो हुने भन्दै आपतकालीन अवस्थामा बाहेक एनआरएनए टिमलाई फोन नगर्न आग्रह गरेको छ।
कुनै पनि जिज्ञासा वा सहयोगका लागि एनआरएनए फिनल्यान्डको फेसबुक पेजमा सन्देश पठाउन सकिनेछ। सम्बन्धित सम्पूर्ण जानकारी दूतावासको वेबसाइट र एनआरएनएको फेसबुक पोस्टमार्फत उपलब्ध गराइने जानकारी गराइएको छ।





