संग्रह गर्नुहोस्।
संग्रहित

तीन महिने नियमको कहर: फिनल्यान्डमा वर्क परमिट खारेज हुने नेपालीको सङ्ख्या उच्च

फिनल्यान्डले ल्याएको नयाँ नियम र स्वचालित अनुगमनका कारण यो वर्ष सयौं आप्रवासीको वर्क परमिट रद्द भएका छन्। यसको मारमा पर्ने नेपालीहरूको संख्या पनि उच्च देखिएको छ।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • स्वचालित अनुगमनले यस वर्ष मात्र ४६८ वर्क पर्मिट खारेज गर्‍यो।
  • रोजगारदाताले कामदारको काम छुटेको जानकारी ‘मिग्री’लाई तुरुन्तै दिनुपर्ने नयाँ नियम छ।
  • काम छुटेको रिपोर्ट गरिएका आप्रवासीहरूमा नेपालीहरू पनि परेका छन्।

फिनल्यान्डमा आप्रवासी कामदारहरूको वर्क पर्मिट खारेज हुने क्रम तीव्र गतिमा बढेको पछिल्ला तथ्याङ्कहरूले देखाएका छन्।

सरकारले नियम कडा पारेको र फिनिस अध्यागमन विभाग ‘मिग्री’ ले स्वचालित अनुगमन प्रणाली लागू गरेका कारण यस्तो भएको हो।

इल्तालेह्ती पत्रिकाका अनुसार यो वर्ष हालसम्म ४६८ जनाको पर्मिट रद्द भइसकेको छ। रोजगारदाताहरूले काम छुटेको भनी मिग्रीलाई रिपोर्ट गर्नेहरूमा धेरै नेपालीहरू पनि परेका छन्।

उक्त पत्रिकाका अनुसार जुन ११ देखि अक्टोबर २० सम्म रोजगारदाताहरूले २,१४१ वटा यस्ता सूचना मिग्रीलाई बुझाइसकेका छन्। यसरी सूचना दिइएकाहरूमा सबैभन्दा धेरै युक्रेनी, फिलिपिनो, रुसी, नेपाली, भारतीय र चिनियाँ छन्।

विज्ञापन

स्वचालित अनुगमन र नयाँ कानुन

मिग्रीकी आस्ता कासिनेनका अनुसार यो वर्ष स्वचालित अनुगमनको आधारमा १,६६३ वटा पर्मिट खारेजीको प्रक्रिया सुरु भएको छ। तीमध्ये ४६८ वटा खारेज गर्ने निर्णय भइसकेको हो।

यो प्रणालीले सिधै आम्दानी रजिस्टरजस्ता सरकारी रेकर्ड जाँच गरी कामदारको आम्दानी भए/नभएको पत्ता लगाउँछ। पेत्तेरी ओर्पोको सरकारले आवासीय अनुमतिलाई कामसँग अझ बलियोसँग जोड्न चाहेको छ।

काम खोज्न दिइएको तीन वा छ महिनाको ‘सुरक्षा अवधि’ सकिएपछि मिग्रीले ग्राहकलाई उनीहरूको अवस्थाबारे लिखित स्पष्टीकरण माग्ने गरेको छ।

कासिनेनका अनुसार फिनल्यान्डको समग्र आर्थिक अवस्था, विशेषगरी निर्माण क्षेत्रको मन्दीले पनि यसमा असर गरेको छ। परमिट खारेजी विशेषगरी सरसफाइ, निर्माण र यातायात क्षेत्रका कामदारहरूमा केन्द्रित छ।

यसै वर्षको जुन महिनादेखि लागू भएको नयाँ कानुनले पनि अनुगमन कडा पारेको छ। नयाँ कानुनअनुसार यदि वर्क पर्मिटमा भएको कामदारको जागिर समयअगावै सकियो भने रोजगारदाताले तुरुन्तै मिग्रीलाई सूचित गर्नुपर्छ।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

काम खोज्न दिइएको तीन वा छ महिनाको ‘सुरक्षा अवधि’ सकिएपछि मिग्रीले ग्राहकलाई उनीहरूको अवस्थाबारे लिखित स्पष्टीकरण माग्ने गरेको छ। यदि आवासीय अनुमतिको आधार (जस्तै, काम) बाँकी रहेन भने पर्मिट खारेज गरी देश निकालाको निर्णयसमेत गर्ने गरिन्छ।

विज्ञापन
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप