संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्ड कर प्रशासनः पिज्जा-केबाब र चिनियाँ रेस्टुरेन्टले गरे व्यापक कर छली

केही मालिकहरूले व्यक्तिगत खर्चका लागि कम्पनीको खाता प्रयोग गरेको वा अघोषित राजस्व निजी बैंक खातामा सारेको पनि अडिटमा भेटिएको थियो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • देशव्यापी अडिटमा ११ मिलियन युरो कर छली भएको पाइयो, धेरै कर छल्नेमा पिज्जा, केबाब र चिनियाँ रेस्टुरेन्ट।
  • अडिट गरिएका ३७३ मध्ये १९८ व्यवसायमाथि आपराधिक अनुसन्धान सुरु।
  • कर छली विदेशी स्वामित्वका व्यवसायमा धेरै रहेको अधिकारीहरूको दाबी।

फिनल्यान्डको कर प्रशासनले गरेको एक देशव्यापी अडिटमा रेस्टुरेन्टहरूले ठूलो मात्रामा कर छली गरेको फेला परेको छ। यसरी कर छल्नेमा पिज्जा, केबाब र चिनियाँ रेस्टुरेन्टहरू धेरै छन्।

कर प्रशासनका अनुसार अडिट गरिएका आधाभन्दा बढी व्यवसायहरूलाई सम्भावित आपराधिक अनुसन्धानको लागि पठाइएको छ।

सन् २०२३ को सुरुदेखि २०२५ को अन्त्यसम्म गरिएको सघन निरीक्षणमा ३७३ वटा खाद्य सेवा व्यवसायलाई लक्षित गरिएको थियो। तीमध्ये अधिकांश साना वा मध्यम आकारका रेस्टुरेन्टहरू थिए।

अधिकारीहरूले तीमध्ये १९८ व्यवसाय (५३ प्रतिशत) मा गम्भीर अनियमितता फेला पारेका छन्। यस्तो अवस्थामा प्रहरी संलग्नता आवश्यक पर्ने अपराधको आशंका भएपछि उनीहरूका मुद्दाहरू आपराधिक अनुसन्धानका लागि पठाइएको हो।

विज्ञापन

कर प्रशासनकी ‘ग्रे इकोनोमी कन्ट्रोल’ निर्देशक तार्या भाल्सीका अनुसार जोखिम विश्लेषणको आधारमा व्यवसायहरू छनोट गरिएको थियो।

“सबैभन्दा बढी कर छल्ने रेस्टुरेन्टहरू साना वा मध्यम आकारका बार, पिज्जेरिया र केबाब पसलहरू हुन् भन्ने हाम्रो अनुसन्धानले पुष्टि गर्छ,” भाल्सीले एक विज्ञप्तीमा भनेकी छिन्।

अडिटमा कुल १८.३ मिलियन युरो घोषणा नगरिएको आम्दानी फेला परेको थियो, जसबाट ४.८ मिलियन युरो नतिरेको भ्याट (VAT) निर्धारण गरिएको छ। करिब २ मिलियन युरो हराएको ज्याला पनि फेला परेको थियो।

थप ४५० वटा रिपोर्टहरू अन्य निकायहरूलाई पठाइएको छ, जसमा शंकास्पद लाभ ठगी, पेन्सन योगदानको कमी, र सम्भावित सम्पत्ति शुद्धीकरण जस्ता विषयहरू उल्लेख छन्।

भाल्सीका अनुसार एक दशकअघि (२०१५–२०१६) गरिएको यस्तै अडिटले पनि लगभग उस्तै नतिजा दिएको थियो।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

“पछिल्लो दश वर्षमा थोरै मात्र सुधार भएको देखिन्छ,” उनी भन्छिन्। “अधिकांश व्यवसायले राम्रोसँग काम गर्छन्, तर दुराचार अझै पनि व्यापक छ।”

“पछिल्लो दश वर्षमा थोरै मात्र सुधार भएको देखिन्छ,” उनी भन्छिन्। “अधिकांश व्यवसायले राम्रोसँग काम गर्छन्, तर दुराचार अझै पनि व्यापक छ।”

विदेशी स्वामित्वका व्यवसायमा धेरै समस्या

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

भाल्सीका अनुसार फिनिस स्वामित्वका व्यवसायिक प्रतिष्ठानहरूको तुलनामा विदेशी स्वामित्वका प्रतिष्ठानहरूमा दुराचार “उल्लेखनीय रूपमा बढी” रहेको पाइएको छ।

नियम पालना नगर्ने रेस्टुरेन्टहरूले प्रायः आधिकारिक नगद दर्तामा बिक्री दर्ता नगर्ने, कामदारहरूलाई ‘अफ द बुक्स’ (गैरकानुनी रूपमा) भुक्तानी गर्ने, र रोजगारदाताको दायित्वहरू बेवास्ता गर्ने गरेको पाइयो।

केही अवस्थामा बिक्री डाटा पूर्ण रूपमा हराएको वा विच्छेद गरिएका भुक्तानी टर्मिनलहरू मार्फत हेरफेर गरिएको थियो।

रेस्टुरेन्टहरूले अनलाइन फुड डेलिभरी प्लेटफर्महरूको पनि दुरुपयोग गरेका थिए। अर्डरहरू कम रिपोर्ट गर्ने वा तिनीहरूलाई वित्तीय रेकर्डबाट पूरै हटाउने प्रवृत्ति पाइएको थियो।

केही मालिकहरूले व्यक्तिगत खर्चका लागि कम्पनीको खाता प्रयोग गरेको वा अघोषित राजस्व निजी बैंक खातामा सारेको पनि अडिटमा भेटिएको थियो।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप