0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    एस्पोमा कारको ठक्करबाट गम्भीर घाइते ३ वर्षीय बच्चाको मृत्यु, चालक थिए आफ्नै अभिभावक 

    गत अक्टोबर ३१ मा एस्पोको एक डेकेयर नजिकै भएको घटनामा गम्भीर घाइते भएका ३ वर्षे बालकको अस्पतालमा मृत्यु भएको छ। कार चालक बालककै अभिभावक रहेको प्रहरीले जनाएको छ।

    .संक्षेपमा.


    • एस्पोमा डेकेयर नजिकै ३ वर्षीय बच्चाको कार ठक्करबाट मृत्यु।
    • दुर्घटनामा कार चालक पीडित बच्चाकै अभिभावक।
    • प्रहरीले घटनालाई जानाजानी नभई ‘लापरबाहीले मृत्यु’ भएको मानेको छ।

    फिनल्यान्डको एस्पोमा गत अक्टोबर ३१ मा भएको एक कार दुर्घटनामा गम्भीर घाइते ३ वर्षीय बच्चाको मृत्यु भएको छ। प्रहरीले बिहीबार यो दुखद खबरको पुष्टि गरेको हो। मृत्यु हुने बच्चा बालक वा बालिका हुन् भन्ने प्रहरीले खुलाएको छैन।

    यो दुर्घटना एस्पोको सुभेला र सुनाको बिचमा रहेको Soukinvuori डेकेयर नजिकैको पार्किङ क्षेत्रमा शुक्रबार बिहानको समयमा भएको थियो।

    प्रहरीका अनुसार कार चालक पीडित बच्चाकै अभिभावक थिए र केही समय अघिमात्र डेकेयरमा उनलाई पुर्याउन ल्याएका थिए।

    बच्चालाई तत्कालै गम्भीर अवस्थामा अस्पताल लगिएको थियो, तर उनको ज्यान बचाउन सकिएन।

    बच्चालाई तत्कालै अस्पताल लगिएको थियो, तर उनको ज्यान बचाउन सकिएन।

    घटनालगत्तै चालकले बच्चालाई आफैंले सीपीआर (CPR) दिने प्रयास गरेको प्रहरीले जनाएको छ। अनुसन्धान अनुसार चालक नशामा पनि थिएनन्।

    घटना जानाजानी वा नियतबस नभएको प्रहरीको विश्वास छ।

    सुरुमा दुर्घटनाको रूपमा हेरिएको यो घटनालाई अहिले लापरवाहीका कारण मृत्युको मुद्दामा परिवर्तन गरिएको छ।

    प्रहरीले घटनाको प्राविधिक अनुसन्धान गरिरहेको छ र महत्त्वपूर्ण साक्षीहरूको बयान लिन बाँकी रहेकाले थप विवरण सार्वजनिक गरेको छैन।

    घटनास्थलमा स्थानीयहरूले मृतक बालकको सम्झनामा मैनबत्ती बालेर मौन धारण गरेका छन्।

    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप