0
सदस्य बन्नुहोस्

More
    संग्रह गर्नुहोस्।
    संग्रहित

    महावीर पुनले मागे विदेशमा रहेका नेपालीको आइडिया र सुझाव, यस्तो छ पठाउने प्रक्रिया

    शिक्षामन्त्री डा. पुनले विश्वभर छरिएका नेपाली प्रतिभालाई इमेलमार्फत अल्पकालीन योजना र सुझाव पठाउन आग्रह गरेका छन्।

    .संक्षेपमा.


    • मन्त्री पुनले विदेशमा रहेका नेपालीबाट मागे नयाँ आइडिया र सुझाव।
    • नेपालले प्रतिभाको सम्मान र प्रयोग गर्न नसकेको गरे स्वीकार।
    • अल्पकालीन प्रस्ताव र नयाँ विचार इमेलमार्फत पठाउन सकिने।

    नेपालका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई एक विशेष आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत नेपालको विज्ञान प्रविधि क्षेत्रको विकासका लागि सुझाव, नयाँ विचार र सम्भावित सहकार्यका प्रस्तावहरू इमेल गर्न आग्रह गरेका हुन्।

    आफ्नो फेसबुक पोस्टमा मन्त्री पुनले विदेशमा आर्जन गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि “अत्यन्त महत्वपूर्ण सम्पत्ति” भएको बताएका छन्।

    “तर देशले तपाईंहरूको प्रतिभालाई राष्ट्र हितको लागि अझ सम्म पनि आकर्षण गर्न, प्रयोग गर्न र सम्मान गर्न सकेको छैन।” उनले लेखेका छन्।

    आफ्नो कार्यकाल “अत्यन्तै छोटो” हुन सक्ने र “त्यति धेरै ठोस काम गर्न नसक्ने” भए पनि छोटो अवधिमै गर्न सकिने अनुसन्धान र नवप्रवर्तनका लागि सुझावहरू संकलन गर्न खोजेको उनले स्पष्ट पारेका छन्।

    इच्छुक विज्ञहरू खासगरी वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूले आफ्ना विचार र प्रस्तावहरू सिधै मन्त्री पुनलाई इमेल [email protected] मार्फत पठाउन सक्नेछन्।

    को हुन् महावीर पुन?

    मन्त्री पुन नेपालमा एक सम्मानित अनुसन्धानकर्ता, शिक्षक तथा सामाजिक अभियन्ता हुन्। उनी ‘नेपाल वायरलेस नेटवर्किङ प्रोजेक्ट’ मार्फत दुर्गम हिमालयी क्षेत्रमा इन्टरनेट पुर्याउने काम गरेपछि चर्चित बनेका हुन्।

    उनले प्रतिष्ठित रामोन म्यागसेसे फाउन्डेसन लगायत अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सम्मान गरिसकेका छन्।

    फिनल्यान्डमा पनि सूचना प्रविधि, इन्जिनियरिङ र विभिन्न अनुसन्धानका क्षेत्रमा धेरै नेपालीहरू कार्यरत छन्। मन्त्री पुनको यो आह्वानले उनीहरूलाई आफ्नो विशेषज्ञता नेपालसँग बाँड्न एक अवसर प्रदान गरेको छ।

    डा. पुन केही वर्ष पहिले फिनल्यान्ड आएर यहाँको नेपाली समुदायसँग अन्तर्क्रिया समेत गरेका थिए।

    .डा. पुनको आह्वान .


    विदेशमा रहेका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र प्राविधिकहरूलाई आह्वान:

    हामी सबैलाई थाहा छ कि तपाईँहरूले विदेशमा आर्जन गरेको ज्ञान, सीप, दक्षता र अन्तर्राष्ट्रिय अनुभव विदेशीको लागि मात्र होइन की नेपालका लागि पनि अत्यन्त महत्त्वपूर्ण सम्पत्ति हो। तर देशले तपाईँहरूको प्रतिभालाई राष्ट्र हितको लागि अझ सम्म पनि आकर्षण गर्न, प्रयोग गर्न र सम्मान गर्न सकेको छैन।

    मेरो अत्यन्तै छोटो कार्यकालमा विज्ञान प्रविधिको विकासमा के के गर्न सकिन्छ भनेर सुझाव लिन खोजी रहेको छु। अहिलेको अवस्थामा त्यति धेरै ठोस काम गर्न नसक्ने भए तापनि तपाईँहरूले नेपालको हितको लागि हृदय देखि नै सोची रहनु भएको र गर्न चाहनु भएको विज्ञान प्रविधि क्षेत्रका अनुसन्धान र नवप्रवर्तनका अल्पकालीन प्रस्ताव, नयाँ विचार, सुझाव वा सम्भावित सहकार्यहरू छन् भने कृपया मलाई आफ्नो विचार इमेल मार्फत [email protected] मा पठाउनु होला। धन्यवाद।


    नेपालीलाइनेन
    नेपालीलाइनेन
    नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न  पनि सक्नुहुन्छ। 

    प्रिय पाठक, नेपालीलाइनेनलाई सघाउनुहोस्

    नेपालीलाइनेन पढ्नु भएकोमा धन्यवाद! यो फिनल्यान्डमा बस्ने सबै नेपालीको साझा चौतारी हो। यसले हाम्रा आफ्नै कथा भन्छ—हाम्रै सुखदुःखका कथा; आशा र निराशाका कथा; र सफलता र असफलताका कथा।

    Coffee Cup

    तर तपाईँजस्तै पाठकको सहयोग विना नेपालीलाइनेनको यात्रा अगाडि बढ्न सक्दैन। सक्नुहुन्छ भने मासिक १ कप कफी मूल्य बराबरको 'सहयोगी सदस्यता' लिएर नेपालीलाइनेनलाई सघाउनुहोस्। सहयोगी सदस्यको रूपमा हाम्रा सबै प्रिमियम सामाग्रीमा तपाईँको पहुँच हुन्छ। धेरै धन्यवाद।

    Payment Methods
    सहयोगी सदस्यका सुविधाहरू पछि सम्झाउनुहोस्

    फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

    ━ नेपालीलाइनेनबाट थप