.संक्षेपमा.
- ‘यूएसए टुडे’ को सूचीमा १८ औं स्थानमा।
- अंग्रेजी संस्करणको नाम ‘होप इन एक्सन’।
- फिनिस संस्करणको नाम ‘तोइभो अन तेकोया’।
फिनल्यान्डकी पूर्व प्रधानमन्त्री सान्ना मरिनको पुस्तक होप इन एक्सन अमेरिकामा ‘बेस्टसेलर’ बनेको छ। उनको यो पुस्तक प्रतिष्ठित अमेरिकी सञ्चारमाध्यम ‘यूएसए टुडे’ को सर्वाधिक बिक्री हुने पुस्तकहरूको सूचीमा पर्न सफल भएको हो।
अंग्रेजीमा यो पुस्तकको पुरा नाम Hope in Action: A Memoir About the Courage to Lead राखिएको छ। अमेरिकामा यसको प्रकाशन स्क्रिबनर प्रकाशनले गरेको हो। उक्त पुस्तक फिनिस लगायत अन्य भाषामा पनि प्रकाशित छ। फिनिसमा उक्त पुस्तकको नाम Toivo on tekoja राखिएको छ।
‘यूएसए टुडे’ का अनुसार मारिनको पुस्तकको अंग्रेजी संस्करण १८ औं सर्वाधिक बिक्री हुने पुस्तक बनेको छ। यो पत्रिकाले हरेक हप्ता १५० वटा सर्वाधिक बिक्री हुने पुस्तकहरूको सूची सार्वजनिक गर्छ।
यो वरीयता नोभेम्बर ९ देखिको बिक्री तथ्यांकमा आधारित रहेको छ। अमेरिकी मिडियाले वालमार्ट जस्ता ठूला चेन पसल, अनलाइन स्टोर र स्वतन्त्र पुस्तक पसलहरूबाट बिक्रीको तथ्यांक संकलन गर्छन्।
‘यूएसए टुडे’ ले सन् १९९३ देखि ‘बेस्टसेलर’ सूची प्रकाशित गर्दै आएको छ। एउटै सूचीमा विधा नछुट्याई हप्ताभरिकै सर्वाधिक बिक्री हुने सबै खालका पुस्तकहरू समावेश गरिन्छ।
मारिनको पुस्तकले फिनल्यान्डमा समेत राम्रो चर्चा कमाएको छ।
मारिनको पुस्तकले फिनल्यान्डमा समेत राम्रो चर्चा कमाएको छ।





