संग्रह गर्नुहोस्।
संग्रहित

फिनल्यान्डकी चर्चित अभिनेत्री ओल्गा तेमोनेनको ४७ वर्षको उमेरमा निधन

‘सालातुत एलामात’ नामक चर्चित सिरिजबाट चर्चामा आएकी अभिनेत्रीको ब्रेन ट्युमरसँगको संघर्षपछि मृत्यु भएको हो।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • ४७ वर्षको उमेरमा ब्रेन ट्युमरका कारण निधन
  • निधनको परिवारका सदस्यद्वारा पुष्टि
  • चर्चित सिरियल ‘सालातुत एलामात’ र फिल्म ‘आइका योन्का साइन’ मा अभिनय

फिनल्यान्डकी लोकप्रिय अभिनेत्री ओल्गा तेमोनेनको ४७ वर्षको उमेरमा निधन भएको छ। सन् २०२३ को अन्त्यतिर ब्रेन ट्युमर देखिएको उनको उपचारकै क्रममा मृत्यु भएको हो।

तेमोनेनको निधनको खबर उनका परिवारका सदस्यहरूले अभिनेत्रीको इन्स्टाग्राम खातामार्फत सार्वजनिक गरेका हुन्। गत मे महिनामा ट्युमर पुनः बल्झिएपछि उनले क्यान्सरलाई जित्न नसकेको परिवारले जनाएको छ।

इन्स्टाग्राम पोस्टका अनुसार ओल्गाले आफ्ना प्रियजनहरूका माझ शान्तपूर्वक अन्तिम सास फेरिन्। उनले मृत्युको समयमा प्रेमपूर्ण वातावरण महसुस गरेको परिवारले उल्लेख गरेको छ।

फिनल्यान्डमा चर्चित टिभी सिरियल ‘सालातुत एलामात’ (Salatut Elämät) बाट ओल्गा चर्चामा आएकी थिइन्। उनले उक्त सिरियलमा सन् २००७ देखि २०१० सम्म र पछि २०१७ मा नोरा आउतिओको भूमिका निर्वाह गरेकी थिइन्।

विज्ञापन

उनले आफ्ना पति तथा निर्देशक तुक्का तेमोनेनले निर्देशन गरेका थुप्रै फिल्महरूमा पनि अभिनय गरेकी छन्। सन् २०२० मा प्रदर्शनमा आएको फिल्म ‘आइका योन्का साइन’ (Aika jonka sain) मा उनले पक्षघात भएकी घोडसवारको मुख्य भूमिका निभाएकी थिइन्।

उक्त फिल्मलाई सन् २०२१ को युस्सी गाला (Jussi-gaala) मा दर्शकहरूको सर्वाधिक रोजाइको फिल्म घोषित गरिएको थियो। ओल्गा र तुक्काको भेट Outolintu नामक सिरियलको सुटिङका क्रममा भएको थियो।

निर्देशक तुक्का तेमोनेनसँग उनको विवाह सन् २००८ मा भएको थियो। ओल्गा र तुक्काका तीन सन्तान र एक धर्मसन्तान छन्।

उनी फिनल्यान्डको उत्तरी कारेलियाको नुरमेसकी बासिन्दा थिइन्। पछि उनी आफ्नो परिवारसँग इत्तिमा रहेको एक फार्म हाउसमा बस्दै आएकी थिइन्।

उनको निधनको समाचारलाई फिनल्यान्डका प्रमुख संचारमाध्यमले निकै महत्वका साथ कभर गरिरहेका छन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो
विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप