संग्रह गर्नुहोस्।
संग्रहित

प्रिज्माको क्लिनरदेखि करोडपति सम्म: यस्तो छ यो वर्षकी ‘उत्कृष्ट आप्रवासी उद्यमी’को कथा

मानवीय नेतृत्व शैलीका कारण युक्रेनी मूलकी रुस्लाना कुइस्माले 'वर्षको आप्रवासी उद्यमी २०२५' को उपाधि जितेकी छन्।

📺 नेपालीलाइनेनका भिडियोहरू अब YouTube मा हेर्नुहोस्।

▶️ Let's Go

.संक्षेपमा.


  • मानवीय र कर्मचारी-मैत्री नेतृत्वका लागि ‘वर्षको आप्रवासी उद्यमी २०२५’ को उपाधि।
  • सामान्य क्लिनरबाट ४० लाख युरो वार्षिक कारोबार गर्ने कम्पनी बनाइन्।
  • दिन्छिन् कामदारलाई पारिवारिक वातावरण र आप्रवासीलाई पुनर्स्थापनामा विशेष सहयोग।

फिनल्यान्डमा आप्रवासीहरूले शून्यबाट सुरु गरेर कसरी शिखर चुम्न सक्छन् भन्ने ज्वलन्त उदाहरण रुस्लाना कुइस्मा बनेकी छन्। कुनै समय ‘प्रिज्मा’ सुपरमार्केटमा सरसफाइको काम गर्ने रुस्लाना अहिले करोडौंको कारोबार गर्ने कम्पनीकी मालिक हुन्।

उनको यो सफलता र मानवीय नेतृत्व शैलीको कदर गर्दै उनलाई गत महिना ‘वर्षको आप्रवासी उद्यमी २०२५’ बाट सम्मानित गरिएको छ। उनको सफलताको कथा फिनल्यान्डको सार्वजनिक प्रसारक YLE र अन्य मिडियाले पनि लेखेका छन्।

रुस्लानाको कम्पनी ‘RVK Palvelut’ मा अहिले ६० जनाभन्दा बढी कर्मचारी कार्यरत छन्। एस्पोस्थित यो कम्पनीको वार्षिक कारोबार करिब ४० लाख युरो (अर्थात् करिब ६५ करोड नेपाली रुपैयाँ) पुगेको छ।

कम्पनीमा कार्यरत धेरैजसो कर्मचारी युक्रेनबाट युद्धका कारण विस्थापित भएकाहरू छन्। साथै फिनल्यान्ड, एस्टोनिया र रुसका नागरिकहरूले पनि त्यहाँ काम गर्छन्।

विज्ञापन

रुस्लानाले आफ्नो कार्यालयमा घरजस्तै वातावरण बनाएकी छन्। त्यहाँ कामदारहरूले आराम गर्न र खानपान गर्न सक्ने सुबिधा छ।

रुस्लानाले आफ्नो कार्यालयमा घरजस्तै वातावरण बनाएकी छन्। त्यहाँ कामदारहरूले आराम गर्न र खानपान गर्न सक्ने सुबिधा छ।

“हाम्रो काम निकै थकाइलाग्दो छ, त्यसैले कर्मचारीहरूले यहाँ आफ्नै घरजस्तो महसुस गरून् भन्ने म चाहन्छु।” ४५ वर्षीया रुस्लानाले YLE संगको अन्तर्वार्तामा भन्छिन्।

उनी आफूलाई हाकिम नभई सहकर्मी ठान्छिन्। उनले नयाँ आप्रवासी कामदारहरूलाई कोठा खोज्न र फिनल्यान्डको प्रणाली बुझ्न व्यक्तिगत रूपमै सहयोग गर्दै आएकी छन्।

रुस्लाना आफैं पनि १७ वर्षको उमेरमा रित्तो हात फिनल्यान्ड आएकी थिइन्। भाषा नजान्दा र नयाँ ठाउँमा संघर्ष गर्दाको पीडा उनलाई राम्रोसँग थाहा छ।

बाल्यकालमा युक्रेनमा हुँदा गरिबीका कारण आमा कामको खोजीमा विदेशिएपछि उनले सानै उमेरमा भाइबहिनी हुर्काउने जिम्मेवारी सम्हालेकी थिइन्। पछि आमाले फिनिस नागरिकसँग विवाह गरेपछि उनी फिनल्यान्ड आएकी हुन्।

नेपालीलाइनेनबाट थप
विज्ञापन सकियो

फिनल्यान्ड आएपछि उनले Kirkkonummi को प्रिज्मामा सरसफाइको काम सुरु गरेकी थिइन्। त्यतिबेला उनको फिनिस भाषा कमजोर थियो, तर कामप्रतिको लगनशीलताले उनलाई अघि बढायो।

उनको काम देखेर ग्राहकहरूले नै उनलाई आफ्नै कम्पनी खोल्न सुझाब दिएका थिए। ग्राहकहरूको हौसला र श्रीमान्‌को साथ पाएपछि उनले सन् २०१७ मा कम्पनी दर्ता गरिन्।

विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

सुरुमा रुस्लाना, उनका श्रीमान् र छोरीले आफैं सरसफाइको काम गर्थे। आज कम्पनी ठूलो भए पनि आवश्यक पर्दा उनी आफैं कामदारको कपडा लगाएर सरसफाइ गर्न हिँड्छिन्।

रुस्लाना आफ्ना हरेक कर्मचारीको जन्मदिन याद गर्छिन् र उनीहरूलाई उपहार दिन्छिन्। क्रिसमसको बेला उनी सबै कर्मचारीलाई एस्टोनियाको क्रुज भ्रमणमा लैजान्छिन्।

उनले कर्मचारीका छोराछोरीलाई समेत उपहार दिने गरेकी छन्। सानोमा बुबाआमाले कामबाट ल्याएको उपहारले आफूलाई खुसी दिएको सम्झना गर्दै उनले यो संस्कार बसालेकी हुन्।

विज्ञापन

प्रिय पाठक, हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रो कामलाई सघाउनुहोस्। साथै हाम्रा सबै प्रिमियम सामाग्री पढ्नुहोस्।

€59/वर्ष · मासिक 4.90€ अगाडि बढ्नुहोस् →
VISA
Pay
Pay
MobilePay
Bank Transfer
नेपालीलाइनेन
नेपालीलाइनेन
नेपालीलाइनेन फिनल्यान्डको राजधानी हेलसिन्कीबाट प्रकाशित हुने नेपाली भाषाको पहिलो र एक मात्र अनलाइन पत्रिका हो। हामीलाई Facebook, Instagram, YouTube, LinkedIn, र TikTok मा पनि फलो गर्न सक्नुहुन्छ। हाम्रो 'सहयोगी सदस्य' बनी हाम्रा प्रिमियम र एक्सक्लुसिभ सामाग्रीहरू पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ।
विज्ञापन
आजको युरोको भाउ।
Wise बाट नेपाल पैसा पठाउनुहोस्* →
*Affiliate link
विज्ञापन सकियो

फिनल्यान्ड सम्बन्धी टिप्स, जानकारी, गाइड, र हाम्रा धेरै पढिएका स्टोरीहरू तपाईंको इनबक्समा। सातामा एकचोटी।

━ नेपालीलाइनेनबाट थप